मर्जरमा जान हतार छैन

नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त गणेशकुमार श्रेष्ठ हाल सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । राष्ट्र बैंकमा रहँदा विज्ञका रूपमा परिचित श्रेष्ठस“ग लामो बैकिङ अनुभव छ । श्रेष्ठसँग बाबुकृष्ण महर्जनको कुराकानीः

बैंकको वित्तीय अवस्था कस्तो छ ?फागुन ३ गतेसम्मको तथ्याङ्कअनुसार बैंकसँग दुई अर्ब ६५ करोड रुपैयाँ निक्षेप र दुई अर्ब १९ करोड रुपैयाँ कर्जा पुगेको छ । बैंकले नेपाल सेयर मार्केटमा गएको अन्तरबैंक कर्जा असुल गरिसकेको छ । घरजग्गामा बैंकको १०÷११ प्रतिशत मात्र कर्

जा रहेको छ । निक्षेप दिनदिनै वृद्धि भइरहेको छ तर कर्जा प्रवाहका लागि प्रक्रिया गत समय लाग्ने हुँदा केही समय लाग्छ । हामीसँग अहिले जलविद्युत् आयोजना तथा सिमेन्ट उद्योगका ५०औँ करोडको कर्जा प्रक्रिया अगाडि बढेको छ ।

वित्तीय बजारमा ‘क्रेडिट क्रन्च’ भएको हो ?
हाल बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको बढ्यै छ । निक्षेप बढी छ भनेर आएको निक्षेप नलिँदा बजारमा नकारात्मक सन्देश जाने डर हुन्छ । अहिले हामीले संस्थागत लगानीकर्तालाई एकवर्षे मुद्दती निक्षेपमा ब्याज घटाउन थालेका छौँ । कर्जाप्रवाह भनेको निक्षेप सङ्कलन गरेजस्तो एकै दिनमा हुने होइन, सम्पूर्ण प्रक्रिया अध्ययन गर्दा समय लाग्छ । एक त अहिले कर्जाको माग पनि सुस्त नै छ । एकाएक निक्षेप वृद्धि हुँदा बैंकसँग करिब ५० अर्बको अत्यधिक तरलता छ । सोही मुताबिक बैंकिङ क्षेत्रमा एक सय अर्बजति कर्जाको माग छ । अधिक तरलता र कर्जाको मागबीच ठूलो अन्तर छ । ठूलो अन्तर हुनुमा सयौँ अर्बको कर्जा माग गर्ने परियोजना सुरु हुनुजस्ता कारण छन् । उदाहरणका लागि मानौँ कुनै सिमेन्ट उद्योगले कर्जा माग गर्न आयो भने वातावरणीय मूल्याङ्कन गर्नेलगायत अन्य प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सो उद्योगका लागि अहिले नै कर्जा स्वीकृत भए पनि स्वीकृत कर्जा रकम प्रदान गर्न समय लाग्छ ।
उद्योगीले बैंकमा एलसी खोल्नुप¥यो, एलसी खोलेको १४ देखि १८ महिना मेसिन मगाउन लाग्छ । जलविद्युत् परियोजनाहरूमा पनि यही समस्या छ । बैंकमा निक्षेपको वृद्धि दिनदिनै भइरहेको छ । तर, कर्जाको वितरणमा भने प्राविधिक समस्या छन् । निक्षेप वृद्धि र कर्जा वितरणबीचको अन्तर नै अहिलेको यो क्रेडिट क्रन्चको स्थिति हो ।

बैंकलाई आगामी दिनमा कसरी अगाडि लैजाने सोच्नुभएको छ ?
अहिलेसम्म कर्जाको माग बढी भएका क्षेत्रमा शाखा विस्तार गर्न सकेका छैनौँ । चालू आर्थिक वर्षको असार मसान्तसम्म चार अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी चार अर्ब रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य राखेका छौँ ।
हालै मात्र वीरगन्ज र विराटनगरजस्ता औद्योगिक क्षेत्रमा शाखा विस्तार गरेका छौँ । अहिलेसम्म ती क्षेत्रमा लगानी गर्न सकेका छैनौँ । तर, अहिलेसम्म विराटनगरबाट मात्रै दुई करोड ५० लाख रुपैयाँ निक्षेप सङ्कलन भइसकेको छ । अहिले हाम्रो कर्जा–निक्षेप अनुपात ६० प्रतिशतको हाराहारीमा छ । हाम्रो आफ्नै बैंकको पुँजी पनि रहेकाले यो स्थिति रहेको हो । हामीले सो रकमबाट राष्ट्र बैंकको ट्रेजरी बिल्सहरू खरिद गरेर राखेका छौँ । राष्ट्र बैंकले यो अनुपात ८० प्रतिशतमा राख्न भनेको छ । हामी चैत मसान्तसम्म तीन अर्ब निक्षेप र तीन अर्ब रुपैयाँ कर्जा विस्तार गर्ने पक्षमा लागेका छौँ ।
कर्जाको ब्याजदर कहिले कम होला ?
हामीले तीन वर्षभन्दा बढीको मुद्दती निक्षेप लिएका छैनौँ । धेरैजसो एकवर्षेे छ, अलिअलि दुईवर्षे पनि । अहिले १२ प्रतिशत ब्याजमा एकवर्षे मुद्दती निक्षेप लिएका छौँ । लामो समयको लागि मुद्दती निक्षेप लिँदा केही गरेर आठ–नौ प्रतिशतमा ब्याजदर घट्यो भने त बैंकका लागि घाटा नै हुन्छ । मेरो विश्लेषणमा मुद्दती निक्षेपको ब्याजदर १२ बाट बढ्ने सम्भावना छैन । अब १२ बाट विस्तारै घट्ने क्रममा छ । सेन्चुरीले पनि यो महिनादेखि विस्तारै मुद्दतीको ब्याजदर पौने १२, साढे ११ मा झार्दै लगेको छ । निक्षेपमा जब ब्याज घट्न सुरु गर्छ, राष्ट्र बैंक र सरकारसँग हाम्रो कुरा मिल्दैन । तिनीहरू ‘अहिले नै कर्जामा पनि ब्याज घटाऊ’ भन्छन् । हामीले हिजो १२ प्रतिशतमा लिएको निक्षेपको अंश त बढी छ नि । ब्याज घटाएर लिएको निक्षेपको अंश त नगन्य मात्र छ । जब बढी लागत परेको निक्षेपको मात्रा सकिन्छ, बल्ल ब्याज घटाउन सकिन्छ । अहिले विस्तारै हामीले आयोजनाको स्तर हेरेर कर्जाको ब्याज शून्य दसमलब २५ देखि शून्य दसमलब ५ प्रतिशतसम्म घटाउन थालेका छौँ ।

बैंकहरूले संस्थागत निक्षेप लिन नचाहेको कारण के हो नि ?
हालै मात्र बैंक तथा वित्तीय संस्थामा परेको समस्यालाई हेरेर बैंकले संस्थागत निक्षेपलाई जोड दिन छोडेको हो । संस्थागत निक्षेपकर्तामा मात्र भर पर्दा बैंकमा कुनै कैफियत भएको हल्ला चल्नासाथ ठूला निक्षेपकर्ताले हात झिकिदिँदाको परिणाम तपाईं हामीले देखिसकेका छौँ ।
एक ठूलो निक्षेपकर्ताले रकम झिकिदिँदा बैंकमा तरलताको स्थिति नाजुक हुने स्थिति छ । त्यही भएर हामीले बरु बचत खातामा ११ प्रतिशतसम्म ब्याज दिएका छौँ । हामीले साना निक्षेपकर्तालाई बरु बढी ब्याज दिएर आकर्षित गरेका हौँ । साधारण निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याज दिने बैंकको रूपमा सेन्चुरीलाई उभ्याउन पनि हामीले साधारण निक्षेपकर्तालाई बचत खातामा बढी ब्याज दिएका छौँ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बढी ब्याज दिएर निक्षेप लिनुभन्दा जनताका छोराछोरीले अलिक बढी ब्याज पाओस् न भन्ने सेन्चुरीको चाहना हो । अहिले हाम्रो मुद्दतीमा ४६ प्रतिशत निक्षेप छ, यो २५ प्रतिशतमा झार्ने योजना छ । बचतमा २९ प्रतिशत छ भने कल डिपोजिट २२ प्रतिशत र अरु चालू खाता तथा मार्जिन कल खाता रहेका छन् । मेरो रणनीति भनेको मुद्दती खातालाई निश्चित तहमा राखेर बचतको अंश बढाउँदै जाने हो ।

मर्जरको बारेमा बैंकको के योजना छ ?
अहिलेको अवस्थामा ठूला बैंकहरूले त हामीसँग कुरा गर्न आएका छैनन् । तर, विकास बैंक र वित्त कम्पनी भने हाम्रो सम्पर्कमा आइरहेका छन् । पुँजीकोष नपुगेको अवस्थामा बैंक मर्जरमा जाने हो । सेन्चुरीको पुँजीकोष ५० प्रतिशत छ । बैंकसँग प्रशस्त निक्षेप विद्यमान छ । निकट भविष्यमै बैंकले साधारण सेयर जारी गरेर ९२ करोड रुपैयाँ रकम सङ्कलन गर्नेवाला छ । त्यसकारण तत्काल मर्जरमा जानैपर्ने हतार सेन्चुरी बैंकलाई छैन । अहिले सेन्चुरी बैंकसँग मर्ज गर्ने भनेर ‘ख’ र ‘ग’ वर्गका विकास बैंकहरूले सम्पर्क गरिरहेका छन् । राम्रो पोर्टफोलियो भएको विकास बैंक र वित्त कम्पनी भए मर्जरको विकल्प खुला नै राखेका छौँ । पश्चिमतिर हाम्रा शाखाहरू खासै छैनन् । त्यतातिरको असल ऋण र राम्रो निक्षेप भएको बैंकहरू आएमा मर्जरमा जान पनि सकिन्छ ।
आगामी वर्षको फागुनसम्म चारवटा नयाँ बैंकहरू मेगा, कमर्ज एन्ड ट्रस्ट, सिभिलसँगै हामीले पनि साधारण सेयर निष्काशन गर्नुपर्ने अवस्था छ । त्यस अवस्थाको पनि हामीले गहन रूपमा अध्ययन गरिरहेका छौँ ।

One Response

  1. धन्यबाद बाबु कृष्ण जी लाइ, रोचक कुराकानी को लागि|

    लेख पढ्न अलि असजिलो चै भएकै हो| प्रस्न र उत्तर को बिचमा स्पेस भएको भए रोचक सामग्री पढ्न अझ रोचक हुन्थ्यो कि ?!

    शुभ चिन्तक,
    सुमन गोपाल प्रधान

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: