प्रवद्र्धक कालो सूचीमा परेपछि सेयर मूल्य बढ्यो

सौर्य समाचार
काठमाडौं, १९ कात्तिक

एनबी समूहका संस्थापकहरू कालो सूचीमा परेपछि तिनीहरूले प्रवद्र्धन गरेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) र नेपाल बंगलादेश (एनबी) बैंकका सेयर मूल्य तेजीले बढ्न थालेको छ । आइतबार नेपाल बंगलादेश बैंकको सेयर मूल्य १६ रुपियाँले बढेको छ भने नेपाल क्रेडिट एन्ड कमर्स बैंककोे सेयर मूल्य १३ रुपियाँले माथि चढेको छ । दुवै बैंकमा एनबी समूहको प्रवद्र्धक सेयर रहेको छ ।
शनिबार नेपाल बंगलादेश बैैैैंकले प्रवद्र्धक समूहकै नाममा सूचना जारी गरी ३५ दिने ऋण तिर्न आउने सूचना जारी गरेको थियो । शुक्रबार कर्जा सूचना केन्द्रले नबिल बैंकको सिफारिसमा एनबी समूहका सञ्चालकहरू जितबहादुर श्रेष्ठ, जेन श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठलगायत सञ्चालकलाई कालो सूचीमा राखेको थियो । कालो सूचीमा नाम चढेपछि कुनै पनि सार्वजनिक कम्पनीमा सञ्चालक बन्न अयोग्य हुन्छ भने कालो सूचीमा रहेकाको पासपोर्टसमेत जफत हुन्छ ।
एनबी बैंकमा अध्यक्ष रहेका जितबहादुर अहिले सो बैंकमा सञ्चालक हुनसमेत अयोेग्य बन्न पुगेका छन् । नेपालको व्यावसायिक क्षेत्रमा खराब आचरण कमाएको एनबी समूहका सदस्यलाई कालो सूचीमा राखेर बैंक स्वयंले पनि कर्जा तिर्न आउने सूचना जारी गरेपछि बैंकमा तिनीहरूको पहुँच घटेको अनुमानमा सेयर मूल्य बढेको एक विश्लेषकले दाबी गरे ।
अघिल्लो बिहीबार प्रतिकित्रा १६७ रुपियाँमा कारोबार भएको एनबी बैंकको सेयर मूल्य आइतबार एकै दिन १६ रुपियाँले बढेर १८३ रुपियाँमा कारोबार भयो । त्यसैगरी एनसिसी बैंकको सेयर मूल्यसमेत १३९ रुपियाँमा कारोबार भएकामा आइतबार १३ रुपियाँले बढेर १५२ रुपियाँमा कारोबार भयो ।
केही महिना अगाडिसम्म एक सय रुपियाँको हाराहारीमा रहेको सेयर पछिल्लो समयमा सकारात्मक समाचार आएपछि एकाएक बढ्न थालेको हो । आइतबार प्रतिशतका आधारमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा एनबी बैैंक र दोस्रो धेरै मूल्य बढ्ने कम्पनीमा एनसिसी बैंक रहेका छन् । एनबी बैंकको सेयर ९ दशमलव ५८ प्रतिशत र एनसिसी बैंकको सेयर मूल्य ९ दशमलव ३५ प्रतिशतले बढ्को थियो ।
एनसीसिभन्दा एनबी बैंकको सेयर मूल्य बढ्नुमा कानुन मन्त्रालयले एनबी समूहसम्बद्ध सेयर बंगलादेशी साझेदारलाई बिक्रीका लागि बाटो खोलिदिनु पनि हो । कानुन मन्त्रायलयले सूचना दिएर गरिने कारोबारलाई ‘इन्साइडर ट्रेडिङ’ नमान्ने सर्तमा एनबी समूहको २६ प्रतिशत सेयर बंगलादेशी साझेदारलाई बिक्री अनुमति दिएको स्रोतले जनाएको छ । यो सेयर बिक्रीपछि एनबी बैंकमा एनबी समूहको सेयर हुने छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: