लघु जलविद्युत आयोजनालाई दिएको ऋण विपन्न वर्ग कर्जा

काठमाडौं, .(नेस) ।
५ सय किलोवाट क्षमताको जलविद्युत आयाजनाको कुल लागतको कम्तिमा ५० प्रतिशत वा सो भन्दा बढी लगानी गर्ने सामुदायिक उपभोक्ता समिति वा सहकारी संस्थालाई प्रदान गर्ने १ करोडसम्मको कर्जालाई विपन्न वर्ग कर्जाको रुपमा गणना गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शुक्रबार जारी गरेको निर्देशनमा कृषि सम्बन्धी पोस्ट होर्भेस्ट सेवा उपलब्ध गराउने परियोजना सञ्चालनको लागि ग्रामीण क्षेत्रमा कार्यरत सहकारी संस्थालाई दिइने १ करोड रुपियाँसम्मको ऋणलाई पनि विपन्न वर्ग कर्जा गणना गर्न सकिने उल्लेख छ
त्यस्तै राष्ट्र बैंकले काठमाडौं बाहिर केन्द्रीय कार्यालय भएका ख र ग वर्गका वित्तीय संस्थाहरुको लागि २०६९ आषाढ मसान्तसम्म व्याज आर्जन
हुने कल खाता खोली रकम राख्न सक्ने छुट प्रदान गरेको छ । यसअघि केन्द्रीय बैंकले आगामी पुस मसान्तसम्ममा अन्य बैंक तथा वित्तीय संस्थामा व्याज आम्दानी हुने खाता खोल्न नपाउने निर्देशन जारी गरेको थियो ।
त्यसैगरी राष्ट्र बैंकले घ वर्गका लघुवित्त विकास बैंक र सीमित बैकिङ कारोबार गर्ने सहकराी संस्थाहरुले प्रदान गर्ने ३० हजार भन्दाबढी कर्जा प्रदान गर्दा ग्राहकको कर्जा सम्बन्धी सूचना लिने दिने व्यवस्था गर्नुपर्ने जनाएको छ । कर्जा सूचना आदानप्रदान बापत कुनै शुल्क लिन भने केन्द्रीय बैंकले बन्देज लगाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: