घरजग्गा कर्जालाई २५ प्रतिशतमा झार्न १ वर्ष थप

काठमाडौं, (नेस), उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बिहीबार सम्पन्न बैठकले घरजग्गा कारोबारमा देखिएको समस्या समाधान गर्न प्याकेज तयार गरी कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकलगायत विभिन्न निकायमा लेखी पठाउने निर्णय गरेको छ।
बैठकले घरजग्गा किन्न हाल प्रदान गरिएको व्यक्तिगत ऋणको ८० लाख रुपियाँको सीमालाई १ करोड पुर्याउने सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई लिखित रुपमा लेखी पठाउने निर्णय गरेको छ। त्यसै गरी चालू आर्थिक वर्षको असार मसान्तसम्म कुल कर्जाको २५ प्रतिशतसम्ममा झार्नुपर्ने आवासीय भवन तथा अपार्टमेन्ट निर्माण कर्जालाई अर्को १ वर्ष थप गरी २०७० असार मसान्तसम्म पुर्याउने सम्बन्धमा थप व्यवस्था गर्नसमेत केन्द्रीय बैंकलाई लिखित निर्देशन दिने भएको छ।
चालू आर्थिक वर्षको बजेटमा प्रस्तुत भए बमोजिम विदेशीलाई अपार्टमेन्ट खरिद गर्ने व्यवस्थासम्बन्धी कार्यविधि पुस मसान्तसम्म तयार गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रलयलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ। त्यसै गरी सरकारी कर्मचारीलाई घर तथा अपार्टमेन्ट सहुलियत ऋणमा खरिद गर्ने सम्बन्धमा आवश्यक सुझाव दिन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर आवास तथा शहरी विकास विभागका महानिर्देशक कर्मचारी साचय कोषका प्रशासक नेपाल बैकस्र एसोसिएसनका अध्यक्ष नेपाल घर जग्गा तथा आवास विकास संघका अध्यक्ष र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रहने गरी एक समिति गठन गर्ने निर्णय गरेको छ। सो समितिलाई घर जग्गा क्षेत्रमा भएको लगानी यसको बजारमूल्य तथा कर्मचारी एवम् संवैधानिक पदाधिकारीहरुलाई सहुलियत ऋणमा आवास उपलब्ध गराउने कार्य प्रक्रिया सम्बन्धमा सुझाव पेस गर्न निर्देशन बैठकले दिएको छ।
त्यसै गरी शेयर बजारको विकासका लागि माघ १ गतेदेखि केन्द्रीय निक्षेप प्रणाली लागू गर्ने स्टक एक्सचेन्जलाई पूर्ण यान्त्रिकीकरण गर्ने सम्बन्धमा माघ मसान्तभित्र सम्भाव्यता अध्ययन गरी आगामी बैशाख १ गतेबाट कार्यान्वयनमा ल्याउने सम्बन्धमासमेत छलफल भएको बैठकमा सहभागी एक अधिकारीले नेपाल समाचारपत्रलाई बताए। बैठकले शेयर कारोबारको लागत कम गर्ने सम्बन्धमा अध्ययन गरी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउने धितोपत्र सम्बन्धी जनचतेना कार्यक्रमलाई व्यापक बनाउने आगामी चैत्रभित्र धितोपत्रलाई विकेन्द्रीकृत गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको ती अधिकारीले जानकारी दिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: