व्याज घट्दा संस्थागत निक्षेपकर्ता प्रभावित

बाबुकृष्ण महर्जन
काठमाडौं, ९ साउन
प्रशस्त पैसा जम्मा भएर बैंकहरुले निÔेपको व्याज घटाउन थालेपछि संस्थागत निक्षेपकर्ता मारमा पर्न थालेको छ । बैंकमा पैसा राखेर आम्दानी गर्ने व्यक्ति तथा संस्थाहरु बैंक तथा वित्तीय संस्थाले निक्षेपमा व्याज घटाउन थालेपछि समस्यामा परेको छ । बैंकहरुले गत वर्षभरिमा करिब ४० प्रतिशतले निक्षेपमा व्याज घटाएका छन् ।
बैंक तथा वित्तीय संस्थामा तरलता समस्या पर्दा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाली सेनाको कल्याणकारी कोष, विभिन्न जीवन विमा कम्पनीहरु, वचत तथा ऋण सहकारी संस्थाहरु फाइदामा थिए । ती संस्थाहरुले विना कुनै परिश्रम बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गरेकै भरमा राम्रो आम्दानी गरेका थिए । चरम तरलता अभावको समयमा वाणिज्य बैकहरुले वचत खातामा नै ११ प्रतिशतसम्म व्याज प्रदान गरेका थिए भने १ वर्षे मुद्दती खातामा १२ प्रतिशतभन्दा बढी व्याज दिएका थिए ।
बैंकमा निक्षेपको मात्रा बढ्ने तर त्यो निक्षेप ऋण लगानी गर्न नसक्दा व्याज खर्च घटाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम निक्षेपमा व्याज घटाउन थालेका हुन् । बैंकहरुले गत आर्थिक वर्षभरिमा दुई तीन पटक सूचना प्रकाशित गरेर ४० प्रतिशतसम्म व्याज घटाएका छन् । बैंकहरुले वचत खातामा ५ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशतसम्म व्याज घटाइसकेका छन् । चालु आर्थिक वर्षको शुरुवातमै मात्र वाणिज्य बैंकहरुले औसत २ प्रतिशतले व्याज घटाएका छन् । प्राय वाणिज्य बैकहरुले अहिले वचत खातामा घटीमा ३ प्रतिशत र बढीमा ५ प्रतिशतसम्म व्याज दिने गरेका छन् । १ वर्षे मुद्दती खातामा भने यो दर ६ देखि ७ प्रतिशतको हाराहारीमा रहेको छ ।
नेपालकै सबैभन्दा जेठो बैंकको परिचय बनाएको नेपाल बैंकले वचत खातामा न्यूनतम ३ र अधिकतम ५ प्रतिशतसम्म व्याज दिएका छन् भने १ वर्षे मुद्दती खातामा साढे ६ प्रतिशतसम्म व्याज दिएका छन् । सरकारी लगानी रहेको अर्को ठूलो सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकले वचत खातामा साढे २ प्रतिशत देखि अधिकतम विशेष वचत खाताको नाममा ४ प्रतिशत सम्म व्याज दिएका छन् ।
निजी क्षेत्रको सबैभन्दा व्यवसायिक छवि बनाउन सफल स्ट्यान्डर्ड चार्टर्ड बैंकले वचत खातामा २ देखि ३ प्रतिशतसम्म र मुद्दती निक्षेपमा साढे ३ प्रतिशतसम्म मात्र प्रदान गर्दछ । भारतको पञ्जाव नेसनल बैंकको शेयर स्वामित्व रहेको एभरेष्ट बैंकले बचतमा ३ देखि ५ प्रतिशत र मुद्दतीमा ७ प्रतिशत व्याज दिने सूचना प्रकाशित गरेको छ । निजी क्षेत्रको सबैभन्दा बढी चुक्ता पुँजी भएको नेपाल इन्भेस्टमेन्ट बैंकले बचतमा ३ देखि ५ प्रतिशत र मुद्दतीमा साढे ५ प्रतिशत व्याज दिएको छ । त्यस्तै हिमालयन बैंकले पनि वचत खातामा ३ देखि ५ प्रतिशत व्याज दिएको छ भने मुद्दती खातामा ७ प्रतिशतसम्म व्याज दिएको छ । एनआईसी बैंकले साढे ३ देखि साढे ५ प्रतिशतसम्म बचतमा व्याज दिएको छ भने मुद्दतीमा साढे ७ प्रतिशतसम्म दिएको छ । बैंक अफ काठमाडौंल पनि ३ देखि ५ प्रतिशतकै हाराहारीमा व्याज दिएको छ भने मुद्दतीमा ७ प्रतिशत मात्रै व्याज दिने गरेको छ । तुलनात्मक रुपमा केही नयाँ बैंकहरुले भने बचतमा ७ प्रतिशतसम्म र मुद्दतीमा ९ प्रतिशतसम्म व्याज दिन थालेका छन् ।
बैंकहरुले निक्षेपमा व्याज घटाउँदा व्याज आम्दानीमा भर पर्ने संस्थाको आम्दानीमा असर परेको छ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक ऋषिराम गौतमले चालु आवको लगानीको प्रतिफल केही घट्ने संकेत देखिएको बताए । करिब २८ अर्ब रुपियाँको कोष व्यवस्थापन गरिरहेको कोषको करिब ५० प्रतिशत आम्दानीको हिस्सा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्याज आम्दानी हो । कोषल करिब ५० प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्ष्ँेपको रुपमा राखेका छन् । कार्यकारी निर्देशक गौतमका अनुसार करिब ११ अर्ब क वर्गको वाणिज्य बैंकमा र ३ अर्ब रुपियाँ विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीमा राखिएका छन् । गत वर्ष कोषको लगानीको प्रतिफल १० प्रतिशत भन्दा माथि रहेकोमा चालु आर्थिक वर्षमा कोषको लगानीको प्रतिफल ९ प्रतिशत भन्दा पनि मुनि रहने अनुमान रहेको उनले बताए । घट्दो प्रतिफल दरका कारण कोषले अन्य परियोजनाहरुमा लगानी गर्ने रणनीति तय गरेको छ । सोही अनुसार लगानी व्यवस्थापन गर्ने दिशामा अध्ययन भइरहेको उनले जानकारी दिए । कोषले वित्तीय संस्थामा निक्षेपको रुपमा राख्नुको अलावा आफूसँग भएको रकमलाई सरकारी ऋणपत्र एवम् शेयर खरिद कार्यमा समेत लगानी गरेको छ । कोषले परियोजनामा लगानी गर्ने रणनीति अनुरुप माथिल्लो तामाकोशी जलविद्युतमा २ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ र हालसम्म करिब २० प्रतिशत लगानी गरिसकेको उनले बताए ।
प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रेस्टा झाले बैंकले निक्षेपमा दिने व्याज दर घट्दा विमा कम्पनीको नाफामा पनि गिरावट आउने र त्यसको असर विमितको बोनस दरमा समेत पर्ने बताए । हाल प्राइम लाइफको बोनस दर प्रति हजार ५० रुपियाँ रहेको छ । विमा कम्पनीको आम्दानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा राखिएको निक्षेपको व्याज दर नै भएको उनले बताए ।
करिब ४ अर्बको वासलात साइज भएको एक वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा व्याज आम्दानी बापत् १४ लाख रुपियाँ कमाए । चालु आवको शुरुवातदेखि बैंक तथा वित्तीय संस्थाले कल डिपोजिटको व्याज दर स्वात्तै घटाएपछि अर्को वर्ष कसरी आफ्नो नाफा कायम राख्ने भन्ने चिन्ताले सताउन थालेको उक्त संस्थाका सञ्चालकले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: