सुन धितोमा कर्जा दिने होड

-बाबुकृष्ण महर्जन

काठमाडौं, १९ भदौ

निक्षेप परिचालनका तुलनामा कर्जा लगानी सुस्त हुन थालेपछि कर्जा विस्तारका लागि बंैकहरूले सुन धितोमा ऋण दिने योजना सार्वजनिक गर्न थालेका छन् ।केही दिनदेखि वाणिज्य बैंकले छोटो अवधिको कर्जा प्रवाहलाई तीव्र गर्न सुन धितोमा ऋण दिने विज्ञापन सार्वजनिक गर्न थालेका छन् ।

हालै बजारमा लक्ष्मी बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, सेन्चुरी बैंक अपी फाइनान्स, मनकामना विकास बैंकलगायत वित्तीय संस्थाले सुनका गरगहनाको धितोमा ऋण दिने योजना सार्वजनिक गरेका हुन् । ठूला कर्जाको माग लगभग स्थिर रहेको एवं बंैकले अन्तरबंैक कर्जा र ट्ेरेजरी बिल्सबाट पनि १ प्रतिशतभन्दा न्यून प्रतिफल पाइरहेकोअवस्थामा अत्यधिक तरलतालाई सुनचाँदीको धितोमा ऋण प्रवाह गर्ने प्रयासमा बैंकहरू लागेका छन्् ।
नजिकिँदो दशैँ–तिहारको वित्तीय आवश्यकतालाई व्यवसायमा बदल्ने सोचका साथ बैंक तथा वित्तीय संस्था अगाडि आएको एक बैंकका शाखा प्रमुखले बताए । ‘केन्द्रबाट ऋण प्रवाह गर्ने टार्गेट तोकिएको छ । बजारमा भने ऋणको माग नै छैन । दशैँ तिहारमा चाहिने खर्चको जोहो गर्न कर्जाको माग बढ्ला कि भनेर बैंकले सुनको धितोमा कर्जा दिने योजना ल्याएको हो,’ उनले बताए ।
गत आर्थिक वर्ष ०६८/६९ मा बैंकिङ प्रणालीमा २२ दशमलव ९ प्रतिशतले एक खर्ब ८८ अर्ब ५९ करोड रुपियाँ निक्षेप थपिएका छन् भने कर्जा तथा लगानी १३ दशमलव २ प्रतिशतले वृद्धि भएर एक खर्ब १२ अर्ब ७८ करोड रुपियाँ मात्र बंैकिङ प्रणालीबाट बाहिर गएको छ । यस हिसाबले गत वर्ष बैंकिङ प्रणालीमा अघिल्लो वर्षभन्दा ७५ अर्ब ८१ करोड रुपियाँ अत्यधिक तरलता थपिएका छन् । वाणिज्य बैंकको निक्षेप वृद्धिदर २६ दशमलव ७ प्रतिशत रहेको छ भने कर्जा तथा लगानीको वृद्धिदर १७ प्रतिशत मात्र छ । विकास बैंकको निक्षेप वृद्धिदर ३४ प्रतिशत रहेको छ भने कर्जा तथा लगानीको वृद्धि २३ दशमलव ६ प्रतिशत छ । फाइनान्स कम्पनीको भने निक्षेपको वृद्धिदर ७ दशमलव ५ प्रतिशतले घटेको छ भने कर्जा लगानी १० दशमलव ६ प्रतिशतले घटेको छ । गत आवमा तीन वित्त कम्पनी वाणिज्य बैंकसँग र पाँच वित्त कम्पनीहरू विकास बैंकसँग गाभिएकाले वित्त कम्पनीको संख्या घटेका कारण यी कम्पनीको निक्षेप परिचालन कम रहन गएको छ भने यसको असर विकास बैंक र वाणिज्य बैंकका निक्षेप वृद्धिदर उच्च रहनमा पनि सहयोग पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
लक्ष्मी बैंकले साढे १२ प्रतिशत ब्याजदरमा सुनका गरगहनाको धितोमा ऋण दिने योजना सार्वजनिक गरेको छ । बैंकले गहनाको बजार मूल्यको ८० प्रतिशतसम्म ऋण दिने जनाएको छ । कमर्ज एन्ड ट्रस्ट बैंकले पनि सुनचाँदीको धितोमा गहनाको बजार मूल्यको ७० प्रतिशतसम्म ऋण दिने योजना ल्याएको छ । बैंकले कर्जामा १२ दशमलव ९९ प्रतिशत ब्याज लिनेछ । बैंकले यस योजनाका कर्जा ग्राहकलाई तीन महिनासम्म लकर सेवा सुविधासमेत नि:शुल्क प्रदान गर्ने जनाएको छ । त्यसैगरी मनकामना विकास बैंक र अपि फाइनान्सले पनि सुन धितोमा कर्जा दिने योजना ल्याएको छ । अपि फाइनान्सले सुन धितो कर्जामा १५ प्रतिशत ब्याज लिने जनाएको छ ।
सुनको बजार मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेका बेला सेन्चुरी बैंकले भने सुन किन्नका लागि ऋण दिने योजना ल्याएको छ । सेन्चुरी स्वर्णलक्ष्मी कर्जा योजना नाम दिइएको यस योजनामा बैंकले पाँच लाख रुपियाँसम्म ऋण दिने जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ५९ हजार नौ सय रुपियाँसम्म पुगेको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा २१ अर्ब २१ करोड ३१ लाख रुपियाँ ऋण प्रदान गरेका छन् । वाणिज्य बैंकले गत आवमा ६ सय २२ अर्ब ५३ करोड ७४ लाख ऋण प्रवाह गरेकामा ३ दशमलव ४१ प्रतिशत कर्जा सुनचाँदीको धितोमा कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्ष ५१ दशमलव ३ प्रतिशतले सुनचाँदी धितो कर्जामा वृद्धि भए पनि गत आवमा भने ३५ दशमलव ७ प्रतिशतले मात्र यो कर्जामा वृद्धि भएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी घरजग्गा तथा अन्य मेसिनरीको धितोमा दिइएको कर्जा कुल कर्जाको ८५ प्रतिशत रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: