मर्जरका कारण सेयरधनी मारमा

बाबुकृष्ण महर्जन
काठमाडौं, १७ माघ

साधारण सेयर जारी गरेर कारोबार नगर्दै मर्जरमा जाँदा साधारण सेयरधनी मर्कामा पर्न थालेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको भन्दै नेपाल राष्ट्र बैंकले संख्या घटाउन मर्जरमा जान प्रेरित गरेपछि धेरै वित्तीय संस्था मर्जरमा जान थालेका छन् ।nepse-300x254
स्टक एक्सचेन्जमा सूचीकृत संस्था एकआपसमा मर्जरमा जानु नौलो कुरा नभए पनि सर्वसाधारणमा सेयर जारी गरेलगत्तै एक्सचेन्जमा सूचीकृत गरेर कारोबार नै नगरी मर्जरमा जाने प्रवृत्ति वित्तीय संस्थामा देखिनथालेको छ । दसैँ अगाडि साधारण सेयर जारी गरेर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको पश्चिमाञ्चल ग्रामीण विकास बैंकले एक दिन पनि कारोबार नगरी मर्जरमा गएको सूचना जारी गर्‍यो । प्राथमिक सेयर निष्काशन गर्दाताका विवरण पत्रमा मर्जरमा जाने सूचना नराखेको भए पनि मर्जरमा गएर सर्वसाधारणको सूचनाको हक हनन भएको भन्दै केही लगानीकर्ताले अदालतलको ढोका समेत ढक्ढक्याए तर अदालतले अहिलेको परिप्रेक्ष्यमा मर्जरमा जानुको विकल्प नरहेको भनेर लगानीकर्ताको विपक्षमा फैसला गरिदियो । ‘प्राथमिक सेयर निष्काशन गर्नु अगाडि नै साधारणसभा गरेर मर्जरमा जाने निर्णय गरेको भए पनि पश्चिमाञ्चल ग्रामीण विकास बैंकले विवरण पत्रमा मर्जरमा जाने कुरा उल्लेख गरेको छैन,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष सीताराम थपलियाले भने । विवरणपत्रमा तीन वर्षको अनुमानित विवरण उल्लेख गर्नुपर्नेमा कम्पनी फरक तरिकाबाट गएको उनको भनाइ छ । ‘यो सरासर गलत हो, यसबाट लगानीकर्ताको प्रक्षेपण गर्ने आधार नै समाप्त भएको छ,’ थपलियाले भने ।
मर्जरमा जान नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले कारोबार रोक्का गरिएको कागज लिएर नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्ने प्रावधान छ । राष्ट्र बैंकमा निवेदन दिएको दुई हप्तामा सैद्धान्तिक सहमति दिएर ६ महिनाभित्र डिडिए गरेर अन्तिम स्वीकृतिका लागि पुन: निवेदन राष्ट्र बैंकमा दिनुपर्छ । ६ महिनाभित्र डिडिए सम्पन्न गर्ने भने पनि व्यवहारमा ६ महिनादेखि १ वर्षसम्म लाग्ने गरेको मर्जरमा सम्लग्न बैंक तथा वित्तीय संस्थाका अधिकारी बताउँछन् ।
सर्वसाधारण लगानीकर्ताले प्राथमिक सेयर निष्काशन हुँदा तुरुन्त बेच्ने मनसायले छोटो अवधिका लागि लगानी गरेका हुन्छन् । सेयर निष्काशनमा परेको सेयर सूचीकृत हुनासाथ मर्जरमा जाने सूचनाले थप ६ महिनादेखि एक वर्षसम्म सो रकम फ्रिज हुन्छ । ऋणमा लिएको रकमको योजनाविपरीत ब्याज तिर्नुपर्दा थप मारमा पर्ने गरेको अध्यक्ष थपलियाले बताए ।
हालै सगरमाथा मर्चेन्ट फाइनान्स कम्पनी र रिलायन्स फाइनान्स पनि मर्जरमा जाने सूचना सार्वजनिक गरिएको छ । समगरमाथा मर्चेन्ट फाइनान्स नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो भने रिलायन्स फाइनान्स हालै प्राथमिक सेयर जारी गरेर स्टक सूचीकृत भएको कम्पनी हो । कम्पनीको स्टकमा एकपटक पनि कारोबार भएको छैन ।
बैंक तथा वित्तीय संस्था धमाधम मर्जरमा जान थालेपछि अन्य बैंक तथा वित्तीय संस्थाका सेयरधनी पनि मारमा पर्न थालेका छन् । सेयर कारोबार कति समय रोकिने भन्ने जानकारी नै सेयरधनीलाई नदिई कारोबार रोक्न नहुने लगानीकर्ताको भनाइ छ । हाल नेप्सेमा ४० कम्पनी मर्जरमा गएका कारण सेयर खरिद बिक्री रोकिएको छ । अधिकांश कम्पनीको कारोबार रोकिएको ६ महिना नाँघेको र कतिको एक वर्ष पूरा भइसक्दा समेत कारोबार खुलेको छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: