बिजुली बेचेर व्यापार घाटा घटाउन नेपाललाई भारतको सल्लाह

काठमाडौंं, (नेस) ।
नेपालले आफ्नो व्यापार घाटा कम गर्न कुनै नयाँ आविष्कार नगरी जलविद्युत आयोजनाको विकास गरेर निर्यात गर्नुपर्ने नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले बताउनुभएको छ । आर्थिक पत्रकार समाज नेपाल (सेजन) र बीपी कोइराला भारत नेपाल फाउन्डेसनको संयुक्त आयोजनामा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत प्रसादले नेपालको बढ्दो पेट्रोलियम आपूर्तिसँगै व्यापार घाटा पनि आकाशिएको बताउँदै उहाँले पेट्रोलियम पदार्थको खपतलाई सकेसम् कम गरेर पनि व्यापार घाटा कम गर्न सकिने उहाँले बताउनुभयो । नेपालको कुल निर्यातबाट आएको रकमले देशको पेट्रोल खपत भएको रकम तिर्न पनि पैसा नपुग्ने स्थिति विद्यमान रहेको छ ।
उहाँले प्रतिभाशाली युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना गरेर पनि व्यापार घाटालाई उल्टो पार्न सकिने उहाँको विश्लेषण थियो । उहाँले भारत नेपालको अािर्थक विकासमा तत्पर रहेको बताउँदै कार्गो ढुवानी व्यवस्थापनमा पनि प्रतिबद्धता रहेको जानकारी दिनुभयो । आगामी आइतबार भारतीय अर्थमन्त्री प्रणव मुखर्जी काठमाडौं आएर दोहोरो कर त्याग्ने सम्बन्धी सहमति (डीटीएए) मा हस्ताक्षर गर्न नेपाल आउन लागेको जानकारी दिँदै उहाँले नेपाली यात्रुको सुविधाको लागि नेपाली सीमासँग जोडिएका पाँच स्थानमा भारतीय रेल सेवा विस्तार गरिने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको कुल ग्राहस्थ उत्पादन अनुमानमा आधारित रहेको बताउादै यथार्थ कुल ग्राहस्थ उत्पादन अझ बढी रहेको अनुमान गर्नुभयो । उहाँले पनि लुकेको प्रतिभा र उद्यमीलाई सक्दो सहयोग गरेर अगाडि ल्याउन सकेन नेपालको आर्थिक उन्नति सुनिश्चित भएको बताउनुभयो । उहाँले नेपाल स्वच्छ ऊर्जाको भण्डार रहेको बताउादै त्यसको समुचित प्रयोगबाट नेपाललाई समुन्नत बनाउन सकिने बताउनुभयो । उहाँले नेपाललाई लगानी गर्ने उर्वर भूमिको रुपमा प्रचार गर्न आर्थिक पत्रकारहरुलाई आह्वान गर्नुभयो । उहाँले संघीयतामा बाँडिएर देशमा उत्पादित सामानहरुमा स्थानीय करको थुप्रो लाग्न नहुने तर्फ सचेत गर्दै यसबाट नेपाली सामानले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गा¥हो पर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको गभर्नर डा. युवराज खतिवडाले भारत केही वर्षमै पुँजी अत्यधिक भएको देशमा परिणत हुने र नेपाल उक्त पुँजी पार्क गर्ने उपयुक्त थलो बन्न सक्ने बताउनुभयो । भारतले उत्पादनजन्य उद्योगहरुमा ठूले फड्को मारिसकेकोले नेपालले भारतीय सामानहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको तर शिक्षा, स्वास्थ्य, वित्त जस्ता सेवा क्षेत्रहरुमा अझै पनि नेपालले प्रतिस्पर्धा गर्न सक्ने विचार राख्नुभयो ।
कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले जलस्रँेत र पर्यटन क्ष्ँेत्रमा लगानीका प्रचुर सम्भावना रहेको बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: