खराब कर्जाले सेयरमा गिरावट

-बाबुकृष्ण महर्जन

काठमाडौं, ८ माघ

घरजग्गा क्षेत्रमा गएको ऋण नउठेर ओरियन्टल र गुणजस्ता ठूला सहकारीले पैसा फिर्ता गर्न नसकेपछि वाणिज्य बैंकको नाफामा समेत असर देसिेयरने भएको छ । बैंकको ब्याज र किस्ता तिर्न सहकारीबाट रकम निकालेर तिर्दै आएका घरजग्गा व्यवसायीलाई सहकारीले समेत पत्याउन छोडेपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको नाफा घट्ने निश्चित भएको हो ।

ओरियन्टल सहकारीसम्बद्ध घरजग्गा व्यवसायी तथा अग्नि एयरका सञ्चालक सुधिर बस्नेत पक्राउ परेपछि १८ वाणिज्य बैंकले उनको कुल ऋणमध्ये एक अर्ब रुपियाँ हाराहारीमा नोक्सानी व्यवस्थाका लागि छुट्याएका छन् । प्रहरी हिरासतमा पत्रकार सम्मेलन गरेर बस्नेतले बैंकमा २ अर्ब २५ करोड रुपियाँ ऋण रहेको बताएका थिए । राष्ट्र बैंकको प्रावधानअनुसार ऋण सेयरराब कर्जामा परिणत भएमा बैंकहरूले २५ प्रतिशतदेसिेयर शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्छ । तीन महिना ऋण नउठे २५ प्रतिशत, ६ महिना नउठे ५० प्रतिशत र ६ महिनाभन्दा बढी नउठे सबै ऋणको नोक्सानी व्यवस्था गर्नुपर्छ । असल कर्जा भएमा भने १ प्रतिशत मात्र नोक्सानी व्यवस्थाका लागि छुट्याए हुन्छ । बस्नेतको ऋणको सवालमा बैंकले २५ प्रतिशतदेसिेयर शतप्रतिशतसम्म नोक्सानी व्यवस्था गरेका छन् ।
किस्ता नउठेर नोक्सानी व्यवस्थाको रकम बढाउनुपर्ने भएपछि पुसमा नाफा वृद्धि दर घट्ने बैंकरले बताएका छन् । अधिक तरलताका कारण न्यून आम्दानी र घट्दो ब्याजदरले नाफामा कमी आउने छ । असोजमा बैंकहरूको नाफा ४१ प्रतिशतले बढेको थियो । त्यसअघि असोजमा नाफा २३ प्रतिशतले घटेको थियो । घरजग्गा, क्रसरलगायत क्षेत्रमा दिएको ऋणको किस्ता नउठेका कारण बैंकले यसपालि नोक्सानी व्यवस्थाको रकम बढाएका छन् । ब्याज प्रयोजनका लागि ओभर ड्राफ्टमार्फत थप कर्जा प्रवाहमा कडाइसँगै घरजग्गामा दिएको ऋणको किस्ता उठेको छैन । बैंक तथा वित्तीय संस्थाको नाफा वृद्धिदर घट्ने संकेतसँगै सेयर बजार पनि घट्न सुरु गरेको छ । पुस मसान्तमा दोस्रो त्रैमासिक सकेलगत्तै बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य घट्ने क्रम सुरु भएको छ । आइतबार एकै दिन नेप्से सूचक झन्डै १२ दशमलव ५५ अंकले तल झरेर बजार बन्द भयो । सबैभन्दा बढी बंैकिङ समूह सूचक १९ दशमलव ३३ र जलविद्युुत् समूहको सूचक २२ दशमलव ८ अंकले तल झरे । बजार बन्द हुँदा नेप्से सूचक ५ सय ७ अंकमा आयो । तीन साताअघि सूचक झन्डै साढे पाँच सय नजिक पुगेको थियो ।
नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा अधिक छ । त्यसमध्ये पनि वाणिज्य बैंक समूहको सेयरले समग्र सेयर बजारलाई नै तल माथि रासेइरन मद्दत गर्दछ । आइतबार होटल समूह ६ दशमलव ८८ अंक, विकास बैंक समूह २ दशमलव ६१ अंक, फाइनान्स समूह शून्य दशमलव ६ अंक, उत्पादन समूह ३ दशमलव ६२ अंक र अन्य ४ दशमलव ६९ अंकले तल झरे । आइतबार कारोबार भएका कम्पनीमध्ये ५४ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो भने सात कम्पनीको मात्र उकालो लाग्यो ।
लगानीकर्ताका अनुसार सेयर बजारलाई सबैभन्दा ठूलो असर बैंकिङ क्षेत्रको सेयर कर्जाले गर्‍यो । घरजग्गा व्यवसायी सुधिर बस्नेतको घरजग्गा र विमान कम्पनीको कारोबारमा असर परेपछि धेरै बैंकले दोस्रो त्रैमासमा ठूलो रकम सेयर राब कर्जाका लागि व्यवस्थापन गर्नुपरेका कारण बजारमा असर परेको उनले बताए । आइतबार बैंक अफ काठमाडौंको सेयर ३० रुपियाँ, बुटवल पावरको १६ रुपियाँ, चिलिमे हाइड्रोपावरको २७ रुपियाँ, सिटिजन्स बैंकको १६ रुपियाँ र एभरेस्ट बैंकको ४० रुपियाँ घटेर कारोबार भयो ।
राष्ट्र बैंकले दुई वर्षअघि घरजग्गा ऋणमा कडाइ गर्दै सीमा तोकेपछि कारोबार सुस्ताएको हो । घरजग्गा ऋणले बैंक समस्यामा पर्ने भन्दै कारोबार बढाउन सरकारी पहल भए पनि यसको असर भने देखिएको छैन । एक करोडको घरजग्गा ऋणलाई रियलस्टेटको सीमाबाट हटाउने र रियलस्टेट कर्जा २५ प्रतिशतमा झार्नुपर्ने सीमा एक वर्ष बढाएर ०७० सम्म पुर्‍याउने घोषणा गरे पनि घरजग्गा कारोबार अझै राम्रो हुन सकेको छैन । राष्ट्र बैंकको पछिल्लो तथ्यंकअनुसार घरजग्गामा बैंकको ७० अर्ब रुपियाँ ऋण छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: