आर्थिक सामथ्र्यसहितको संघीयताको पक्षमा महासंघ

सौर्य समाचार
काठमाडौं, २ जेठ
विभिन्न जातजाति, वर्ग समूहले विभिन्न नाममा संघीयता निर्माण गरिनुपर्ने माग उठाइरहेको बेला नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भने आर्थिक सामथ्र्यको आधारमा संघीयताको वर्गीकरण गर्नुपर्ने बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले मुलुकका विभिन्न भागमा विभिन्न जातजातिले जातीय संघीयताको माग गर्दै गरेको बन्द हड्ताललाई दृष्टिगत गरी आर्थिक रुपमा समृद्ध हुन सक्ने हिसाबले संघियताको निर्माण गर्नुपर्ने बताए ।
महासंघले प्राकृतिक साधनको सन्तुलित उपभोगलाई निर्वाध रुपमा छोड्नुपर्ने बताउँदै आर्थिक विकासका सम्भावना, राजस्व बाँडफाँडको सन्तुलित र सुनिश्चित व्यवस्था सहितको सामथ्र्यलाई राखेर संविधानमा व्यवस्था गर्नुपर्ने जनाएको छ ।
बन्द हड्तालको आयोजना समस्या समाधान भन्दा पनि आम जनताको दैनिक जीवनयापन, राष्ट्रको आर्थिक अवस्थालाई अझ जर्जर पार्ने कार्य भएकाले त्यस्ता गतिविधि कुनै पनि स्वीकार गर्न नसकिने महासंघको आग्रह छ । सुरक्षाको वातावरण बनाई उद्योग, व्यवसाय, कलकारखाना सञ्चालन एवम् दैनिक उपभोगका अत्यावश्यक वस्तुहरुको निर्वाध आपूर्तिको व्यवस्था मिलाउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ । बन्द हड्तालले आम जनताको रोजगारी, पेशा, व्यवसाय गर्ने नैसर्गिक अधिकार हनन गर्ने हुँदा काममा संलग्नलाई कानुन सम्मत सजायको भागीदार बनाउनुपर्ने कार्यवाहक अध्यक्ष राजकर्णिकारले बताए ।
नया“ बन्ने संविधानले लोकतान्त्रिक मूल्य र मान्यतालाई अंगिकार गर्नुपर्ने र संघीय संरचनाले प्रत्येक नेपालीको राज्यशक्ति माथिको पहु“च बढाउनु पर्ने मान्यतामा महासंघ रहेको राजकर्णिकारले जानकारी दिए । उनले भने –‘संघीयताका नाममा उद्योगी व्यवसायीलाई थप करको भार थप्न पाइँदैन ।’
मुलुकका विभिन्न भागमा भएको बन्द हड्तालले गर्दा उद्योगीहरुले बैंकबाट लिएको चर्को व्याज दर तिर्न नसक्ने अवस्था आएको, श्रमिकलाई विना काम तलब खुवाउनुपर्ने अवस्थामा सिर्जना भएको छ । बन्द हड्तालका कारण नेपालमा व्यवसाय गर्ने लागत त्यसै पनि बढिरहेको अवस्थामा संघीयताका कारण थप करको भार थपिए नेपालमा उत्पादित सामाग्री विश्वमै अप्रतिस्पर्धी हुने खतरा रहेको उनले बताए ।
संघीय व्यवस्थाभित्र वस्तु, सेवा, पुँजी तथा मानव स्रोतको निर्वाध आवतजावत, वैज्ञानिक राजश्वसंरचनासहित सन्तुलित बाँडफाँड गर्ने, निजी क्षेत्रको भूमिका र व्यवसायिकता फैलाउने र बढाउने गरी संघीय इकाईहरबीच प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने सुनिश्चितताको सहितको व्यवस्था हुनुपर्ने माग महासंघको रहेको कार्यवाहक अध्यक्ष राजकर्णिकारले जानकारी दिए ।
नेपाली नेपाली बीच सदियौंदेखि कायम रहेको सामाजिक सद्भाव खल्वल्याउने, आपसी द्वेष बढाउने, द्वन्द मुठभेड तर्फ मुलुकलाई जैलाने गतिविधिप्रति चिन्ता प्रकट गर्दै महासंघले आफना सवै संजाल परिचालन गरी छिट्टै मुलुकभर राष्ट्रिय सद्भाव संदेश अभियान शुरु गर्ने उनले बताए ।
महासंघले जेठ ४ गतेकै दिनभित्र नयाँ संविधान जारी गर्नुपर्ने र संविधान निर्माणका लागि थपिने समयलाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले स्वीकार्न नसक्ने बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: