जलविद्युत आयोजनालाई १० प्रतिशतमा ऋण

नेपाल समाचारपत्र
काठमाडौं
नेपालको जलविद्युत आयोजनाले १० प्रतिशतमा ऋण सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले जलविद्युत आयोजनाको असल कर्जाको धितोमा बैंक तथा वित्तीय संस्थालाई पुनकर्जा उपलब्ध गराउने भएपछि सो व्याज दरमा जलविदुत आयोजनालाई कर्जा सम्भव भएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जलविद्युत क्षेत्रमा गएको असल कर्जाको धितोमा बढीमा ६ महिनाको लागि साढे ६ प्रतिशत व्याजमा पुनकर्जा उपलब्ध गराउने निर्देशन सोमबार जारी गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीयलाई संस्थाको जलविद्युत परियोजनामा गएको असल कर्जाको धितोको बढीमा ८० प्रतिशत वा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको बढीमा ६० प्रतिशतसम्म मात्र प्रदान गर्नेछ । राष्ट्र बैंकले पुँजी कोष पूरा भएको बैंक तथा वित्तीय संस्थालाई वार्षिक साढे ६ प्रतिशत व्याज दरमा पुनकर्जा उपलब्ध गराउने जनाएको छ । पुनकर्जाको अवधि बढीमा ६ महिनाको हुनेछ । बैंक तथा वित्तीय संस्थाले बढीमा १० प्रतिशतमा नबढ्ने गरी व्याज दर कायम गर्नुपर्ने निर्देशनमा उल्लेख छ । जलविद्युत विकासकर्ताहरुले बैंकको चर्को व्याजका कारण जलविद्युत आयोजनाले धान्नै नसक्ने आर्थिक भार बहन गर्नुपरेको धारणा बाहिर आएपछि राष्ट्र बैंकले सहुलियत दरमा ऋण प्रदान गर्न बैंकहरुलाई असल कर्जाको धितोमा पुनकर्जा प्रदान गर्न लागेको हो ।
पुनकर्जाको साँवा र व्याज एकमुष्ट रुपमा तोकिएको अवधिभित्र भुक्तानी गर्नुपर्ने र तोकिएको अवधिभित्र भुक्तानी नगरेमा वित्तीय संस्थाले सो अवधिमा प्रकाशित गरेको कर्जाको अधिकतम व्याजदर नै पेनाल व्याज दर कायम गरी असुल उपर गरिने जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकले विपन्न वर्गमा प्रवाह हुने कर्जालाई अनिवार्य रुपमा निक्षेप तथा कर्जा सुरक्षण निगमबाट सुरक्षण गराउनुपर्ने निर्देशन दिएको छ ।
शाखा विस्तारको सम्बन्धमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरी काठमाडौं उपत्यका बाहेकका दुई वटा सम्म मात्र बैंकको शाखा भएको नगरपालिका वा गाउँ विकास समितिमा वा वित्तीय संस्थाको न्यून उपस्थिति रहेको ३० जिल्लामा शाखा विस्तार गरेमा अतिरिक्त चुक्ता पुँजी थप गर्नुपर्ने व्यवस्थामा छुट दिइएको छ । बैंक तथा वित्तीय संस्थालाई सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाहिर ५० लाख रुपियाँ र काठमाडौं उपत्यकामा २ करोड रुपियाँ अतिरिक्त पुँजी जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ।
राष्ट्र बैंकले बैकिङ पहुँच कम रहेका जिल्लाहरुलाई ३२ बाट घटाएर ३० मा झारेको छ । नेपाल राष्ट्र बैंकले बैकिङ पहुँच कम रहेको भनेर तोकेका जिल्लाहरु पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, रसुवा, मनाङ, अर्घाखााची, मुस्ताङ, रोल्पा, रुकुम, सल्यान, प्युठान, जुम्ला, मुगु, हुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, बझाङ, डोटी, बाजुरा, अछाम, दार्चुला र बैतडी रहेका छन् । राष्ट्र बैंकले न्यून बैकिङ उपस्थिति भएका ३० जिल्लाको सदरमुकाममा शाखा खोलेमा ५० लाख रुपियाँ र सदरमुकामभन्दा बाहिर १ करोड रुपियाँसम्म शून्य व्याज दरमा कर्जा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैंकले यस व्यवस्था अन्तर्गत प्रमुख राजमार्ग र सोसँग जोडिएका गाविस र नगरपालिकामा खोलिने शाखाको लागि यस्तो सुविधा प्रदान गर्ने छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: