दुई वाणिज्य बैंक मर्जपछि एनआइसी एसिया

बाबुकृष्ण महर्जन

काठमाडौं, २२ माघ

मर्जर प्रक्रियामा रहेको एनआइसी बैंक र बैंक अफ एसिया मर्ज भएपछि एनआइसी एसिया बन्ने भएको छ । दुई बैंकबीच मर्जर गर्न बनेको समितिले सो प्रस्तावित नाम पारित गरेको हो ।

यही साता दुवै बैंकको सञ्चालक समिति बैठक बसेर विशेष साधारणसभाका लागि २१ दिने सूचना जारी गरिसक्ने समेत सहमति भएको मर्जर समितिका संयोजक राजेन्द्र अर्यालले बताए । नयाँ बैंकमा बैंक अफ एसिया नेपालको सेयरलाई ५० प्रतिशत मूल्यांकनमा एनआइसी बैंकसँग मर्ज गरिने उनले बताए । दुवै कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) को अन्तिम प्रतिवेदनअनुसार एनआइसी र बैंक अफ एसियाबीच १:२ को अनुपातमा गाभिने सहमति भएको हो । उनका अनुसार २.६:१, २:१ र २.२:१ गरी मूल्यांकनकर्ताले तीनवटा विकल्प प्रदान गरेकोमा सो विकल्प छनोट गरिएको उनले बताए । बैंकले खुला प्रतिस्पर्धाबाट डिडिएका लागि बिआरएस कम्पनीलाई डिडिएको जिम्मा दिएको थियो ।bank-of-asia_1339078079
संयोजक आचार्यले २१ दिने सूचना जारी गरेर विशेष साधारणसभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरी एक महिनाभित्र राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिने बताए । मर्जपछि दुई बैंकको चुक्ता पुँजी दुई अर्ब ३१ करोड रुपियाँ पुग्नेछ । हाल एनआइसी बैंकको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपियाँ छ भने बैंक अफ एसियाको दुई अर्बको पुँजी छ । तुलनात्मक रूपमा बैंक अफ एसिया नयाँ बैंक हो । मर्ज गर्दा बैंक अफ एसियाको पुँजी एक अर्ब गणना गरिनेछ, बाँकी एक अर्ब रुपियाँ जगेडा कोषमा सारिने सहमति भएको छ । अहिले नै एनआइसी बैंकसँग एक अर्ब आठ करोड र बैंक अफ एसियासँग २४ करोड ७० लाख जगेडा कोषमा छ । मर्जरपछि थपिने एक अर्बसहित जगेडा कोषमा दुई अर्ब ३२ करोड रुपियाँ जम्मा हुनेछ । जगेडा कोषमा भएको रकम आगामी वर्ष लाभांशका रूपमा बाँड्न प्रयोग गरिनेछ ।
मर्जरपछि प्राय: सञ्चालक एनआइसी बैंककै हुने सहमति भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा एनआइसी बैंककै शशिन जोशी र अध्यक्षमा जगदीशप्रसाद अग्रवालले निरन्तरता पाउनेछन् । दुवै बैंकमा विशाल समूह र सांघाई समूहको लगानी छ । एउटै समूहको लगानी भएपछि राष्ट्र बैंकले मर्जरमा जान दबाब दिएका थिए ।
मर्जपछि बैंकको निक्षेप ३६ अर्ब रुपियाँभन्दा बढी हुनेछ । अहिले एनआइसी बैंकसँग २१ अर्ब र बैंक अफ एसियासँग १५ अर्ब रुपियाँको निक्षेप छ । त्यसैगरी, नयाँ बैंकमा साढे २८ अर्बको कर्जा हुनेछ । अहिले एनआइसीले साढे १५ अर्ब र बैंक अफ एसियाले १३ अर्बको कर्जा परिचालन गरिरहेको छ । नयाँ बैंकमा बैंक अफ एसियाको २८ र एनआइसीको ३६ गरी ६४ वटा शाखा सञ्जाल हुनेछ । बैंकले कुनै पनि शाखा बन्द नगरी ओभरल्याप भएको खण्डमा केही पर सोही शाखा स्थानान्तर गर्ने जनाएको छ । बैंकले कुनै कर्मचारीलाई पनि अवकाश नदिने नीति लिएको छ । ठूलो बैंक भएपछि थप मानव संसाधन चाहिने हुँदा शाखा विस्तार गरेर भए पनि कर्मचारी व्यवस्थापन गरिने मर्जर कमिटीका एक सदस्यले बताए ।
एनआइसीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने बैंक अफ एसिया नेपालले साढे ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मर्ज हुनुअघि एनआइसी बैंकको प्रतिकित्ता सेयर ४ सय ६८ रुपियाँमा कारोबार भएको थियो भने बैंक अफ एसियाको प्रतिकित्ता २ सय २८ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: