३ सय ८४ अर्ब ९० करोडको बजेट प्रस्तुत

नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रबार व्यवस्थापिका संसदमा पहिल्यै लिक भइसकेको आर्थिक वृद्धिदर ५ प्रतिशत र मुद्रास्फिति दर ७ प्रतिशत हुने प्रक्षेपणसहितको बजेट प्रस्तुत गर्नुभयो । आर्थिक वर्ष २०६८।६९ को लागि अर्थमन्त्री अधिकारीले ३ खर्ब ८४ अर्ब ९० करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा चालु खर्चतर्फ २ सय ६६ अर्ब ६१ करोड रुपियाँ, पुँजीगत खर्चतर्फ ७२ अर्ब ६१ करोड रुपियाँ, वित्तीय व्यवस्था अन्तर्गत ऋण तथा शेयर लगानीमा २४ अर्ब ३८ करोड र सावाँ भुक्तानीमा २० अर्ब ३० करोड रुपियाँ प्रस्ताव गरिएको छ ।आगामी बजेटको खर्च चालु आवको तुलनामा २५ दशमलब ६७ प्रतिशतले बढी रहेको छ ।
बजेटले विकास कार्यक्रमका लागि २ सय २ अर्ब ५६ करोड र साधारण प्रशासनतर्फ १ सय ८१ अर्ब ३४ करोड रुपियाँ खर्च प्रस्ताव गरेको छ ।
सरकारले बजेट खर्च गर्ने स्रोतमा राजस्वबाट २ सय ४१ अर्ब ७७ करोड रुपियाँ, सावाँ फिर्ता प्राप्तिबाट ५ अर्ब ९३ करोड र वैदेशिक अनुदानबाट ७० अर्ब १३ करोड रुपियाँ तथा वैदेशिक ऋणबाट २९ अर्ब ६५ करोड र आन्तरिक ऋण परिचालनबाट ३७ अर्ब ४१ करोड रुपियाँ राखेको छ ।
बजेटमा राजस्वका दर वृद्धि नगरी प्रशासनिक सुधार र राजस्व प्रशासनको क्षमता अभिवृद्धिबाट राजस्व परिचालन गर्ने जनाइएको छ । राजस्वको दर फराकिलो तुल्याउन करको दायरामा नआएका नयाँ क्षेत्रहरुको पहिचान गरी करको दायरा विस्तार गर्ने र गैरकर राजस्वका नयाँ क्षेत्रहरु पहिचान गरी विद्यमान दरहरुलाई समयानुसार पुनरावलोकन गरी राजस्वलाई राजस्व संकलनको महत्वपूर्ण स्रोतको रुपमा विकास गर्ने बजेटमा छ । चालु वर्ष कर कार्यान्वयन अभियान वर्षको रुपमा मनाएको सरकारले आगामी वर्ष पनि सोही अभियानलाई निरन्तरा दिने तथा भन्सार मूल्यांकन र न्यून विजकीकरणलाई निरुत्साहित गर्न पैठारी हुने मालवस्तुहरुको भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्ने गरी तोक्न सक्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: