पहिलो त्रैमासिकको व्यापार तथ्यांक/पौने ३ अर्बको फलाम तथा स्टीलका सामाग्री निर्यात

नेपाल समाचारपत्र
काठमाडौं
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट सबैभन्दा बढी फलाम तथा स्टीलका सामाग्री निर्यात भएका छन् । व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ अर्ब २४ करोड रुपियाँ बराबरको सामान निर्यात भएकोमा करिब १५ प्रतिशत फलाम तथा स्टीलको सामाग्री निर्यात भएको छ । केन्द्रको तथ्यांकमा फलाम तथा स्टीलका करिब २ अर्ब ७० करोड रुपियाँ बराबरको सामान निर्यात भएको छ ।
नेपालबाट सबैभन्दा बढी निकासी भएको दोस्रो सामाग्रीमा ऊनी गलैचा रहेको छ । केन्दं्रको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांक अनुसार नेपालबाट करिब १ अर्ब ७३ करोड रुपियाँ बराबरको ऊनी गलैचा विदेश निर्यात भएका छन् । ऊनी गलैचा निर्यात कुल निर्यातको करिब १० प्रतिशत हुन आउँछ ।
मुलुकबाट सबैभन्दा बढी रकमको निर्यात हुने तेस्रो सामाग्रीमा पोलिस्टर तथा अन्य धागो रहेका छन् । पहिलो तीन महिनामा नेपालले १ अर्ब ६३ करोड रुपियाँ बराबरको धागो निर्यात गरेको थियो । कुल निर्यातमा पोलिस्टर तथा अन्य धागोको हिस्सा करिब ९ प्रतिशत रहेको छ ।
कुनै बेला नेपालको प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहेको तयारी पोशाकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चौथो सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने वस्तु बन्न पुगेको छ । संयुक्त राज्य अमेरिकामा कोटा प्रणाली रहेसम्म नेपालको सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुको रुपमा रहेको तयारी पोशाक चालु वर्षको पहिलो त्रैमासिकमा करिब डेढ अर्ब रुपियाँको निर्यात भएको छ । विशेषगरी युरोपेली बजारमा नेपाली तयारी पोशाक खपत भइरहेको बताइन्छ । चालु आवमा नेपालले करिब १ अर्ब १२ करोड रुपियाँको टेक्सटाइल सामाग्री विदेश निर्यात गरेको छ ।
कृषिजन्य उत्पादनमा मुसुरोको दाल, चिया, अलैची विदेश निर्यात हुने निर्यातजन्य सामाग्री हुन् ।नेपालले तीन महिनामा ६७ करोड रुपियाँ बराबरको मुसुरोको दाल, ४७ करोड रुपियाँ बराबरको चिया र ४५ करोड रुपियाँ बराबरको अलैची विदेश निर्यात गरेको छ ।
त्यस्तै नेपालले पहिलो तीन महिनामा १६ करोड रुपियाँ बराबरको नेपाली कागज, १६ करोड रुपियाँ बराबरको अप्रशोधित जडिबुटी र १३ करोड रुपियाँ बराबरको अदुवा निर्यात गरेको छ ।

केन्द्रको असोज महिनासम्मको तथ्यांक अनुसार नेपालको १ खर्ब २२ अर्ब ४० करोड रुपियाँको व्यापार भएकोमा १ खर्ब ४ अर्ब १६ करोड रुपियाँको सामान आयात भएको छ भने १८ अर्ब २४ करोड रुपियाँ बराबरको सामान निर्यात भएको छ । कुल व्यापारमा नेपालले ८५ दशमलब ४ प्रतिशत सामान आयात भएको छ भने १४ दशमलब ६ प्रतिशत मात्र निर्यात भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: