घरजग्गा र सेयरमा विश्वासको कमी

-गोपाल प्रसाद काफ्ले,
डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक

०३९ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका गोपालप्रसाद काफ्लेसंग बैंकका महाशाखाहरुमा लामो समय काम गरेको अनुभवन छ । त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको न्यु इङ्ल्यान्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका काफ्ले अनुगमन, सुपरीवेक्षण, लघुवत्त, राष्ट्र ऋण, बैंकिङ तालिम लगायत विभागमा काम गरिसकेका छन् । डेपुटी गभर्नर फा्लेसंग सौर्यका बाबुकृष्ण महर्जनले गरेको कुराकानीः

बैंकिङ क्षेत्रलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
समग्र बैंकिङ क्षेत्रलाईर् हेर्न यसका सूचकांकहरूलाई हेर्नुपर्ने हुन्छ । तथ्यांक केलाउँदा यो वर्ष बैंकिङ क्षेत्रमा सुखद् अनुभूति नै भन्नुपर्छ । गत वर्ष भुक्तानी सन्तुलन नकारात्मक थियो र यसमा हामी अत्यन्त चिन्तित थियौँ । यो वर्ष हरेक महिना ऐतिहासिक रूपले नै भुक्तानी सन्तुलन सकारात्मक भइरहेको स्थिति छ । बजेट समयमा आएकाले गाउँगाउँमा गएको छ र यसले निश्चय नै केही न केही आर्थिक क्रियाकलाप सिर्जना गर्छ । ग्रामीण क्षेत्रमा वित्तीय कारोबार गर्नमा यसले सकारात्मक भूमिका खेलेको छ ।
अहिले बैंकिङ क्षेत्रमा बढ्दै गएको रेमिट्यान्सले  पनि सकारात्मक संकेत गरेको छ । अहिले राष्ट्र बैंकमा विदेशी विनिमयको सञ्चिति राम्रो छ । गएको वर्ष हरेक बैंक वित्तीय संस्थामा तरलताको समस्याले ताला लगाउनुपर्ने स्थितिमा पुगेको थियो । यस वर्षको तरलताको वृद्धि राम्रो छ । यसलाई बैंक तथा वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वास बढेका रूपमा बुझ्नुपर्छ । बढी भएको तरलता लगानी भएन भन्ने आमगुनासो छ । लगानीका क्षेत्रहरू भएनन् अथवा लगानीका विन्डोहरू देखिएनन् भन्ने छ । तर, मलाई के लाग्छ भने अहिलेको तरलता सार्‍है बढी पनि होइन । दुई/चारवटा राम्रा ऋणहरू गयो भने यो अत्यधिक तरलतामा गइहाल्छ । बैंकहरूले हिजोको पाठ सिकेर भोलिका दिनमा थप तरलताको समस्या नआओस् भनेर केही तरलता आफैंसँग राखेका पनि छन् । यो यथार्थता हो ।
तरलता बढी भएका बेला लगानीमैत्री वातावरण भइदिएको भए अहिलेको समस्या आउने थिएन । राजनीतिक अस्थिरता, ऊर्जा संकट, श्रम समस्याका कारण उद्योगहरूले लगानी गर्न चाहेका छैनन् । राजनीतिक अनिश्चितताका कारण नीतिगत अस्थिरता हुँदा उद्योगी-व्यवसायीहरूले जोखिम उठाएर उद्योग व्यवसाय गर्न चाहिरहेका छैनन् । लगानी क्षेत्रहरू रियल स्टेट र घरजग्गामा जुन समस्या आएको थियो, त्यसलाई हामीले बिस्तारै मत्थर गरिरहेका छाँै । ऋण लिने र दिने दुवै पक्षका बीचमा रहेर मध्यस्थ नीति हामीले लागू गरेका छौँ । घरजग्गा व्यवसायीलाई ध्यानमा राखेर हामी नीतिगतरूपले केही लचक भयौँ जसले गर्दा बैंक तथा वित्तीय संस्थाको आम्दानीमा पनि असर नहोस् । तर, यसलाई कुन हदसम्म थेग्न सकिन्छ ? जबसम्म घरजग्गाको कारोबार चलायमान हुदैन । धेरै लामो समयसम्म सहज परिस्थितिको सिर्जना गर्न सकिएन भने त्यसले निश्चय नै बंैकिङ क्षेत्रको कारोबारमा असर गर्छ नै ।

मौदि्रक नीतिको लक्ष्य पूरा हुने लक्षण देख्नुहुन्छ ?
अहिलेको अवस्थामा खुसीको क्षण भनेको के हो भने हामीले धेरै हदसम्म मूल्य स्थिरतालाई कायम राख्न सकेका छौँ । अहिले मूल्यवृद्धि एकल विन्दुमा नै छ । लक्ष्य राखेको मूल्यवृद्धि लगभग कायम गर्न सकिन्छ कि भन्ने आशामा छौँ । मौसमले पनि साथ दिएकाले कृषि उत्पादनमा वृद्धि हुँदा यस्तो स्थिति देखिएको हो । धानको उत्पादन एकदम वृद्धि भयो । त्यसको फाइदा किसानहरूले लिन पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । तिनीहरूले आफ्नो उत्पादनको राम्रो मूल्य पाएमा यसतर्फ अरू पनि आकषिर्त हुने स्थिति बन्छ । बीचमा हुने चलखेल वा भनौँ मझौलियाले पाउने फाइदा न्यूनीकरण हुनुपर्छ ।
सरकारी क्षेत्र वा बैंकिङ क्षेत्रले यस्तो भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने पूर्वाधारहरू सिर्जना गरिदिनुपर्छ । कृषि क्षेत्रलाई प्रधान नीतिले प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । ग्रामीण क्षेत्रका मानिसहरू नै कृषि क्षेत्रमा आकषिर्त हुने हो । त्यही भएर राष्ट्र बैंकको मौदि्रक नीतिको केन्द्रविन्दुमा नै ग्रामीण क्षेत्रलाई राखेका छौँ । ग्रामीण क्षेत्रलाई जोड दिएर तिनीहरू कृषि क्षेत्रमा आकषिर्त गर्नु परिरहेको छ । त्यही लगानी वृद्धि गर्नुपर्ने छ । बैंक शाखा वृद्धि त्यहाँ गर्नुपर्छ, जहाँ शाखा पुगेका छैनन् । शाखा वृद्धि गर्दा पर्ने समस्यालाई समाधान गर्न सहुलियतपूर्ण सुविधाहरू राष्ट्र बैंकले दिनु परिरहेको छ । यसले गर्दा ग्रामीण क्षेत्रमा लगानी वृद्धि हुने, शाखा वृद्धि हुने, कारोबार वृद्धि हुने हुन्छ । त्यसले गर्दाबैंकिङ सुविधा पुग्ने र कृषि क्षेत्रका स-साना घरेलु उद्योगहरू त्यहाँ आकषिर्त हुने हुन्छन् । लगानीमय वातावरण बन्ने भयो भने त्यसले रोजगारी दिने भयो र आम्दानी पनि दिने भयो । यी सबै क्रियाकलापले गर्दा आर्थिक क्रियाकलाप बढ्ने भयो । यसबाट कालान्तरमा त्यहाँकै विकास हुन्छ । यसको ठूलो प्रभाव अहिले ग्रामीण क्षेत्रबाट युवा पिँढी विदेश पलायन हुने गरेका छन्, त्यसलाई रोक्ने काम गर्छ । अहिले त्यसको सुखद् परिस्थिति भनेको रेमिट्यान्स भित्रिएको छ तर यो दीर्घकालीन भने होइन । यस्तो क्षेत्रको आम्दानीमा हामील्ााई गौरव गर्नु त छैन । तिनीहरूलाई ग्रामीण क्षेत्रमै आकषिर्त गर्न सकियो भने त्यहीँ रोजगारी पाउँथे र आर्थिक वृद्धि पनि त्यहीँ नै हुन्थ्यो । त्यासो हँदा तिनीहरू गाउँमै बस्छन्, विदेश पलाउन हुनु पनि पर्दैन । युवा शक्तिको जोस र जाँगर राष्ट्रकै विकासमा खर्च हुन्छ । अहिले युवा शक्तिले विदेशमा उक्त शक्ति खर्च गरिरहेका छन् । विदेशमा सामान उत्पादन गरिरहेका छन् ।
राष्ट्र बैंकले निकाल्ने तथ्यांक नै गलत छ, यसले देशको यथार्थ तस्बिर देखाएको छैन भनिन्छ नि ?
नेपाल भित्रिने रेमिट्यान्स पूर्णरूपमा तथ्यांकमा प्रतिविम्बित नभएको हुनसक्छ । जे-जति बंैकिङ च्यानलबाट भित्रिएको छ, त्यो रकम त रिजर्भमै देखिने हो । बैंकिङ च्यानलबाट नआएको रकमलाई हाम्रो सूचनामा प्रवेश गराउन सकिएको छैन । बढी रेमिट्यान्स भित्रिएको हुनसक्छ । तर, हाम्रो राष्ट्र बैंकको प्रणालीभित्र भित्रिएन र हामीले यथार्थ सूचना दिन सकेनौँ होला । यो हाम्रो सूचना संकलन गर्ने आधारको कमी र पहुँचको कमी पनि हो । हाम्रो बैंकिङ व्यवहार एवं आर्थिक क्रियाकलापको सूचना दिने बानीको कमी पनि त हो । तर, राष्ट्र बैंकको तथ्यांक जत्तिको विश्वासिलो त अरू कुनै पनि छैन । मूल्यवृद्धिको कुरा गर्दा त्यसमा हाम्रा केही निर्दिष्ट मापदण्डहरू छन् । हामीले देशमा उपभोग हुने विभिन्न वस्तुहरूको भूगोलका आधारमा भार निर्धारण गर्छौं । मानिसको जीवनस्तर परिवर्तन भइरहने हुँदा कतिपय उपभोग्य वस्तुहरू राष्ट्र बैंकको सूचनामा नपरेका पनि हुन सक्छन् । साधारण जनताले कुनै एक वस्तुलाई लिएर मूल्यवृद्धिको सूचनासँग दाँज्ने गर्छन् । एउटा वस्तुको मूल्य एकदमै आकासिदा वा घट्दा त्यसलाई आधार बनाएर समग्र मूल्यवृद्धिलाई आँबकलन गर्न मिल्दैन ।
घरजग्गा क्षेत्रमा गएको अत्यधिक ऋणका कारण समग्र बैंकिङमै समस्या देखिएको छ, राष्ट्र बैंकले यो समस्याको समाधानका लागि के गरिरहेको छ ?
घरजग्गाको कारोबार भनेको राष्ट्र बैंकको नीतिले मात्रै चल्ने होइन । सरकारले दिने सुविधा, घरजग्गाप्रतिको विश्वास इत्यादिले पनि असर गर्छ । विगतमा दिन दुगुना रात चौगुनाको गतिमा घरजग्ग्ाको मूल्य बढ्यो । फुटपाथको मान्छे अरबपति बने । अबको दिनमा यस्तो हुने स्थिति छैन । यसलाई व्यवस्थित गर्न सकिएन भने अबका दिनमा बैंक वित्तीय संस्थामा समस्या ल्याउँछ भनेर नै राष्ट्र बैंकको ध्यान आकषिर्त भएकै हो । यसको सामाधानका लागि हामीले मध्यस्थ नीति बनाएका छौँ । घरजग्गा व्यवसायीलाई बढी पेलेर जाँदा पनि कुनै उपाय छैन किनकि कारोबार नै भइरहेको स्थिति छैन । अहिलेको अवस्थामा कारोबार हुने परिस्थितिको सिर्जना गराउनु पर्‍यो । बैंक वित्तीय संस्थामा केही स्पेस छ अझै पनि । कुल कर्जाको घरजग्गा क्षेत्रमा १३ प्रतिशत मात्र गएको छ । समस्या भनेको यस क्षेत्रमा अहिले विश्वासको कमी हो । हिजोको संकटका कारण बैंक तथा वित्तीय संस्थाले जोखिम उठाउन चाहेको छैन । त्यतातिर विश्वासको सिर्जना गराउनुपर्‍यो भने अर्कोतिर उपयुक्त घरजग्गा व्यवसायीहरूलाई लगानी गरिदिएर बैंक तथा वित्तीय संस्थाले चलायमान बनाउनुपर्‍यो । कारोबार चलायमान बनाउन सकियो भने फेरि खरिदबिक्री हुन्छ । हिजोको जस्तो मूल्य सधैं कायम हनुपर्छ भन्ने मान्यता पनि हाम्रो होइन । आजको दिनमा कारोबारलाई चलायमान गराउन हिजोको नाफालाई पनि हेरेर उपयुक्त मूल्य कायम गर्नुपर्छ । त्यसैले बढ्दो बैंक ब्याजको भारबाट बच्न ‘टाइम भ्यालु अफ मनी’लाई पनि विचार गरेर अहिले नै उपयुक्त मूल्यमा किन बेच्नुहुन्न ? अहिलेको परिस्थितिमा जग्गाको मूल्य फेरि आकासिने स्थिति छैन । जग्गाको भाउ बढ्छ भनेर कुरेर बस्दा जग्गा व्यवसायीलाई घाटा हुन सक्दछ ।
घरजग्गामा समस्याका कारण खराब कर्जा बढ्न गएपछि सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने चर्चा चलेको थियो, अहिले के भइरहेको छ ?
कम्पनी खोल्ने कुराकानी धेरै अगाडिदेखि भइरहेको छ । बैंकर्स संघसँग पनि यो विषयमा कुरा भएको छ । यससँग सम्बन्धित केही ऐन-कानुनहरू पनि निर्माण हुनु पर्‍यो । सामान्यत यस्ता कम्पनी खोल्न ठूलो पुँजीको आवश्यकता पर्छ । नेपालको अर्थतन्त्रको आकारअनुसार यसमा पुँजीको आवश्यकता पर्ने हुन्छ । अहिले यकिनसाथ यति नै पुँजी भएको कम्पनी चाहिन्छ भनेर भन्न सकिने अवस्था छैन । यो नेपालको परिप्रेक्ष्यमा एकदम नौलो कुरा भएको हुनाले कमसेकम एउटा सम्पत्ति व्यवस्थापन कम्पनी ल्याउने पक्षमा राष्ट्र बैंक मानसिक रूपमा तयार रहेको छ । बंैकर्स संघलगायत निजी क्षेत्रका अन्य इच्छुक अधिकारीसँग पनि यस्ता संस्था गठन गर्ने सम्बन्धमा कुराकानी भइरहेको छ । संस्था स्थापनाका लागि सरकारको भूमिका पनि अत्यन्त जरुरी छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: