बजेट लक्ष्य पूरा हुन नसक्ने

काठमाडौं, (नेस) । पूर्व अर्थमन्त्री रामशरण महतले बजेटको लक्ष्य पूरा हुन नसक्ने ठोकुवा गर्नुभएको छ । आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले आयोजना गरेको अर्थसंवाद कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले गरेको प्रक्षेपण मुताबिक ३ सय ८१ अर्बको बजेट निर्माण हुनुपर्ने र यसबाट ५ प्रतिशत आर्थिक वृद्धि र २० प्रतिशत राजस्व वृद्धि हुने अनुमानमा आधारित थियो । उहाँले चालु आर्थिक वर्षमा ३ दशमलब ५ प्रतिशत मात्र आर्थिक वृद्धि हासिल भएको र १४ प्रतिशतले राजस्व वृद्धि भएकाले संकुचनको स्थितिमा रहेको चाहेको आर्थिक वृद्धि हासिल हुन नसक्ने बताउनुभयो । बजेटमा २ सय ६६ अर्बको चालु खर्चको व्यवस्था गरिएको र स्रोतमा राजस्वबाट २ सय ४१ अर्ब उठाउने प्रयास गरिएको बताउँदै यो स्रोतले सालबाली खर्च मात्र गर्न पुग नपुग हुने र पुँजीगत खर्च गर्न नसकिने बताउनुभयो । उहाँले सरकारले कर्मचारीको तलबमा वृद्धि गरे पनि सो अनुसार व्यक्तिगत कर सीमामा वृद्धि नगदा तलब वृद्धि अर्थ नरहेको प्रतिक्रिया दिनुभयो । तलब वृद्धिका कारण मूल्यवृद्धि प्रक्षेपण गरिए भन्दा धेरै माथि करिब १४ प्रतिशतमा रहने उहाँले दाबी गर्नुभयो ।

निजी क्षेत्रलाई अवमूल्यन गरिएको छैन ः अर्थमन्त्री अधिकारी

काठमाडौं, (नेस) ।
अर्थमन्त्री भरतमोहन अधिकारीले अन्तरिम संविधान, त्रिवर्षीय अन्तरिम योजना र सरकारले हालै जारी गरेको श्वेतपत्रलाई आधार बनाएर बजेट निर्माण गरेको बताउनुभएको छ । शनिबार सँँझ अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री अधिकारीले निजी क्षेत्रको भूमिका कटौती हुने गरी सहकारी क्षेत्रलाई प्रबद्र्धन नगरिएको स्पष्टिकरण दिनुभयो । उहाँले भन्नुभयो–‘सहकारी र निजी क्षेत्रका बीचमा द्वन्द्व हुने व्यवस्था गरिएको छैन ।’ Continue reading