देशको चार महिनाको आर्थिक अवस्था/शोधनान्तर वचत हालसम्मकै उच्च

शोधनान्तर वचत ४६ अर्ब ३१ करोड
रेमिट्यान्समा ३३.४ प्रतिशतले वृद्धि
निर्यात व्यापारमा १०.७ प्रतिशतले वृद्धि
खुद सेवा आय ६ अर्ब २५ करोड रुपियाँले बचत
विदेशी विनिमय सञ्चिति ३ खर्ब ४२ अर्ब ७४ करोड रुपियाँ

नेपाल समाचारपत्र
काठमाडौं
देशको समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च रकमले वचतमा रहेको छ । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको देशको वर्तमान आर्थिक स्थितिमा शोधनान्तर स्थिति ४६ अर्ब ३१ करोड रुपियाँले वचतमा रहेको देखाएको छ । शोधनान्तर स्थिति मुलुक भित्रिने रकम र मुलुक बाहिरिने रकमको फरक हो । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा बढ्दो रेमिट्यान्स आप्रवाह, बढ्दो निर्यात र सेवाक्षेत्र अन्तर्गत पर्यटन आयमा भएको वृद्धिले शोधनान्तर स्थिति वचतमा रहन गएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा देशमा १ खर्ब ३ अर्ब २० करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.४ प्रतिशतले बढी हो । सेवा क्षेत्र विगत केही वर्षदेखि घाटामा रहँदै आएकोमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल ६ अर्ब २५ करोड रुपियाँले वचतमा रहेको छ । गत वर्ष सोही अवधिमा सेवा क्षेत्र ३ अर्ब ६० करोड रुपियाँले घाटामा रहेको थियो । खुद सेवा आय बढ्नुमा विदेश अध्ययनमा जाने विद्यार्थीहरुको संख्यामा कमी हुनुका साथै शैक्षिक खर्च स्वरुप विदेशिने रकममा आएको कमी पनि प्रमुख कारण हो । मुलुकले आर्थिक वर्षको पहिलो चार महिनामा २ अर्ब १ करोड ५४ लाख रुपियाँ शिक्षा खर्च स्वरुप विदेश पठाएको छ । अघिल्लो वर्ष सो अवधिमा २ अर्ब २४ करोड २ लाख रुपियाँ वैदेशिक शिक्षा खर्च स्वरुप विदेश पठाएको थियो । सेवा क्षेत्रअन्तर्गत पहिलो चार महिनामा आएको पर्यटकबाट मात्र राज्यले ११ अर्ब ६५ करोड ६१ लाख रुपियाँ आम्दानी गरेको थियो । मुलुकले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एफओबीमा आधारित वस्तु निर्यातबाट २५ अर्ब ७८ करोड ६८ लाख रुपियाँ देश भित्रिएको छ । देशले सो अवधिमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत २ अर्ब ७४ करोड रुपियाँ देश भित्रिएको छ ।
बैंकमा निक्षेप बढ्यो, फाइनान्समा घट्यो
वाणिज्य बैंक र विकास बैंकमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा निक्षेप परिचालनमा वृद्धि भए पनि फाइनान्स कम्पनीमा भए निक्षेप परिचालन नकारात्मक रह्यो । समग्र वित्तीय संस्थाको निक्षेप परिचालनमा ६ दशमलब ६ प्रतिशतले वृद्धि भए पनि वाणिज्य बैंकहरुको निक्षेप परिचालन सबैभन्दा बढी ७ दशमलब ६ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको निक्षेप परिचालन ४ दशमलब ७ प्रतिशतले बढेको छ । सो अवधिमा फाइनान्स कम्पनीहरुको निक्षेप परिचालन भने १ दशमलब १ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकको निक्षेप परिचालन शून्य दशमलब ७ प्रतिशतले घटेको थियो भने विकास बैंक र वित्त कम्पनीको निक्षेप परिचालन क्रमशः ३ दशमलब ८ प्रतिशत र १ प्रतिशतले बढेको थियो ।
मूल्यवृद्धि एकल अंकमा
चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र मूल्य वृद्धि साढे प्रतिशत कायम रहेको छ । समीक्षा अवधिमो खाद्य पदार्थको मूल्यवृद्धि ८ दशमलब ४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि साढे ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । खाद्य पदार्थमध्ये सबैभन्दा बढी तरकारीमा २९ दशमलब ६ प्रतिशतले मूल्यवृद्धि भएको छ । त्यसैगरी फलफुलमा २४ दशमलब २ प्रतिशतले मूल्यवृद्धि भएको छ भने चिनी तथा मिठाई समूहको मूल्यमा २८ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ । गैर खाद्य तथा सेवा समूह अन्तर्गत कपडा तथा जुत्ता चप्पको मूल्यमा १५ दशलब २ प्रतिशत, यातायातमा १३ दशमलब ४ प्रतिशत र फर्निसिङ एवम् घरायसी उपयोगका सामानमा १३ प्रतिशतले वृद्धि भएको हो ।
व्यापार घाटामा वृद्धि
चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटामा १२ दशमलब १ प्रतिशतले वृद्धि भई १ खर्ब ११ अर्ब ८० करोड रुपियाँ पुगेको छ । नेपालले कात्तिक मसान्तसम्म १० दशमलब ७ प्रतिशतले निर्यातमा वृद्धि गरी २३ अर्ब ६९ करोड रुपियाँ मुुलुक भित्र्याएको छ । सो अवधिमा नेपालले ११ दशमलब ८ प्रतिशतले आयातमा वृद्धि गरी १ खर्ब ३५ अर्ब ४९ करोड रुपियाँ रकम विदेश पठाएको छ । नेपालले मूलतः पेट्रोलियम पदार्थ, सुन, चाँदी, अन्य मेशिनरी तथा पार्टस्को आयात गरी सो रकम विदेश पठाएको हो ।
विनिमय सञ्चितिमा वृद्धि
नेपालले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ३ खर्ब ४२ अर्ब ७४ करोड रुपियाँ पु¥याएको छ । देशले चालु आर्थिक वर्षको शुरुवातको तुलनामा २५ दशमलब ९ प्रतिशतले वृद्धि गरी सो सञ्चिति पु¥याएको हो । सो सञ्चितिले ९ दशमलब १ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने बताइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: