पच्चीस प्रतिशतले बढ्यो व्यापार

सौर्य समाचार
काठमाडौ, ११ पुस

चालु आर्थिक वर्षको चार महिनामा नेपालको व्यापार करिब २५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी)ले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालको कुल व्यापार कात्तिक मसान्तसम्म २ खर्ब १५ अर्ब ९२ करोड पुगेको छ । कुल व्याप ारमा नेपालको निर्यातको अंश ११ दशमलव ८ प्रतिशत छ भने आयातको हिस्सा ८८ दशमलव २ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको निर्यात साढे ५ प्रतिशतले बढेर साढे २५ अर्ब रुपियाँको सामान निर्यात भएको छ भने सोही अवधिमा २७ दशमलव ७ प्रतिशतले बढेर १ खर्ब ९० अर्ब ४२ करोड रुपियाँ पुगेको छ । गत आवमा आयात–निर्यात अनुपात १ बराबर ६ दशमलव २ रहेकामा चालु आवको पहिलो चार महिनामा १ बराबर ७ दशमलव ५ पुगेको छ ।

यो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, हस्तकलाका सामान, चाँदीका गरगहना, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी प्रमुख रहेको टिइपिसीले जनाएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको सोहीअवधिका तुलनामा ऊनी गलैँचाको निर्यातमा साढे १९ प्रतिशतले र्‍हास आएर एक अर्ब ८० करोड र तयारी पोसाक निर्यातमा ३० दशमलव ९ प्रतिशतले र्‍हास भई एक अर्ब ३१ करोड रुपियाँ मात्र पुगेको जनाएको छ । कुनै समय नेपालको प्रमुख निर्यात गर्ने सामानको सूचीमा पहिलो स्थानमा रहेको तयारी पोसाकको संयुक्त राज्य अमेरिकाले खारेज गरेको कोटा प्रणालीसँगै गिरावट आएको हो ।
नेपालसँगै कोटा प्रणाली खारेजमा परे पनि छिमेकी राष्ट्र बंगलादेशले भने तयारी पोसाक उद्योगलाई आफ्नो प्रमुख निर्यातवस्तु बनाएको छ । नेपालमा भने ऊर्जा संकट, श्रम समस्या एवं तरल राजनीतिक अवस्थाका कारण तयारी पोसाक उद्योग फस्टाउन नसकेको सम्बन्धित विज्ञहरू बताउँछन् । नेपालको निर्यात व्यापार विकासका लागि सरकारले एकीकृत व्यापार विकास रणनीति तयार गरी २४ वटा क्षेत्रलाई प्रवद्र्धन गर्ने योजना बनाए पनि कार्यान्वयन तहमा अझै सफल हुन सकेको छैन । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीका अनुसार नेपालले कृषिजन्य वस्तुअन्तर्गत अलँैची, अदुवा, मह, मसुर दाल, चिया, चाउचाउ र अन्य औषधिजन्य जडीबुटी, सेवाक्षेत्रअन्तर्गत पर्यटन, श्रमजन्य सेवा, सूचना प्रविधि र बिपिओ सेवा, स्वास्थ्यसेवा, शिक्षा, इन्जिनियरिङ र जलविद्युत् तथा औद्योगिक वस्तुअन्तर्गत हस्तकलाका सामान, चाँदीजन्य वस्तु, फलाम एवं स्टिल, पस्मिना र ऊनका सामान तथा अन्य सेवाअन्तर्गत ट्रान्जिट व्यापार सेवाहरू, चिनी, सिमेन्ट, दुग्ध पदार्थ र ट्रान्सफर्मरलगायत वस्तु प्राथमिकतामा राखिएका छन् ।
यता फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ४ दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन अर्ब ८३ करोड, पोलिस्टर तथा अन्य धागोमा ७ दशमलव ७ प्रतिशतले वृद्धि भई एक खर्ब ८३ अर्ब, मुसुरोको दालमा ६५ दशमलव ९ प्रतिशतले वृद्धि भई एक अर्ब २६ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा ४३ करोड ६४ लाख रुपियाँको छाला, ८५ करोड ४२ लाख रुपियाँको अलैँची, ७५ करोड २४ लाख रुपियाँको चिया, ४८ करोड २१ लाख रुपियाँको अदुवा, १७ करोड ६६ लाख रुपियाँको चाउचाउ, ७५ करोड ८२ लाख रुपियाँको जडीबुटी, ३० करोड रूपियाँको टुथपेस्ट, एक अर्ब ७८ करोडको टेक्सटाइल, १४ करोड ७० लाख रुपियाँको हस्तकलाका सामान, १६ करोड ८३ लाख रुपियाँको नेपाली हातेकागज निर्यात भएको छ । त्यस्तै, समीक्षा अवधिमा एक करोड ३१ लाख रुपियाँको कफी, ४ करोड ९५ लाख रुपियाँको मैदा, २५ करोड ९७ लाख रुपियाँको पिना तथा ३ करोड ७२ लाख रुपियाँको साबुनसमेत निर्यात भएको छ । नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, बंगलादेश, चीन, जर्मनी, युके, जापान, थाइलेन्ड, फ्रान्स, भुटान, टर्की, इटाली, क्यानडा प्रमुख साझेदार रहेका छन् ।
आयाततर्फ आव ०६८/६९को चार महिनाको अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा ४१ प्रतिशतले वृद्धि भई १९ अर्ब ७९ करोड, पेट्रोलियम पदार्थमा २९ दशमलव ९ प्रतिशतले वृद्धि भई ३२ अर्ब ७१ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा ३८ दशमलव २ प्रतिशतले वृद्धि भई ११ अर्ब ५० अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा १७ प्रतिशतले वृद्धि भई ८ अर्ब १८ करोड, औषधिमा २२ दशमलव ७ प्रतिशतले वृद्धि भई ५ अर्ब ४८ करोड, मेसिनरी तथा पाटर््समा १४ दशमलव ८ प्रतिशतले वृद्धि भई ९ दशमलव ५२ अर्ब, पोलिथिन ग्रेनुयुल्समा ४ दशमलव ६ प्रतिशतले वृद्धि भई ४ दशमलव १३ अर्ब, कच्चा पाम आयलमा २१ दशमलव ५ प्रतिशतले र्‍हास आई ९५ करोड ४४ करोड, दूरसञ्चारका सामग्रीमा १४ दशमलव ४ प्रतिशतले वृद्धि भई ४ दशमलव ४२ अर्ब, रसायनमा २५ दशमलव ३ प्रतिशतले वृद्धि भई २ दशमलव ३० अर्ब भएको छ । यसैगरी समीक्षा अवधिमा ९ दशमलव ९५ अर्ब बराबरको सुन, ६ अर्ब ९ करोड बराबर रासायनिक मल तथा एक अर्ब १७ करोड रुपियाँ बराबरका हवाइजहाज तथा हवाइजहाजका पाटर््स पैठारी भएका छन् । सो अवधिमा सिमेन्ट क्लिंकर दुई अर्ब दुई करोड, भटमासको कच्चा तेल तीन अर्ब ६१ करोड, तयारी पोसाक तीन अर्ब ८३ करोड, अन्न ४ अर्ब ६१ करोड र ऊन ९४ करोड रुपियाँ आयात भएको छ । नेपालको आयात व्यापारमा भारत, चीन, युएई, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, ब्राजिल, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, जापान, साउदी अरब, दक्षिण कोरिया, जर्मनी प्रमुख साझेदार हुन् ।
नेपालका परम्परागत निर्यातजन्य वस्तु जस्तै ऊनी गलैँचा, तयारी पोसाक आदिको निर्यातमा ह्रास आएको छ भने परम्परागत कृषिजन्य वस्तु निर्यातमा केही सुधार देखिएको छ । समीक्षा अवधिमा कच्चा पाम आयलबाहेक अधिकांश प्रमुख वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको देखिन्छ । परिणामत: आव ०६९/७० को प्रथम चार महिना अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापारघाटा एक सय ६४ दशमलव ९२ अर्ब पुगेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: