पुँजीगत लाभकर ५ प्रतिशत घट्ने

पुँजी बजारमा विदेशी लगानीकर्ता भित्रने

बाबुकृष्ण महर्जन
काठमाडौं
आगामी वर्षको बजेटमा पुँजी बजार वित्तीय क्षेत्रलाई सकारात्मक रुपमा हेरिएको छ । बजेटले घरजग्गाको बिक्रीबाट हुने आम्दानीमा लाग्दै आएको पूँजीगत लाभकर पचास प्रतिशतले घटाएका छ भने धितोपत्र खरिद बिक्रीको दरलाई समेत घटाएको छ । बजेटमा व्यक्तिको लागि पुँजीगत लाभकर ५ प्रतिशत र संस्थाको लागि १० प्रतिशत कायम गरेको छ । यसअघि व्यक्तिको लागि १० प्रतिशत र संस्थाको हकमा पूँजीगत लाभकर १५ प्रतिशत कायम थियो । अर्थविद् डा. चिरञ्जीवी नेपालले पूँजी बजार र वित्तीय क्षेत्रको समस्यालाई गम्भिरतापूर्वक लिएको बताउनुभयो ।बजेटमा पुँजी बजारमा विदेशी नागरिकलाई पनि प्रवेश गराउने समेत उल्लेख छ । बजेटमा २०६८ को कात्तिक भित्र पुँजी बजारमा विदेशी नागरिकलाई भित्र्याउने सम्बन्धी कार्यविधि बनाइने र पाँच वर्षीय गुरुयोजनालाई आगामी आर्थिक वर्षदेखि चरणवद्ध रुपमा लागू गरिने जनाइएको छ ।
त्यसैगरी पुँजीबजारको गिरावटलाई सम्बोधन गर्न संस्थागत लगानीकर्ता र सामूहिक लगानी कोषमार्फत गरिने लगानीलाई सहुलियत दिने नीति सरकारले बजेट मार्फत घोषणा गरेको छ ।शेयर कारोबारका बारेमा सर्वसाधारणको आकर्षण बढाउन विद्यालय, कलेज र गाउँ गाउँमा व्यापक प्रचार गर्ने व्यवस्था गरिएको छ ।
बजेटमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र बीमा समितिको क्षमता अभिवृद्धि गरि उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिलाई थप क्रियाशील बनाइने घोषणा गरिएको छ । १० लाख वा सो भन्दा बढीको निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्नु परेमा आतंकवाद, लागू पदार्थ कारोबारलगायतका अवैध स्रोतबाट आर्जन नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउने बजेटमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपाली मूलका विदेशी नागरिक भनी परिचय प्राप्त गरेका व्यक्तिलाई तोकिएका शर्तको अधिनमा रखेर आवासीय घरम खरिद गर्न समेत दिइने भएको छ । त्यस्तै विदेशी नागरिक र कम्पनीलाई २ लाख अमेरिकी डलर भन्दा बढीको फ्ल्याट खरिद गर्न दिने र यसलाई ५ वर्ष सम्म बिक्री गर्न दिइने बजेटमा उल्लेख छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यससम्बन्धी कार्यविधि २०६८ कार्तिक भित्र बनाउनेछ ।
५ करोड भन्दा बढीको काराबार गर्ने ऋण तथा वचत सहकारी संस्थाको अनुगमत र सुपरिवेक्षण सहकारी विभागको समन्वयमा नेपाल राष्ट्र बैंकले गर्ने व्यवस्था गरिएको छ ।
चालु आवमा विकास बैंक र वित्तीय संस्थाहरुले २ लाख रुपियाँसम्मको निक्षेप विमा गर्दै आएकोमा ‘क’ वर्गको वाणिज्य बैंकले पनि निक्षेप विमा कार्यक्रमलाई विस्तार गर्ने कार्यक्रम रहेको छ । बजेटमा निक्षेप विमाको सीमालाई २ लाखबाट बढाएर ५ लाख रुपियाँ पु¥याइएको छ । निक्षेप विमा गर्ने निकाय निक्षेप सुरक्षण निगमको पुँजी बढाउन ५० करोडको थप लगानी गर्ने व्यवस्था समेत गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: