गैरवित्तीय कम्पनीबाट सेयरधनीलाई बढी प्रतिफल

-बाबुकृष्ण महर्जन

काठमाडौं, २९ असोज

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमा अधिकांश बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहे पनि अधिकतम लाभांश दिने कम्पनीमा गैरवित्तीय संस्थाका कम्पनी रहेका छन् ।
नेप्सेमा ८० प्रतिशतभन्दा बढी वित्तीय संस्था सूचीकृत छन् । तर, नेपाल टेलिकम, चिलिमे हाइड्रोपावर र अन्य बिमा कम्पनीले सेयरधनीलाई हरेक वर्ष ५० प्रतिशतभन्दा बढी लाभांश दिने गरेका छन् ।
आइतबारसम्म ६५ कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् । यस वर्ष पनि युनिलिभर नेपालले नै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । युनिलिभरले प्रतिसेयर ६ सय ८० रुपियाा लाभांश दिने घोषणा गरेको थियो । यो नेपाली सेयरधनीलाई दिइएको अहिलेसम्मकै सबैभन्दा धेरै प्रतिफल हो । अघिल्लो वर्ष पनि यो कम्पनीले प्रतिसेयर पाँच सय रुपियााभन्दा बढी लाभांश वितरण गरेको थियो । यो वर्ष लाभांश घोषणा नगरे पनि नेपाल टेलिकमले पनि करिब ५० प्रतिशतकै हाराहारीमा नगद लाभांश घोषणा गर्ने अपेक्षा गरिएको छ । टेलिकमले हरेक वर्ष ३० प्रतिशतभन्दा माथि नै लाभांश घोषणा गरिरहेको छ ।
लामो विवादपछि सर्वसाधारणलाई सेयर जारी गरेको चिलिमेले पनि हरेक वर्ष लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्दै आइरहेको छ । अघिल्लो वर्ष ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश प्रदान गरेको चिलिमेले यो वर्ष ३० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांशपछि पनि कम्पनीको सेयर करिब साढे नौ सय रुपियाामा कारोबार भइरहेको छ । बैंक तथा वित्तीय संस्थामा कहिले तरलता नहुने समस्या त कहिले अत्यधिक तरलताको समस्याका कारण राम्रो प्रतिफल दिन नसकेको बेला लगानीकर्ता गैरवित्तीय कम्पनीतर्फ आकर्षित भएको कारोबारले देखाएको छ । पछिल्लो समयमा नेपाल टेलिकम, जलविद्युत् कम्पनी र बिमा कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।
बैंक तथा वित्तकम्पनीबाहेकको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर घोषणा गरी वितरणसमेत गरिसकेको छ भने अन्य बिमा कम्पनीले पनि चालू आवभित्रै चुक्ता पुँजी जीवन बिमा कम्पनीको हकमा ५० करोड र निर्जीवन बिमा कम्पनीको हकमा २५ करोड रुपियाा पुग्नुपर्ने अनिवार्य प्रावधानका कारण कारोबार बढिरहेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक भएर लगानीका क्षेत्रसमेत सीमित रहेको अवस्थामा अत्यधिक तरलता बिमा कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा लगानी भएको आशंका सेयर विश्लेषकहरूले गर्ने गरेका छन् ।
पछिल्लो समयमा लघुवित्त विकास कम्पनी र क्षेत्रीय स्तरका विकास बंैक तथा वित्त कम्पनीले समेत उच्च प्रतिफल दिन थालेका छन् । मुक्तिनाथ विकास बैंकले साढे २२ प्रतिशत बोनस सेयर र साढे २७ प्रतिशत नगद लाभांश गरी ५० प्रतिशत लाभांश घोषणा गरेका छन् भने छिमेक लघुवित्त विकास बैंकले २५ प्रतिशत बोनस सेयर र १७ दशमलव १ प्रतिशत नगद लाभांश गरी ४२ दशमलव १ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् । गत वर्ष ५० प्रतिशत र अघिल्लो वर्ष १ सय २० प्रतिशतसम्म लाभांश घोषणा गरेको नेरुडे लघुवित्त विकास बैंकले भने चालू वर्ष १५ प्रतिशत बोनस सेयर र १० दशमलव ७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । काठमाडौंमा मुख्य कार्यालय भएका विकास बैंक र फाइनान्स कम्पनीले भने १० देखि १५ प्रतिशतको हाराहारीमा मात्र नगद लाभांश घोषणा गरेका छन् ।
कुल ६५ कम्पनीले लाभांश घोषणा गरेकोमा सबैभन्दा बढी युनिलिभर नेपालले र सबैभन्दा कम हालै प्राथमिक सेयर निष्काशन गरेको जनता बैंकले ३ दशमलव ६८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये राष्ट्रिय बिमा संस्थानले साधारणसभा गर्न लागेको तीन वर्षको ९३ प्रतिशत बोनस सेयर गरे पनि बिमा समितिले साधारणसभा गर्नमा नै रोक लगाएका कारण सेयरधनीले सो लाभांश पाउने/नपाउने निश्चित भएको छैन । गत वर्ष एक अर्ब रुपियाँ खुद नाफा आर्जन गर्न सफल बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्डले १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद गरेर ६० प्रतिशत, नबिल बैंकले २० प्रतिशत बोनस र ४० प्रतिशत नगद गरेर ६० प्रतिशत तथा एभरेष्ट बैंकले ३० प्रतिशत बोनस सेयर र सोबापतको कर रकमलाई नगद लाभांशका रूपमा घोषणा गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: