बिमा कम्पनीको शेयरमा आकर्षण बढ्दो

बाबुकृष्ण महर्जन
काठमाडौं, २५ भदौ

बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीको तुलनामा प्रतिफल कम भएपछि लगानीकर्ताहरु बिमा कम्पनी, जलविद्युत कम्पनी र टेलिकमका शेयरतिर ढल्किएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी सीमा अधिंकाश बैंक तथा वित्तीय संस्थाले पु¥याइसकेको एवम् ती संस्थाहरुको प्रतिफल अहिलेको तत्काल लगानीको तुलनामा कम देखिएपछि लगानीकर्ताहरु नयाँ लगानीक्षेत्रको खोजीमा ती क्ष्ँेत्रका कम्पनीहरुतिर आकर्षित भएका हुन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई न्यून व्याज मात्र दिने गरेकाले पनि तुलनात्मक रुपमा आकर्षक मानिएको जलविद्युत कम्पनी, टेलिकम र विमा कम्पनीहरुमा लगानीकर्ता आकर्षित भएको शेयर विश्लेषक रविन्द्र भट्टराईले बताए । पछिल्लो समय स्टक एक्सचेन्जमा बिमा कम्पनीका शेयरको मूल्य दु्रत गतिमा बढ्न थालेको छ । गएको २० दिनमा मात्र विमा समूहको शेयर मूल्य १ सय १५ विन्दुले बढेको छ । भदौ ५ गते बिमा समूहको शेयर परिसूचक ५ सय २१ दशमलब ३५ विन्दुमा रहेकोमा सोमबार बजार बन्द हुँदा विमा समूह परिसुचक ६ सय ३७ दशलमब ९२ विन्दुमा पुगेको छ ।
बिमा समितिले जारी गरेको निर्देशन अनुसार २०७० सम्म जीवन बिमा कम्पनीले ५० करोड र निर्जीवन बिमा कम्पनीले २५ करोड पु¥याउनुपर्छ । बिमा कम्पनीहरुले समितिले तोकेको पुँजी पु¥याउन हरेक वर्ष बोनस शेयर दिने गरेका छन् । गत वर्ष समितिको निर्देशन बिपरित २८ प्रतिशत नगद लाभांश बाँडेकाले एसियन लाइफ इन्स्योरेन्सको सम्पूर्ण बिमा कारोबार नै रोक्का गरिएको थियो । बिमा समितिको आक्रामक कारवाही पछि विमा कम्पनीहरुले धमाधम बोनस शेयर दिने गर्न थालेकाले पनि शेयर बजारमा बिमा कम्पनीको शेयर मूल्य बढ्न थालेको उनले बताए । गत वर्ष प्राइम लाइफ इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर घोषणा गरेका थिए ।
गत आर्थिक वर्षको नाफाबाट हालसम्म नेपाल लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सले ३०÷३० प्रतिशत बोनस शेयर घोषणा गरेका छन् । तुलनात्मक रुपमा पुराना जीवन बिमा कम्पनीहरुले बढी लाभांश दिने गरेको उदाहरण छ । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो वर्ष पनि ३० प्रतिशत नै बोनस शेयर घोषणा गरेका थिए । तुलनात्मक रुपमा नयाँ बिमा कम्पनीहरुको पनि चौथो त्रैमासिक वित्तीय विवरणमा बढी नाफा देखाएकाले १ सयको हाराहारीमा कारोबार भइरहेका बिमा कम्पनीको शेयर मूल्य पनि करिब १ सय ४० रुपियाँसम्म पुगेको छ । गुराँस लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स जस्ता कम्पनीहरु शेयरको अंकित मूल्यको आसपास कारोबार भइरहेकोमा पछिल्लो तीन हप्ताको दौरान १ सय ४० देखि ५० को बीचमा कारोबार भइरहेको छ । ३० प्रतिशत बोनस घोषणा गरेको नेपाल लाइफ इन्स्योरेको शेयर मूल्य सोमबार पनि करिब १० प्रतिशतले बढेर १ हजार २ सय १२ रुपियाँमा कारोबार भयो । भारतीय बिमा कम्पनीको लगानी रहेको एलआइसी नेपालको शेयर मूल्य पनि १० प्रतिशतले नै बढेर १ हजार १ सय ४० रुपियाँमा कारोबार भयो । सगरमाथा इन्सुरेन्स कम्पनीको सेयर मूल्य २६ रुपैया“ले बढ्यो भने सोमवार राष्ट«िय विमा संस्थानको सेयर मूल्य समेत २० रुपैया“ले बढेर प्रतिकित्ता १ हजार ६ सय ४० रुपैया“मा कारोवार भयो ।
पछिल्लो समय अन्तर बैंक कर्जाको दर १ प्रतिशत भन्दा मुनि रहेको एवम् एक वित्तीय संस्थाबाट अर्को वित्तीय संस्थाको शेयरमा लगानी गर्न नियामक निकाय राष्ट्र बैंकको रोक रहेका कारण अत्यधिक तरलता प्रयोग गरेर वित्तीय संस्थाहरुले वित्त संस्थाबाहेकका राम्रा कम्पनीहरुमा अल्पकालीन लगानी गरिरहेको नेपाल शेयर दलाल संघका अध्यक्ष अन्जन राज पौडेलले बताए । केही हप्ता अगाडिसम्म जलविद्युत कम्पनीको शेयरमा लगानी गरिरहेका संस्थाहरुले पछिल्लो समय बिमा कम्पनीको शेयरमा लगानी गरिरहेको जानकारी आफूले पाएको उनले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: