बोनस दिँदै पुँजी बढाउँदै बिमा कम्पनी

-बाबुकृष्ण महर्जन
काठमाडौं, ४ माघ

बिमा कम्पनीले धमाधम बोनस र हकप्रद सेयर वितरण गरेर चुक्ता पँुजी बढाउने तयारी गरेका छन् । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले अनिवार्य रूपमा पुँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरूलाई चुक्ता पँुजी वृद्धि गर्न दबाब बढेको हो ।logo-300x160

समितिले दिएको निर्देशनअनुसार ०७० असारसम्म निर्जीवन बिमा कम्पनीले २५ करोड र जीवन बिमा कम्पनीले ५० करोड रुपियाँ चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ । हाल सञ्चालनमा रहेका सबै बिमा कम्पनीको चुक्ता पुँजी योभन्दा निकै कम छ । पुँजी आधार बलियो नहुँदा बिमा कम्पनीले ठूलो व्यवसायका क्षेत्रमा हात हाल्न सकेका छैनन् । दीर्घकालीन व्यवसाय भएको हुँदा पँुजी आधार बलियो बनाउन बिमा समितिले बिमा कम्पनीलाई दबाब दिँदै आएको छ । समितिले बोनस सेयर, हकप्रद सेयर वा एक आपसमा मर्ज गरेर भए पनि चुक्ता पुँजी तोकेको सीमाभित्र तोकेको परिमाणमा पुर्‍याउन निर्देशन दिएको छ । Continue reading