देश गरिब, बैंकर्स धनी

-बाबुकृष्ण महर्जन

काठमाडौँ, ११ चैत

नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी अध्यक्ष पृथ्वीबहादुर पाँडे नेपाली बैंकर्समध्ये सम्भवतः सबैभन्दा बढी तलब-सुविधा बुझ्ने बैंकर हुन् । बैंकको आर्थिक वर्ष २०६७।०६८ को प्रतिवेदनअनुसार उनले एक वर्षमा एक करोड ६७ लाख ७४ हजार रुपियाँ बुझेका छन् । उनले एक वर्षमा तलब ७५ लाख ६४ हजार, भत्ता ७९ लाख २० हजार र दसैँ खर्चबापत १२ लाख ९० हजार रुपियाँ गरी सो रकम बुझेका हुन् । एक सामान्य सरकारी अधिकृतस्तरको कर्मचारीको तलबभन्दा यो ६० गुणा बढी हो ।

सामान्य सरकारी अधिकृतस्तरको कर्मचारीले तलबबापत मासिक १८ हजार पाँच सय ९० रुपियाँ र थप सेवा-सुविधास्वरूप औसत पाँच हजार रुपियाँ बुझ्ने गर्दछ । यसबाहेक सञ्चय कोष कट्टा छ भने बिजुली, पानी र टेलिफोनको खर्चसमेत बैंकले नै व्यहोरेको छ । कार्यकारी अध्यक्षलाई एक चालकको खर्च, सवारी साधनको इन्धन, मर्मतसम्भर खर्च एवम् पत्रपत्रिका सुविधासमेत दिइने गरेको छ । दुर्घटना बिमा, औषधि उपचार बिमा, जीवन बिमा भने बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार भुक्तानी गरिएको छ । बोनस ऐनअनुसार कुल नाफाको १० प्रतिशत कर्मचारीलाई बाँडिने रकमबाट पनि कार्यकारी अध्यक्षले ठूलै रकम हात पार्ने गरेको छ । बैंकले गत वर्ष २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सि.नं.

बैंकको नाम

प्रमुख कार्यकारी अधिकृत

तलब भत्ता

1

नेपाल इनभेस्टमेन्ट बैंक

पृथी बहादुर पाँडे

16774000

2

मेगा बैंक

अनिल शाह

15925000

3

सिभिल बैंक

किशोर महर्जन

14400000

4

लक्ष्मी बैंक

सुमन जोशी

13157800

5

कुमारी बैंक

राधेश पन्त

13080000

6

लुम्बिनी बैंक

सोहन देव पन्त

11722500

7

डीसीबीएल बैंक

सुधिर खत्री

11130000

8

बैंक अफ एसिया

पर्शराम कुँवर क्ष्ँेत्री

10394212

9

प्राइम कमर्सियल बैंक

नारायण दास मानन्धर

10080000

10

किस्ट बैंक

कमल ज्ञवाली

9672667

11

हिमालयन बैंक

अशोक शमशेर जबरा

9215161

12

एनएमबी बै.

उपेन्द्र पौडेल

9100000

13

सिद्धार्थ बैंक

सुरेन्द्र भण्डारी

8562975

14

एनआईसी बैंक

ससिन जोशी

8450640

15

बैंक अफ काठमाडौं

अजय श्रेष्ठ

7500000

16

सिटिजन्स बैंक इन्टरनेसनल

राजन सिंह भण्डारी

7304500

17

कमर्ज एन्ड ट्रस्ट

अनलकुमार भट्टराई

6562000

18

जनता बैंक

विजय पन्त

4450000

गत वर्ष चरम तरलता अभावका कारण बैंकहरूको नाफामा गिरावट आए पनि वाषिर्क एक करोड रुपियाँभन्दा बढी पारिश्रमिक बुझ्ने नेपाली बैंकरहरू दर्जनभन्दा बढी रहेका छन् ।  नेपाल राष्ट्र बैंकले २०६७ पुसमा बैंकका प्रमुख कार्यकारी अधिकृतको तलबलाई नियमन गर्ने उद्देश्यले वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधासम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो । मार्गनिर्देशनमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकको कुल सम्पत्तिको शून्य दशमलव शून्य २५ प्रतिशत अथवा कुल कर्मचारी खर्चको पाँच प्रतिशत रकममध्ये जुन रकम कम हुन्छ,  सोहीबमोजिम प्रमुख कार्यकारीको तलब-सुविधा रहने व्यवस्था गरेको थियो । मार्गनिर्देशनमा तत्कालीन समयमा प्रमुख कार्यकारी अधिकृतहरूले खाइपाई आएको तलबमा भने परिवर्तन नहुने उल्लेख थियो । यसले एक बैंकबाट अर्को बैंकमा जाँदा तलब-भत्तामा बार्गेनिङ गर्ने क्रम रोकिनुका साथै कम तलबमा जानुपर्ने स्थिति पैदा भएको छ । राष्ट्र बैंकको प्रमुख कार्यकारी अधिकृतको तलबमा सीमा तोकेपछि र विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख कार्यकारीहरूको तलब साधारण कर्मचारीको भन्दा पनि कम रहने देखिएपछि राष्ट्र बैंकले वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई वित्तीय सूचकाङ्कको आधारमा तलब-सुविधा निर्धारण गर्ने निर्देशन जारी गरेको छ ।

वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाले पुँजीको प्रतिफल, संस्थाको व्यवसायको आधार, सञ्चालन मुनाफाको स्थिति, भविष्यमा व्यवसाय वृद्धिका आधार, संस्थामा रहने जोखिम एवम् प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यता, अनुभव, नेतृत्व क्षमता आदिका आधारमा तलब-सुविधा दिइनु पर्ने निर्देशनमा छ । वाषिर्क रूपमा एक करोड रुपियाँभन्दा बढी तलब-भत्ता बुझ्ने बैंकर्समा मेगा बैंकका अनिल साह, सिभिल बैंकका किशोर महर्जन, लक्ष्मी बैंकका सुमन जोशी, कुमारी बैंकका राधेश पन्त (हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत), लुम्बनी बैंकका सोहनदेव पन्त, डिसिबिएल बैंकका सुधिर खत्री, बैंक अफ एसियाका पर्शुराम कुँवर क्ष्री रहेका छन् । त्यस्तै वाषिर्क ९० लाख रुपियाँभन्दा बढी बुझ्ने बैंकर्समा किस्ट बैंकका कमल ज्ञवाली, हिमालयन बैंकका अशोक शमशेर जबरा, एनएमबी बैंकका उपेन्द्र पौडेल रहेका छन् । नेपाली वाणिज्य बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूले वाषिर्क कम्तीमा पनि ४० लाख रुपियाँभन्दा माथिको तलब-सुविधा बुझ्ने गरेका छन् ।

विदेशी संयुक्त लगानीमा स्थापित स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि राम्रै तलब-सुविधा पाउने गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको गत आवको वित्तीय विवरणअनुसार उपल्लो व्यवस्थापन तहमा रहेका दुई कार्यकारीले वाषिर्क तीन करोड ६५ लाख रुपियाँ रकम बुझेको उल्लेख छ । त्यस्तै एभरेस्ट बैंकका पिके मोहापात्रले लिने तलब २६ लाख रुपियाँको अलावा काठमाडौँ बसाइको सम्पूर्ण खर्च बैंकले नै व्यहोर्ने गर्छ । नेपाल एसबिआई बैंकका एनके चरीको सम्पूर्ण खर्च स्टेट बैंक अफ इन्डियाबाट व्यहोरिने बैंकको प्रतिवेदनमा भनिएको छ । पूर्ण प्रतिस्पर्धाबाट छानिएका सरकारी सार्वजनिक संस्थानहरूको प्रमुख कार्यकारीले पनि आकर्षक तलब पाउने गरेका छन् । हालै सेवा निवृत्त भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले मासिक दुई लाख रुपियाँ तलब बुझेका थिए भने खुल्ला प्रतिस्पर्धाबाट नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक चुनिएका दीपेन्द्रनाथ शर्माले मासिक तीन लाख रुपियाँ पाउने करार गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: