पुँजीगत लाभकर ५ प्रतिशत घट्ने

पुँजी बजारमा विदेशी लगानीकर्ता भित्रने

बाबुकृष्ण महर्जन
काठमाडौं
आगामी वर्षको बजेटमा पुँजी बजार वित्तीय क्षेत्रलाई सकारात्मक रुपमा हेरिएको छ । बजेटले घरजग्गाको बिक्रीबाट हुने आम्दानीमा लाग्दै आएको पूँजीगत लाभकर पचास प्रतिशतले घटाएका छ भने धितोपत्र खरिद बिक्रीको दरलाई समेत घटाएको छ । बजेटमा व्यक्तिको लागि पुँजीगत लाभकर ५ प्रतिशत र संस्थाको लागि १० प्रतिशत कायम गरेको छ । यसअघि व्यक्तिको लागि १० प्रतिशत र संस्थाको हकमा पूँजीगत लाभकर १५ प्रतिशत कायम थियो । अर्थविद् डा. चिरञ्जीवी नेपालले पूँजी बजार र वित्तीय क्षेत्रको समस्यालाई गम्भिरतापूर्वक लिएको बताउनुभयो । Continue reading

३ सय ८४ अर्ब ९० करोडको बजेट प्रस्तुत

नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रबार व्यवस्थापिका संसदमा पहिल्यै लिक भइसकेको आर्थिक वृद्धिदर ५ प्रतिशत र मुद्रास्फिति दर ७ प्रतिशत हुने प्रक्षेपणसहितको बजेट प्रस्तुत गर्नुभयो । आर्थिक वर्ष २०६८।६९ को लागि अर्थमन्त्री अधिकारीले ३ खर्ब ८४ अर्ब ९० करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा चालु खर्चतर्फ २ सय ६६ अर्ब ६१ करोड रुपियाँ, पुँजीगत खर्चतर्फ ७२ अर्ब ६१ करोड रुपियाँ, वित्तीय व्यवस्था अन्तर्गत ऋण तथा शेयर लगानीमा २४ अर्ब ३८ करोड र सावाँ भुक्तानीमा २० अर्ब ३० करोड रुपियाँ प्रस्ताव गरिएको छ । Continue reading

आर्थिक मुद्दा सधैं ओझेलमा

बाबुकृष्ण महर्जन
काठमाडौं
बिहीबार व्यवस्थापिका संसदमा पेश गर्ने भनिएको आर्थिक वर्ष २०६८।६९ को बजेट मधेशवादी दलको असहमतिका कारण प्रस्तुत हुन सकेन । नेपालको इतिहासका बजेट प्रस्तुत हुने दिन तोकिएर अर्थमन्त्रीले बजेटसहितको ब्रिफकेस बोकेर आएर पनि बजेट प्रस्तुत गर्न नपाएको यो पहिलो घटना हो । एकिकृत नेकपा माओवादीको समर्थनमा मधेशी जनअधिकार फोरमलाई समेत साथमा लिएर सरकारको नेतृत्व गरेको झलनाथ खनालको सरकारलाई माओवादीले गत वर्ष अवरोध गरे जस्तै शैलीमा आफ्नो माग पूरा गराउने भ¥याङ मात्र बनाएको छ । Continue reading