आर्थिक मुद्दा सधैं ओझेलमा

बाबुकृष्ण महर्जन
काठमाडौं
बिहीबार व्यवस्थापिका संसदमा पेश गर्ने भनिएको आर्थिक वर्ष २०६८।६९ को बजेट मधेशवादी दलको असहमतिका कारण प्रस्तुत हुन सकेन । नेपालको इतिहासका बजेट प्रस्तुत हुने दिन तोकिएर अर्थमन्त्रीले बजेटसहितको ब्रिफकेस बोकेर आएर पनि बजेट प्रस्तुत गर्न नपाएको यो पहिलो घटना हो । एकिकृत नेकपा माओवादीको समर्थनमा मधेशी जनअधिकार फोरमलाई समेत साथमा लिएर सरकारको नेतृत्व गरेको झलनाथ खनालको सरकारलाई माओवादीले गत वर्ष अवरोध गरे जस्तै शैलीमा आफ्नो माग पूरा गराउने भ¥याङ मात्र बनाएको छ । गत वर्ष अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्न खोज्दा आफ्नो मागहरु सम्बोधन नगरिकन बजेट प्रस्तुत गरिएको भन्दै माओवादीले बजेट वक्तव्य रहेको ब्रिफकेस समेत फुटाइदिएका छन् । हिजो संसदमा मधेशवादी दलहरुले पनि माओवादीकै सिको गरेर तिनीहरु सरकारमा सामेल भएको मौका पारेर बजेट प्रस्तुतिमा अवरोध पु¥याए । यसबाट देशमा राजनीति गर्ने राजनीतिकर्मीहरुको देशको आर्थिक अवस्थाप्रति असंवेदनशील भएको देखाएको छ ।
२०६२।६३ मा भएको दोस्रो जनआन्दोलनपछि सरकार चलाउने राजनीतिक पार्टीहरुले शान्ति र संविधानको खातिर सधैं आर्थिक मुद्दालाई ओझेलमा राख्ने गरेको छ । संविधान सभाको चुनाव सम्पन्न भएपछि गठन भएका कुनै पनि सरकारले समयमा बजेट ल्याएर राष्ट्रलाई दिन सकेको छैन । संविधान सभा चुनाव लगत्तै सरकार गठनमा ढिलाई भएपछि तत्कालीन कांग्रेस नेतृत्वको सरकारले संविधान सभामा भएको व्यवस्था अनुसार पेश्की बजेट पेश गर्न बाध्य भएको थियो । पेश्की बजेट अघिल्लो वर्षको यथार्थ खर्चको एक तृतीयांश मात्र खर्च पाउने बजेट हो । यसमा राजस्वका दरहरु परिवर्तन गर्ने अवस्था रहँदैन जुुन विकासोन्मुख अर्थतन्त्रको लागि उपयुक्त अवस्था होइन । करका दरहरुमा परिवर्तन नहुने र राष्ट्रले नयाँ नयाँ परियोजनाहरुमा लगानी गर्न नसक्ने अवस्था हो । आर्थिक वर्ष २०६४।६५ मा एक तृतीयांशको पेश्की बजेट पेश गर्नु नेपाल अर्थतन्त्रको लागि ठूलो भूल भएको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् । उहाँ भन्नुहुन्छ–‘आर्थिक मुद्दालाई अगाडि सार्ने चेतनशील व्यक्तिले तृतीयांशको बजेटको वकालत गर्नु नै हुँदैन । यसको परिणामको बारेमा पहिले थाहा पाएको भए मैले एक तृतीयांश बजेट ल्याउने नै थिएन ।’
नेकपा एमालेको सहयोगमा पहिलोपटक १० वर्षे जनयुद्धको बलमा पहिलोपटक सरकारको नेतृत्व गरेको नेकपा माओवादीले आर्थिक वर्ष शुरु भएको करिब ४ महिनापछि संसदमा पूर्ण बजेट प्रस्तुत गरे । रुक्मांगत कटवाल काण्डको कारण करिब नौ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिए । प्रचण्डले राजीनामा दिँदा आर्थिक वर्ष समाप्त भएर अर्को आर्थिक वर्षको लागि बजेट तयारी गर्ने समय थियो । हाम्रा देशका शीर्ष पार्टीहरुले आर्थिक मुद्दा भन्दा आफ्नो पार्टीगत स्वार्थलाई ध्यानमा राखेर सरकार गठनको अंकगणितमा नै बढी ध्यान दिए । महिनौको प्रयासपछि नेकपा एमालेले कांग्रेस र अन्य मधेशवादी दललाई साथमा लिएर सरकार त बनाए, तर यस सरकारले पनि विपक्षी दलको दबाबका कारण समयमा बजेट ल्याउन सकेन । प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकारमा सोही पार्टीका अर्थमन्त्री सुरेन्द्र पाण्डे थिए । उक्त समयमा माओवादीले माधव नेपालको नेतृत्वको सरकार कठपुतली सरकार भएको र तुरुन्तै राजीनामा दिनुपर्ने भन्दै आन्दोलन गर्न थाले । फलस्वरुप सोझो तरिकाबाट संसदबाट बजेट आउन सकेन । अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अघिल्लो अर्थमन्त्री डा. महतले जस्तै एक तृतीयांशकै बजेट ल्याए । बजेटको रकम सकिंदै गएर कर्मचारीले तलब खाने रकम नै रित्तिदै जान थालेपछि सोही वर्षको मंसीर २ गते बजेट ल्याउन भनिए पनि संसदमा बजेट पारित हुन सकेन । तत्कालीन विपक्षी नेकपा माओवादीले अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्न लिएर आएको ब्रिफकेस नै फुटालिदिए । त्यसको लगत्तै भोलिपल्ट मंसीर ३ गते अर्थमन्त्री सुरेन्द्र पाण्डेले अध्यादेशमार्फत बजेट ल्याए ।
माधव नेपालले राजीनामा दिनुपर्ने एक बुँदे मागसहित आन्दोलन गरेका माओवादी अगाडि हार मानेर प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि लामो समयसम्म अर्को सरकार गठन हुन सकेन । १५ औं पटकसम्म पनि संसदले प्रधानमन्त्री दिन नसकेपछि माओवादीकै सहमतिमा हालका झलनाथ खनाल प्रधानमन्त्री बन्न सफल भएका हुन् । सत्ता सञ्चालक दलहरु नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले सबैको ध्यान सरकारको आर्थिक मुद्दाहरुलाई अगाडि सार्ने, देशको पूर्वाधार, बाटो पुल पुलेसा, उद्योग धन्दाको विकास, लोडसेडिङबाट देशलाई मुक्त पार्ने जस्ता मुद्दाहरुमा भन्दा आफ्नो पार्टीलाई शक्तिशाली बनाउने दिशातिर नै उन्मुख भएका छन् । आशा गरौं आज १ बजे हुने भनिएको बजेट भाषण योजना मुताबिक नै प्रस्तुत होस् । देशले समयमा नै बजेट पाओस् । निजी क्षेत्रले ढुक्का भएर बजेटलाई केन्द्रित भएर आफ्नो वार्षिक योजना बनाउन पाऊ । यही हाम्रो कामना ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: