नेसनल हाइड्रोपावरको पछिल्लो अवस्था

from Arthik Abhiyan Daily
सबै डकुमेन्टहरु हाम्रो साथमा छैन् अर्थात् कम्पनीको साथमा छैन् । कुनै समूहले आफ्नो साथमा राखेको थियो होला तर आज त्यो समूह

कुमार पाण्डे,अध्यक्ष, नेसनल हाइड्रोपावर

कुमार पाण्डे,अध्यक्ष, नेसनल हाइड्रोपावर

कहा छ तपाईहरुलाई पनि थहा छ । अब त्यो डकुमेन्ट खोजेर पनि पाइदैन । अब हामी त्यसमा अड्केर पनि रहन सक्दैनौं । अब हामीसंग जे छ, त्यसमा सर्वसाधारणलाई जानकारी गराउने हो । त्यसमा हाम्रो के स्वार्थ रहन्छ र ।

हो, ११ हजार कित्ता शेयर जारी भएको छ तर रकम कम्पनीमा आएको छैन् । आज आएर हामीले त्यो शेयर खारेज गर्छाै, त्यो शेयर क–कसको हो छानविन गर्छाै भनेर लाग्नु भनेको शेयरधनी माथी अर्काे अन्याय हो । अङ्ग्रेजीमा भनिन्छ ‘वीच हन्ट’ भनेर, त्यस्तै को बोक्सी हो ? भनेर खोज्ने जस्तो हो ।

बर्षाैपछि हालै वित्तीय विवरण सार्वजनिक गरेको नेशनल हाइड्रोपावर कम्पनी विवाद र समस्याबाट बिस्तारै अगाडी बढेको देखिन्छ । कम्पनीको विगतले लगानीकर्ताहरुमा रहेको विगतको छाप मेटिन सकेको छैन् । कम्पनीको हालको अवस्थाका बारेमा अभियान दैनिकका विजयराज खनाल र विनय बन्जाराले कम्पनीका अध्यक्ष कुमार पाण्डेसंग सोधे,

लगभग चार बर्षपछि गत बैशाखमा तपाईहरुको त्रैमाशिक वित्तीय विवरण आयो । तर यो एउटा सञ्चालक समूहको भएको र अर्काेको आउन बाँकी भन्ने पनि बजारमा हल्ला छ । के हो ?

अब दुईटा सञ्चालक समितिको विवादको कुरा भने अदालतले गत बर्षको असार १३ मा टुङग्याई सकेको छ । वैधानिक अध्यक्ष कुमार पाण्डे भन्दै अदालतले अरु सबलाई अवैधानिक भनेर त्यतिखेरै टुङग्याएको हो । योगेन्द्र राईको हकमा उसलाई २० हजार रुपैयाँ जरिवाना गरेर फैसला पनि गरिएको हो । त्यतिखेर उसले आफूलाई अध्यक्ष भनिरहेको थियो नि त । त्यसपछि दुईटा समितिको दुविधा थिएन । तर त्यसपछि कात्तिक, मंसिरतिर आएर दिपक कार्कीले म अध्यक्ष भन्दै हिड्नु भयो । त्यसपछि त्यसमा पनि मुद्दा प¥यो । अहिलेको स्थितिमा उहाँलाई अदालतबाट स्टे अर्डर छ । कार्कीजीलाई तपाईले केही नगर्नु भनेर आदेश आएको हो । त्यसमा उनीहरुले हामीलाई फेरी अर्काे मुद्दा हाले । त्यसमा पनि अदालतले उनीहरुलाई जिताएन । अब मैले उनीहरुले जित्ने आधार पनि देख्दिन, यद्यपी फैसला भने भइसकेको छैन् । पोहोर असारमा ७ ओटा मुद्दा एकै दिन फैसला भएको थियो । त्यसपछि फेरी यसवर्ष ४ ओटा मुद्दा फैसला हुँन बाँकी छ । तर अब वैधानिक÷अवैधानिक जे भएपनि वा अर्काे पक्षको सञ्चालक आएपनि आउने विवरण त यही डकुमेन्टमा टेकेर हो । अडिट भनेको त कसैले क्रिएट गर्ने डकुमेन्ट होइन नि । कार्यालयमा भएको जर्नल, भौचर, बैङ्क, व्यालेन्स यिनीहरु कै आधारमा आउने हो नि । जसले हेरेपनि देख्ने डकुमेन्ट त्यही हो ।

डकुमेन्ट यही हो । तर नेशनलको पुरानो दिन सम्झने हो भने डकुमेन्ट नै फर्जी बनाईको पनि भेटिएको थियो । यस्तोमा अदालतबाट समितिको अझै टुङ्गो नलागिसकेकोले भोली फेरी यस्तो घटना नदोहोरिएला भन्न सकिएला ?

पहिलो कुरा त, तपाईहरुले बारबार यो दुईओटा सञ्चालक समित भन्ने भ्रम नै नपाल्नोस् । कसरी दुईटा हुन्छ जबकी अदालतले टुङग्याइसकेको छ । आज जसले जसलाई मान्छ त्यही हो नि, भोली त जो पनि आउँन सक्छ । चुनाव जितेर जो पनि आउला । उसले अडिट फेरी गर्ला । त्यसैले पत्रिकाहरुले पनि त्यो भम्र राख्नु भएन । तपाईहरुले नै भम्र सृजना गरिरहनु भएको छ । त्यो गर्नु भएन । अदालतले जसलाई दिएको छ , त्यसलाई मान्नु प¥यो नि । मुद्दा त प्रधानमन्त्री विरुद्ध पनि छ उनले काम नगरि बस्छन् ? आज संविधान सभाको विरुद्ध मुद्दा छ । मुद्दा त दशौं हुन्छ, त्यही आधारमा अब त्यो अवैधानिक हो, पछि अर्काे आउँछ भन्ने पनि हुन्छ र ? यो कस्तो खालको तर्क हो म बुझ्दिन । त्यसैले यो तर्कलाई तपाईहरुले बढावा नदिनुहोस् । अवैधानिक भएको दिन अवैधानिक हुन्छ सकियो त्यो दिन । तर अदालतले हामीलाई वैधानिक भनिरहेको छ र हामी त्यहि आधारमा अगाडी बढिरहेका छौं ।

अब बाँकी रह्यो हाम्रो विगतको कुरा, हो हाम्रो विगत साह्रै नै धमिलिएको थियो । आज हामीले अडिट गरिरहेको कुरापनि हामी आउनुभन्दा धेरै अगाडीको कुरा हो । २०६६÷६७ साल देखिको अडिट हामी गरिरहेका छौं । हामी कम्पनीमा प्रवेश गरेको पनि २०६९ सालमा हो । सबै डकुमेन्टहरु हाम्रो साथमा छैन् अर्थात् कम्पनीको साथमा छैन् । कुनै समूहले आफ्नो साथमा राखेको थियो होला तर आज त्यो समूह कहाँ छ तपाईहरुलाई पनि थाहा छ । अब त्यो डकुमेन्ट खोजेर पनि पाइदैन । अब हामी त्यसमा अड्केर पनि रहन सक्दैनौं । अब हामीसंग जे छ, त्यसमा सर्वसाधारणलाई जानकारी गराउने हो । त्यसमा हाम्रो के स्वार्थ रहन्छ र । जे छ त्यही भन्ने हो, जे पाइन्छ देखाउने हो, जे पाइदैन् त्यसलाई कैफियतमा देखाउने हो ।

हराएका डकुमेन्टहरु नपाइए डिडिए रिपोर्टबाट कम्पनीको अवस्था फेरी पनि देखाउन सकिएला । तर हराएका भनिएका ११ हजार कित्ता शेयर प्रमाण पत्रका पनि कुरा छन् ?

अब त्यो साह्रै गाह्रो कुरा छ, शेयर बिक्री भइसक्यो । शेयर सर्वसाधारणमा गइसक्यो । अब आज आएर हामी तेरो शेयर फर्जी, तेरो शेयर सक्कली भन्नु भनेको फेरी पनि लगानीकर्तालाई मार पार्नु हो । किन भने आखिरमा ती शेयरमा कसले बद्मासी ग¥यो, ग¥यो । हो, ११ हजार कित्ता शेयर जारी भएको छ तर रकम कम्पनीमा आएको छैन् । आज आएर हामीले त्यो शेयर खारेज गर्छाै, त्यो शेयर क–कसको हो छानविन गर्छाै भनेर लाग्नु भनेको शेयरधनी माथी अर्काे अन्याय हो । अङ्ग्रेजीमा भनिन्छ ‘वीच हन्ट’ भनेर, त्यस्तै को बोक्सी हो ? भनेर खोज्ने जस्तो हो ।

अब ती शेयरको व्यवस्थापन कसरी गर्नुहुन्छ त ?

अब त्यो बजारमा गइसकेको छ र नियामक निकायहरुले त्यसलाई मान्यता दिइसकेको छ भने त्यसलाई हामीले पनि मान्यता दिनुपर्छ । आरटिएस र धितोपत्र बोर्डले मान्यता दिएको कुराभन्दा विकल्पमा जाने हो भने मलाई यो फेरी पनि शेयरधनी माथी अन्याय भएको लाग्छ । किनभने, त्यो शेयर कसरी बिक्री भयो आज हामीलाई थाहा छैन् । त्यो शेयर टुक्राटुक्रा भएर बिक्री भएका छन् । अब आज हामी त्यो शेयर खोज्दै गएर बिचरा लगानीकर्तालाई मार पर्ने हो । यसलाई नियायमकले झै वैधानिक भनेरै गइदिनु पर्छ । हो, यसले चुक्तापूँजीको अवस्थामा के प्रभाव पर्छ हामी अध्ययन गर्दैछौं । सानो ‘डिस्क्रिपेन्सी’ (अन्तर) देखिएको छ ठूलो छैन् ।

सुनकोशी आयोजना बनाउने भनेर उठाइएको हकप्रदका शेयर नै हराएको पनि भनिन्छ । यता सुनकोशी आयोजना पनि निर्माण गर्न नपाइने भयो, हैन् ?

अख्तियारको निर्देशनमा नेपाल सरकारले सुनकोशीको लाइसन्स खारेज गरिसकेको छ । सुनकोशी आयोजना बनाउने भनेर यसअघिका सञ्चालकहरुले ३६ करोड रुपैयाँ उठाएका थिए । लगानी सोझो तरिकाले पनि गरिएको होइन रहेछ, नेशनलबाट सोझै सुनकोशीमा लगानी गर्नेभन्दा पनि बीचमा अर्काे पारिवारिक संस्थामा लगेर त्यहाबाट सुनकोशीमा लगेको देखाइयो । तर त्यो रकमको सदुपयोग सुनकोशी आयोजनामा हुन सकेन । त्यो हुँदा साढे ४ मेगावाटको प्रोजेक्ट झण्डै ६५ करोड रुपैयाँमा पनि बन्ने अवस्था भएन । त्यो ६५ करोड खर्चको केही काम त भयो तर काम गर्न थप अर्काे ६०÷६५ करोड लाग्ने आज मेरो अनुमान छ । त्यो रकमको निकै दुरुपयोग भयो । होला त्यो ६५ करोडमा २०÷३० करोडको काम पनि भएको छ, बाँकी रकम गयो । त्यो मध्ये झण्डैझण्डै ३० करोड रुपैयाँ जति बैङ्कको ऋण रहेको थियो । तर ठेकेदारले समयमै काम नसकेकोले ठेकेदारको जमानीको रकम बैङ्कले पाएको छ भने अब मोटामोटी हाम्रो साँवा र व्याज सहित दायित्व २२ करोड हुने देखिन्छ ।

वित्तीय विवरणमा यही कर्जा चालु आवभित्र तिर्छौ भनिएको हो ?

होइन, नेशनल हाइड्रो र सुनकोशीको कर्जा अलग अलग हो । हामीले नेशनल हाइड्रो अन्तर्गत जुन इन्द्रावती तेस्रो आयोजना बनाउन लागेका थियौं । त्यसमार्फत्को कर्जा २०७२÷७३ मा तिर्छाै भनेका हौं । सुनकोशीको जुन निर्माणधिन आयोजना थियो, त्यसको कर्जा दायित्व २२ करोड रहेको छ , यो त्रैमाशमा केही बढ्ला । सुनकोशीमा दुई आयोजना हो, माथिल्लो नेशनल हो भने तल्लो सुनकोशी । सुनकोशीमा नेशनल हाइड्रोको ९७ प्रतिशत शेयर छ । यस आयोजना अन्तर्गत हामीले अहिले बनाउन लागेको तल्लो आयोजना ऋण लिंदा नबिल बैङ्कको अगुवाईमा राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्कबाट लिइएको हो । त्यो कर्जामा ६ जना ग्यारेण्टि बसेका छन् । नेशनल हाइड्रोको अलावा एनबी इन्टरनेशनल, एनबी ग्रुप, जैन श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ लगायत थिए । हाम्रो कर्पाेरेट ग्यारेण्टि थियो । कर्जा बाँकी छ, लाइसेन्स खारेज भइसकेको छ, अब के गर्ने भनेर हामी पनि सोच्दैछौं । अब अन्तिम दायित्व हामीमा आउँने भन्ने कुरा यसैभन्न सकिन्न, ६ जनामा हाम्रो मात्र दायित्व होइन । यो बिषय अदालतमा पुग्ला र कसकसको कति हुने भन्ने टुङ्गो लाग्ला ।

बैङ्कसंग समझदारीमा जान पनि सकिन्छ । म पनि समझदारीमा जाने विकल्प देख्छु । त्यो भनेको बैङ्कले व्याज मिनाह गरिदिनुपर्छ । व्याज मिनाहा भएमा हाम्रो कर्जा १६, साढे १६ करोडमा सिमित हुन्छ । त्यो ऋण तिरेर हामीले थप लगानी गर्नुपर्ने हुन्छ । किनभने थप लगानी नगरिकन हामीले शेयर लगानीकर्तालाई प्रतिफल दिनसक्ने अवस्था छैन् । बुझ्नु पर्ने कुरा के छ भने नेशनल हाइड्रोको गत बर्षको ग्रस रेभिन्यु १९ करोड रह्यो । तर हाम्रो शेयर पूँजी नै १ सय ३८ करोड रुपैयाँको रहेको छ । हाम्रो पूँजी अत्यधिक भयो कि १९ करोेडको नाफाबाट ५० प्रतिशत सञ्चित लगायत राखेर प्रतिफल दिने हो भने पनि ७÷८ प्रतिशतको हाराहारीभन्दा धेरै दिन सक्ने अवस्था छैन् । हाइड्रोपावर भनेको यस्तो उद्योग हो जहा आम्दानी बढ्दैन । खर्च केही घटाउने भिनएला त्यो पनि के घट्छ र ? अब हामीले शेयर लगानीकर्तालाई प्रतिफल दिन थप लगानी बढाउनु पर्छ । हामी बैङ्कसंग त्यसैले पनि साझेदारीमा जान तयार भएका हौं । हाम्रो बार्षिक १८ करोड नाफा भएमा ऋण तिर्न गाह्रो छैन् तर बैङ्कहरुसंग हामीलाई थप लगानी गर्न देउ भनेका हौं । बैङ्कहरु सकरात्मक देखिएका छन् ।

बैङ्कको त ऋण तिर्न लाग्नु भयो अब लगानीकर्ताले सुनकोशीमा हालिसकेको शेयर पूँजी जुन लगानी नै भएन त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ त ?

दूर्भाग्य के हो भने लगानीकर्ता यसमा नराम्ररी फसे । लगानीकर्ताहरुले पनि ह्मिमा शेयर किनेको देखियो । कम्पनीको पूँजी नै ठूलो देखिदा पनि लगानीकर्ताहरुले ६ सय रुपैयाँमा शेयर किन्दा के पाउँछौं ? भनेर किने भन्ने देखिन्छ । बेच्नेले पनि रकमान्तर गरेर दुरुपयोग गरे । तर अब हाम्रो दायित्व र अहिले गर्न सक्ने भनेको थप लगानी जुटाउने र नयाँ आयोजनाहरु गर्ने हो । यसरी नयाँ आयोजना गर्दा भने अव प्रतिमेगावाट ३० करोड हुने खालको गर्ने होइन । नेशनल हाइड्रोको समस्या नै त्यहि भयो । ७, साढे ७ मेगावाटको प्रोजेक्टको लागि प्रतिमेगावाट नै ३० करोड पुगेको हो नि । हामीले तल्लो सुनकोशी आयोजनामा पुनः काम गर्ने लक्ष्य नि राखेका छौं ।

३०/३५ करोड रुपैयाँ अब कसरी ल्याउने भन्ने सकिए त उठाउने नै हो । तर ती व्यक्ति जसले यी रकम हिनामिना गरे अहिले सरकारको पनि ‘मस्ट वाण्टेड’ लिस्टमा रहेका व्यक्ति नै हुन् । सरकारले पनि केही गर्न सकिरहेको छैन् । बैङ्किङ कसुरका मुद्दामा उनीहरुसंग निकै रकम उठाउनु छ र पनि सकिरहेका छैनन् भने हामी उठाउछौं भन्यौं भने सस्तो लोकप्रियता मात्रै हुने छ । हामी रकम निखन्न सक्छौं कि सक्दैनौं भन्न सकिदैन । अदालत जस्ता आधिकारिक निकायले पक्राउ गरेसि सबै तिर भनियो भने एउटा कुरा तर अदालती प्रक्रियाको कुरा पनि हामीलाई थाहा भएकै बिषय हो ।

त्यसो भए कम्पनीको भविष्य कता गइरहेको छ ?

अर्काे आयोजना नगर्ने हो भने लगानीकर्तालाई यो कम्पनीको औचित्य नै रहदैन । हामी यही क्षेत्रमा लागेका व्यक्तिहरुनै यसको व्यवस्थापनमा लागेका छौं । हाम्रो लाइसेन्सको अवधि १६÷१६ बर्ष वितेपनि अझै लगभग ३०÷३५ बर्ष बाँकी छ । हामीले एक बषको अन्तरालमा नेशनलको ऋण तिरिसक्छौं । त्यसपछिको बार्षिक आम्दानी बैङ्कमा राखेर हुनेवाला त केही छैन् । त्यसैले अव नयाँ आयोजना खोज्ने हो । आज हामी आयोजनाको खोजी मै छौं । सुनकोशी पनि पुनः बनाउने तयारीमा छौं । यही भएर त हामी सुनकोशीमा बैङ्कको कर्जा सकार्ने सोचमा छौं । हामीले सुनकोशीमा केही संरचना बनाई सकेका छौं । सुनकोशी आयोजना नेशनल बाहेक अन्य कसैले बनाउन नै सक्दैन । हामीले माथीको आयोजनाको ‘आउट फ्लो’लाई नै सुनकोशीमा जोड्न लागेको न हौं । हामीले पानी दिएनौं भने त उसले अर्काे सुरुङ नै खन्न पर्ने हुन्छ । हामीले आधा आधि सुरुङ नै बनाइसकेका छौं । अहिले जति काम भएको छ त्यसको आधारमा थप ५०÷६० करोड रुपैयाँ लाग्ने देखिन्छ । साढे चार मेगावाटको यो आयोजना अहिलेको चलनचल्तिको दरमा नै निमार्ण हुने देखिन्छ ।

यसले होला लगानीकर्ताहरुले तत्काल लाभांश पाउँन सक्ने अवस्था नआउला । लगानीकर्ताले स्वभाविक रुपमा लाभांश नपाएको धेरै भएको छ । अब कति कुर्ने भन्ने हुन सक्ला ? तर मेरो आफ्नो बुझाई ६÷७ प्रतिशत प्रतिफल बाँडेर लगानीकर्ता पनि खुशी हुँने छैनन् । तर त्यही प्रतिफल अर्थात् ७ /८ करोड रुपैयाँ र बैङ्कबाट २० करोड रकम लिएर नयाँ आयोजनामा हाल्न सकियो भने त पछि प्रतिफल आउँने बाटो बनिरहन्छ नि त ।

कम्पनीमा कहिले कुन समूह प्रवेश ग¥यो कहिले कुन प्रवेश गर्दै भन्ने हल्ला आउँछ । तपाईहरुको ‘ब्याकअप’मा को को छन् ?

बजारमा मैले पनि पढेको छु । कम्पनीमा यो निर्मल प्रधानको समूह, यो ज्ञानेन्द्रलाल प्रधानको समूह यो एनबी समूहको भन्ने सुनिदै आएको छ । तर त्यस्तो कुनै समूह कम्पनीमा छैन् । मलाई लाग्दैन कि अहिले कुनै समूह भनेर कम्पनीमा छुट्याउँन सकिन्छ । सबै शेयरधनीहरु सर्वसाधारण समूहका भइसकेपछि कम्पनी कसको भन्ने ? आज कुनै शेयरधनीसंग पनि एक्लैको एक लाख कित्ता बढि शेयर छ जस्तो मलाई त लाग्दैन । ज्ञानेन्द्रजीसंग मेरो व्यक्तिगत सम्बन्ध पनि छ । उहाँ र मेरो छुट्टै आयोजना पनि छ । उहाँको यहाँ कति लगानी छ भन्ने मलाई नै थहा छैन् । निर्मल प्रधानजी पनि आफ्नै व्यापार गरिरहेका छन् ।

तर समस्या के हो भने, शत प्रतिशत पब्लिक शेयर भएको कम्पनीको नेतृत्व कसले लिन्छ ? कसले यो कम्पनी बनाउ भन्ने सोच राख्ला भन्ने दुविधा त रहन्छ । त्यसैले अब के हो त ? भन्ने पनि होला । हामी पनि ४ बर्षको समय लिएर आएका छौं, दुई बर्ष सकिसक्यौं । तर हामी भनेको बिग्र्रिएको कम्पनी सुधार्ने भनेर आएका छौं । हामी कालन्तर समितिमा बसिरन्छौ भनेर आएका होइनौं, मिल्दा पनि मिल्दैन् । मेरो आफ्नो पनि ठूलो लगानी छैन् । तर हामीले आफ्नो कार्यकालमा सक्दो सुधार गरेर कम्पनीलाई एउटा तहमा भने पु¥याउछौ । हामी पछि आउनेले पनि थप आयोजनाहरु खोजेर लगानी गर्नुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: