लौ हेर्नुहोस्, कुन बाणिज्य बैंकले कति पूँजी बढाउनुपर्छ ?

by Merolagani.com

राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुले चुक्ता पूँजी चार गुणासम्म बढाउनु पर्ने गरी आठ अर्ब चुक्ता पूँजीको प्राबधानसहित नयाँ मौद्रिक नीति ल्याएपछि बैंकरहरुलाई तनाब बढेको छ भने सर्वसाधारण लगानीकर्तामा कुन बैंकले कति पूँजी बढाउनु पर्ने रहेछ भन्ने चासो देखिएको छ ।
सर्वसाधारण लगानीकर्ताको त्यही चासो समाधान गर्न मेरोलगानी डटकमले बाणिज्य बैंकहरुको चुक्ता पूँजी, जगेडा कोष र थप्नुपर्ने पूँजी सम्बन्धी बिशेष सामाग्री तयार पारेको छ ।

२९ बाणिज्य बैंकहरु मध्ये केही आफ्नै कमार्इ, जगेडा कोषको उपयोगले बोनस शेयर जारी गरेर चुक्ता पूँजी बढाउनसक्ने भए पनि धेरैका लागि हकप्रद र मर्ज अनिबार्य बन्न गएको छ ।

१६ बाणिज्य बैंकहरुले चार गुणा हाराहारीमा चुक्ता पूँजी बढाउनुपर्ने देखिएकोमा एभरेष्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, बैंक अफ काठमाडौ र सिद्धाथैको कमाई राम्रो तथा जगेडा कोषमा तुलनात्मक रुपमा धेरै रकम भएकाले उनीहरुले बोनस शेयर र हकप्रद जारी गरेर चुक्ता पूँजी पुर्याउँन सक्छन् तर अन्यको हकमा मर्जमा जाने वा साना कम्पनीहरु किनेर पूँजी बढाउनुपर्ने बाध्यतामा पर्ने देखिएको छ ।

जगेडा कोष समेत उपयोग गरी बोनस शेयर जारी गर्न राष्ट्र बैंकले स्वीकृति दिएमा पनि भरथेग गर्न नसक्ने कम्पनीहरुलाई राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीति अर्को अर्को आपत सावित हुनेछ । यसको मारमा राम्रो कम्पनी मानिएको सानिमा, सिटिजन्स, एनएमबी, माछापुच्छ्रे, मेगा पनि परेका छन् । भलै मेगा र एनएमबीले बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई आफुमा गाभेर पूँजी बृद्धिको प्रयास जारी राखेको भए पनि त्यो अपर्याप्त हुने पक्का छ ।

बितेको आर्थिक बर्षको खुद नाफा र त्यसबाट दिईने बोनस शेयरको हिसाव गर्ने हो भने बैंकहरुले थप्नुपर्ने पूँजी अझ कम भएर जानेछ । अहिले बैंकहरुले धमाधम चौथो त्रैमासको अपरिस्कृत बित्तीय बिबरणहरु सार्वजनिक गरिरहेकाले त्यसको लेखाजोखा गर्न असोज मसान्त कुर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको नयाँ नीतिले एनआईसी एशिया र प्राईम जस्ता बिशेष तत्काको पकडमा रहेका बैंकहरुमा पनि संकट ल्याईदिएको छ । मारबाडी समुदायको बाहुल्यता रहेको एनआईसी र नेवार समुदायको बाहुल्यता रहेको प्राईमले जगेडा कोष र नाफाबाट मात्रै बोनस शेयर जारी गरेर पूँजी पुर्याउन संभव नहुने भएकाले अरु धेरै मेहनत गर्नुपर्ने अबस्था छ ।

3 billion

4th fold capital

more prayas

२९ वटा बाणिज्य बैंक मध्ये तीन वटाले अहिले नै पाँच अर्बको हाराहारीमा चुक्ता पूँजी कायम गरेकाले उनीहरुले गत बर्षको खुद नाफा, जगेडा कोषको उपयोग र २०७४ असारसम्मको आम्दानीबाटै बोनस शेयर जारी गरेर तीन अर्ब थपी चुक्ता पूँजी कायम गर्नसक्ने देखिएको छ ।

ग्लोबल आईएमई बैंकको जगेडा कोषको उपयोग र गत आर्थिक बर्षमा गरेको खुद आम्दानीबाट बोनस शेयर दिने, केही हकप्रद जारी गर्ने र चालु आर्थिक बर्षको कमाईसमेत उपयोग गरेमा उसले सहजै तीन अर्ब चुक्ता पूँजी थप्न सक्ने देखिएको छ । त्यस्तै नेपाल ईन्भेष्टमेन्ट बेंकले उल्लेखनीय रुपमा रहेको जगेडा कोषको उपयोग, गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको खुद नाफाबाट समेत बोनस शेयर दिएमा उसले पनि आठ अर्ब चुक्ता पूँजी सहज रुपमा संकलन गर्नसक्ने अबस्था छ । झन् नेपाल ईन्भेष्टमेन्टले सर्बसाधारणमा अनिबार्य रुपमा १० प्रतिशत शेयर जारी गर्ने बाँकी रहेकाले त्यसबाट संकलित हुने रकमले आठ अर्ब पुर्याउन महत्वपूर्ण सहयोग मिल्ने छ । प्रभु बैंकको सबालमा प्रस्तावित २० प्रतिशत हकप्रद र ग्राण्ड बैंकलाई मिलाउँदा प्रभुको चुक्ता पूँजी पाँच अर्ब नाघ्ने भएकाले उसले पनि तीन अर्ब मात्र शेयर पूँजी थप्नुपर्ने हुन आउँछ । गत आर्थिक बर्षमा उसले एक अर्ब भन्दा बढी खुद नाफा गरेको अनौपचारिक जानकारी प्राप्त भएकाले उसलाई पनि चुक्ता पूँजी पुर्याउँन अनुकुल अबस्था हुने देखिन्छ ।

चुक्ता पूँजी बढाउँनै नपर्ने बैंकहरु

सरकारको स्वामित्व धेरै भएका कृषि बिकास बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई राष्ट्र बैंकको नयाँ नीतिले कुनै समस्या नपर्ने देखिएको छ किनभने उनीहरुले आठ अर्ब भन्दा बढी चुक्ता पूँजी कायम गरिसकेका छन् ।

तैपनि राष्ट्रिय बाणिज्य बैंकले सर्बसाधारणका लागि ३० प्रतिशत अर्थात दुई अर्ब बराबरको शेयर चाडै नै जारी गर्दैछ ।

आफै सक्षम

राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी सिमा पुरा गर्न केही बैंकहरु आफै सक्षम हुनसक्छन् । राम्रो कमाई, सुदृढ ब्यवस्थापन, पर्याप्त जगेडा कोष र बिदेशी संयुक्त लगानी त्यसका आधारहरु हुन् ।

हिमालयन बैंकमा बिदेशी लगानी रहेको भए पनि त्यसले दुई बर्ष भित्रै आठ अर्ब पूँजी कसरी पुर्याउला प्रष्ट हुन बेंकको निर्णय पर्खनै पर्छ ।

मर्जको तयारीमा रहेका बैंकहरुलाई बहाना

राष्ट्र बैंकको नयाँ नीति भित्रभित्रै मर्जको प्रयास गरिरहेका एकै समूहको शेयर स्वामित्व बढी भएका दुई बैंकहरुलाई भने बहाना हुने भएको छ ।

एनसीसी र एनबी बैंकलाई मर्ज गराउन राष्ट्र बैंक आफै सक्रिय भएकाले यी दुबै बैंक निकट भबिष्यमा मर्जमा जाने लगभग निश्चित भएको बताईन्छ । एनसीसीको हालैको साधारणसभाले एनसीसीलाई अन्य बैंकसँग मर्ज गराएर मात्र राष्ट्र बैंकले ब्यवस्थापन छाड्ने निर्णय गरेको छ । एक बराबर एक शेयर स्वाप रेसियोको आधारमा मर्जमा गएमा यी दुई बैंकको चुक्ता पूँजी साढे चार अर्ब पुग्नेछ । दुबै बैंक मर्ज हुँदा, जगेडा कोष र गत आर्थिक बर्षको खुद नाफाबाट बोनस शेयर बितरण गर्नुका साथै दुई आर्थिक बर्षको आम्दानी समेत हिसाव गर्दा आठ अर्बको बैंक हुनलाई समस्या छैन् । तर एनबी बैंकमा रहेको बंगलादेशी साझेदारहरु मर्जका लागि तयार नभईसकेकाले मर्ज सम्झौतामा ढिलाई भएको बुझिएको छ ।

डिबेन्चर, बण्ड र ऋणपत्रहरुको गणना के हुने ?

बाणिज्य बैंकहरुले पूँजी कोष बढाउन र नगद लाभांश बितरण सहज पार्न डिबेन्चर र बण्डहरु जारी गरेका थिए तर राष्ट्र बैंकको पछिल्लो नीतिले त्यसलाई तत्काल निस्प्रभावी पारेको छ । डिबेन्चर र बण्डको आधारमा एभरेष्ट जस्ता बैंकहरुले नगद लाभांश बाड्ने जुक्ति खोजे पनि अब भने बोनस शेयरमै जोड दिनुपर्ने भएको छ ।

राष्ट्र बैंकको यो नीतिले बोनस शेयर धेरै दिने कि नगद लाभांश बाड्ने भन्ने प्रबद्धृक र सर्वसाधारण शेयरधनीबीचको झगडाको पनि अन्त्य हुने संदेश दिएको छ ।

बाणिज्य बैंकको संख्या घट्ने
no need to increase

राष्ट्र बैंकले बैंकहरुलाई ठूलो लगानी गर्नसक्ने गरी क्षमतावान बनाउन ल्याएको नयाँ नीतिले बाणिज्य बैंकहरुको संख्या ह्वात्तै घटाउनसक्ने संभावना बढेको छ । पूँजी बढाउन नसक्ने बैंकहरु एक आपसमा मर्ज हुने, एउटै घरानाको बाहुल्यता रहेका दुई वा दुई भन्दा बढी बैकहरु गाभिएर एउटै बन्न बाध्य हुने भएकाले तीन बर्षपछि बढीमा १७, १८ वटा बाणिज्य बैंकहरु मात्र कायम रहनसक्ने संभावना ब्यक्त गरिएको छ । बणिज्य बैंकहरुलाई चुक्ता पूँजी बढाउन धेरै पूँजी भएका बिकास बैंक र फाईनान्स कम्पनीहरु आबश्यक पर्ने भएकाले धेरै पूँजी भएका कम्पनीको मोलतोल बढ्ने संभावना छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: