अर्को एक्सचेन्ज चाहिन्छ

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका बाबुराम श्रेष्ठलाई सरकारले नेपाल धितोपत्र बोर्डमा केही समयअघि अध्यक्ष छनोट गरेको हो । सहकारी प्रशिक्षण केन्द्र, स्थानीय विकास मन्त्रालय, साउथ एसिया पार्टनरसिप नेपाललगायतमा कार्यानुभव बटुलेका उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्यान्डबाट मास्टर इन साइन्स एवं जर्मनीबाट क्षेत्रीय विकास योजना र व्यवस्थापनमा पोस्ट ग्र्याजुयट डिप्लोमा गरेका छन् । अध्यक्ष श्रेष्ठस“ग नेपालको सेयर बजारको विषयमा सौर्यका बाबुकृष्ण महर्जनले गरेको कुराकानी

मुलुकमा पुजी बजारको अवस्था कस्तो देख्नुभएको छ ?
मुलुकको अर्थतन्त्र यतिखेर सकारात्मक रूपमा अगाडि बढेको छ । पुजी बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । नेप्से परिसूचक अहिले ३ सयको हाराहारीमा छ । यो भनेको न्यूनतम विन्दुमा आइसकेको स्थिति हो । पु“जी बजार उत्थानका लागि हामीले विभिन्न औजारहरू पु“जी बजारमा ल्याउन लागेका छौ । ती औजारले काम गर्न थालेपछि पुजी बजार उकालो लाग्न थाल्छ । यस हिसाबले पु“जी बजारको स्थिति पनि रामै्र हुन्छ भन्ने आशा गरेको छु ।

सेयर बजार उकालो नलाग्नुको मुख्य कारण के हुन सक्छ ?
यो विगतको अवस्थाको असर हो । विगतमा बैंकहरूले सेयर खरिद ऋण ६ प्रतिशतमा दिन्थ्यो । त्यसबेला लगानीकर्ताले सेयर किन्दै बैंकमा धितो राख्ने गरेका थिए । त्यसकारण सेयर बजार उच्च विन्दुमा पुग्यो । बोर्डले नै तत्कालीन समयमा हल्लाको पछि लागेर सेयर नकिन्न विज्ञप्ती जारी गर्नुपरेको थियो । अहिले ऋणको ब्याज १८ प्रतिशतभन्दा पनि माथि पुगेको छ । ब्याज तिर्नका लागि पनि बजारमा सेयर बेच्नुपर्ने बाध्यता आइपर्‍यो । यसबाट बजारमा सेयरको बिक्री दबाब बढ्न गई माग कम हुन गयो । एकाएक सेयर भाउ घट्न थालेपछि लगानीकर्तामा मनोवैज्ञानिक त्रास पैदा भयो । अहिले बैंकको निक्षेपमा ब्याज दर बढी भएकाले तुलनात्मक रूपमा बैंकमा राख्नुमा नै फाइदा लगानीकर्ताले देखे त्यसैले सेयर बजारमा आउने ठूलो निक्षेप अहिले बैंकमा नै राखेका छन् । संस्थागत रूपमा पनि ठूलो निक्षेप त्यत्तिकै बैंकमा थुप्रिएको छ । नागरिक लगानी कोषले आङ्खनो कुल निक्षेपको ५७ प्रतिशत बैंकमा राखेको छ जबकि २० प्रतिशत रकम मात्र बैंक निक्षेपमा राख्ने उसको स्वीकृति नीति छ ।

सेयर बजारको मुख्य चुनौती केके हुन् ?
अहिलेको सबैभन्दा ठूलो चुनौती नै लगानीकर्ता सेयर बजारप्रति सुसूचित नहुनु हो । विगतको ट्रेन्ड हेर्दा वासलात, कम्पनीको व्यवस्थापन हेरेर लगानी गरेको देखिदैन । त्यसकारण लगानीकर्ता सुसूचित हुनु जरुरी छ । त्यसका लागि हामीले लगानीकर्ता शैक्षिक कार्यक्रम पनि अगाडि बढाइरहेका छौ । विभिन्न रेमिट्यान्स कम्पनीमार्फत विदेशबाट आएको पैसा गाउगाउसम्म पुगेको छ तर गाउ“लेहरूमा त्यो पैसा कहा लगानी गर्ने भन्ने चेतना जागृत गराउन लगानीकर्ता जागरण कार्यक्रम गाउगाउमा पुग्नु पर्दछ र त्यहाबाट सेयर खरिदबिक्री गर्न सक्ने वातावरण बनाउनु पर्दछ । नेप्सेलाई पूर्णस्वचालित प्रणालीमा परिणत गरी अनलाइन कारोबार गर्ने व्यवस्था गर्नुपर्दछ । यसो गर्दा मात्रै स्थानीय स्तरमा छरिएर रहेका स–साना पुजी सेयर बजारमा आउन सम्भव हुन्छ ।

नया“ स्टक एक्सचेन्ज सञ्चालन प्रक्रिया कहा पुग्यो ?
एउटा एक्सचेन्जले पुगेन थप्नुपर्‍यो भन्ने कुरा बिल्कुल होइन । सरकारी स्वामित्वमा रहेको एक्सचेन्जमा देखा पर्नुपर्ने इफिसेन्सी र इफेक्टिभनेस अपेक्षित रूपमा देखा पर्न सकेको छैन । पूर्ण अटोमेसनमा सञ्चालन गर्ने भनेको धेरै वर्ष भइसक्यो तर कार्यान्वयन गर्न सकिएको छैन । निजीकरण गर्ने भनेको पनि चार वर्ष भइसक्यो । निजीकरण गर्दा सञ्चालक र व्यवस्थापनमै प्राइभेटाइज मनस्थिति हुनुपर्छ । सरकारी स्टक एक्सचेन्जको कार्यकुशलतामा वृद्धि गर्न, सेवा सुदृढीकरण गर्न र प्रभावकारिता ल्याउनका लागि प्रतिस्पर्धा जरुरी हुन्छ भन्ने कुरा बोर्ड र सरकारले महसुस गरेको छ । सरकारले नै बोर्डमा धितोपत्र बजार सञ्चालनका लागि प्रँप्त निवेदनको अध्ययन गरी आवश्यक कार्य अगाडि बढाउने भन्ने निर्देशन दिएको छ । सरकारको निर्देशनबमोजिम आगामी असार मसान्तसम्म नया स्टक एक्सचेन्ज आइसक्नुपर्छ । प्राप्त चार निवेदनको अध्ययन गरिदै छ । अरू नया इच्छुकलाई पनि निवेदन दिन लगाइनेछ । अध्ययनबाट प्राप्त निचोडका आधारमा आगामी असार मसान्तसम्म स्टक एक्सचेन्जले स्वीकृति पाउ“छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: