७ अर्ब १५ करोडको चामल आयात

-बाबुकृष्ण महर्जन
काठमाडौं, ३ असार
कृषि प्रधान देश भनिए पनि नेपालले ठूलो मात्रामा कृषिजन्य वस्तुहरू विदेशबाट आयात गरिरहेको छ । नेपालले सबैभन्दा बढी आयात गर्ने सामानमा पेट्रोलियम पदार्थ, गाडी र यसका पार्टपुर्जा एवं सुनपछि अब खाद्यवस्तुहरू रहेकोमा अब पछिल्लो समय खाद्यपदार्थ पनि अत्यधिक रूपमा आयात हुन थालेको छ ।

चालु आवको पहिलो १० महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालले बैशाख मसान्तसम्म कुल आयातमध्ये १९ दशमलब ३० प्रतिशत पेट्रोलियम पदार्थ देशमा भित्रिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले ८८ अर्ब ५४ करोड ७४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ देश भित्र्याएको छ । वैशाखसम्मको तथ्यांक आधारमा प्रतिमहिना ८ अर्ब ८५ करोड ४७ लाख रुपियाँ बराबरको पेट्रोलियम आयात भएको छ । गत वर्ष ९२ अर्ब २५ करोडको पेट्रोलियम आयात भएको थियो । नेपालमा बढ्दो लोडसेडिङका कारण विद्युतीय ऊर्जाको विकल्पका रूपमा पेट्रोलियम पदार्थको बढ्दो प्रयोग हुन थालेकोले पनि आयातमा वृद्धि भएको हो । भविष्यमा हाल निर्माणाधीन जलविद्युत् आयोजनाले विद्युत् आपूर्ति यथेष्ट रूपमा उपलब्ध गराउन थालेपछि एवं काठमाडौं हेटौंडा सुरुङ मार्ग र काठमाडौं तराई फास्ट ट्रयाकको निर्माण पनि नेपालमा पेट्रोलियम पदार्थको प्रयोगमा नाटकीय रूपमा कमी आउने बताइएको छ । त्यसैगरी, पूर्वपश्चिम रेलमार्ग लगायतका काठमाडौं मेट्रो रेलको निर्माणपछि झन पेट्रोलियमको खपतमा कमी आउने आशा गरिएको छ । त्यसैगरी, नेपालमा पहिलो १० महिनामा २२ अर्ब २१ करोडको गाडी तथा गाडीजन्य पार्टपुर्जा र २१ अर्ब २३ करोड ४८ लाख रुपियाँ बराबरको सुन पनि नेपाल भित्रिएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाखसम्म ४ खर्ब ५८ अर्ब ५६ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । त्यसमध्ये कृषिप्रधान मुलुक भनिए पनि वैशाखसम्म ७ अर्ब १५ करोड ७३ लाख रुपियाँको धान चामल आयात भएको छ । तरकारी मात्रै ३ अर्ब ८४ करोड १२ लाख रुपियाँ आयात भएको छ । फलफूल पनि १ अर्ब १३ करोडभन्दा बढीको आयात भएको छ । त्यसैगरी, बेबी फुड मात्रै १० महिनामा ३ अर्ब ८ करोड रुपियाँको आयात भएको देखिएको छ । त्यस्तै, नेपालमै प्रशस्त सम्भावना भए पनि ४ करोड ६८ लाखको चिया, १ अर्ब ५ करोड ९२ लाखको चिनी विदेशबाट आयात गरिएका छन् । गरिब देश भनिए पनि नेपालले ९५ करोड ९१ लाखको कस्मेटिक र स्वास्थ्यमा असर पर्ने थाहा पाउँदापाउँदै पनि १ अर्ब ७४ करोड ३० लाख रुपियाँ बराबरको सुर्तीजन्य पदार्थ आयात गर्ने गरेका छन् । सरकारले नेपालमै सम्भावना भएका वस्तुहरूको आयातलाई निरुत्साहित गर्ने र जनस्वास्थ्यमा असर पर्ने वस्तुहरूलाई कडाइ मात्रै गर्ने हो भने पनि धेरै मात्रामा नेपालको व्यापार घाटामा कमी आउने व्यापार विज्ञहरू बताउँछन् ।
नेपालले वस्तु निर्यातको लागि अरु बजार खोज्नुपर्ने जरुरत नै छैन । नेपालको दुई ठूला छिमेकी राष्ट्रहरू चीन र भारत विश्वका अति धेरै जनसंख्या भएका देशमा पर्दछन् । चीनमा करिब १ अर्ब ३० करोड र भारतमा १ अर्ब १० करोड भन्दा बढी जनसख्या भएको नाताले नेपालमा उत्पादन भएका कुनै पनि सामानलाई मितव्ययी तबरले उत्पादन गर्ने हो भने बजार सुनिश्चित रहेको मान्न सकिन्छ । तर, कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्षको दश महिनासम्मको १७ दशमलब ६ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १.९ प्रतिशतले मात्र बढेको छ । नेपालकावस्तुहरूको बजार प्रवद्र्धनमा एकदम कमजोर रहने एवं तुलनात्मक रुपमा लोडसेडिङ, मजदुर हड्ताल लगायतका कारणले नेपालका वस्तुहरू अन्य देशको तुलनामा महँगो हुँदा तुलनात्मक रूपमा महँगो हुने हुनाले प्रतिस्पर्धी बजारमा पछाडि पर्ने गरेका छन् ।
अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्षको दश महिनासम्मको अवधिमा १३.८ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ८ दशमलब ५ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको ४ दशमलब ४ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा १ दशमलब ७ प्रतिशतले ह्रास आई अमेरिकी डलर २४ करोड ५७ लाख पुगेको छ । भारततर्फ मुख्यतया: जिआई पाइप, जुटको बोरा, जिंक सिट, तार, पोलिस्टर यार्नलगायत वस्तुको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ विशेषगरी दाल, प्रशोधित छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: