कारोबार कर लगाउन माग

नेपाल समाचारपत्र, (काठमाडौं), नेपाल धितोपत्र दलाल संघले बुधबार नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाई पुँजीगत लाभ करको सट्टा कारोबार कर लगाउन माग गरेको छ। हाल प्रत्येक कारोबारमा फाइदा हुँदा व्यक्तिका लागि ५ प्रतिशत र संस्थाको हकमा १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ।

पुँजीगत लाभकर कारोबार तथा राफसाफ प्रणालीमा हिसाब गर्न झन्झटिलो र अव्यावहारिक भएकाले कारोबार कर लगाउन माग गरेको संघले जनाएको छ। बजार बढ्ने समयमा मात्र लगानीकर्ताले लाभ कर तिर्नुपर्ने घट्दो अवस्थामा रहेका बेला तिर्नु नपर्ने हुँदा राजस्व संकलनमा घटबढ हुन सक्ने स्थिति रहेको तर कारोबार कर कारोबारअनुसार एकनास प्राप्त हुने हुँदा कर प्रणाली बढी पारदर्शी हुने संघको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै संघलॆ एउटै कम्पनीको साधारण र संस्थापक गरी दुई वर्गमा छुट्टाछुट्टै वर्गीकरण नगरी एउटै विन्डोबाट कारोबार गर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ। संस्थापक शेयरलाई निश्चित समयावधिपछि एकै समूहमा आउने व्यवस्था गर्नका लागि एवम् अन्तर्राष्ट्रिय शेयरबजार प्रचलनअनुसार एउटा कम्पनीको साधारण र संस्थापक शेयरका लागि एउटै विन्डोको व्यवस्था गर्न संघले माग गरेको जनाएको छ। भौतिक प्रमाणपत्ररहित अवस्थापश्चात् शेयर प्रमाणपत्र नहुने हुँदा एकै कम्पनीको शेयर दुई समूहमा वर्गीकरण गरिने व्यवस्था झन्झटिलो हुने हुनाले संघले दुई समूहमा कारोबार हुने व्यवस्था हटाउन माग गरेको हो।

धितोपत्र दलाल संघले केन्द्रीय निक्षेप प्रणालीमा निक्षेप सदस्यको रुपमा आबद्ध हुन नेटवर्थ कम्तीमा १ करोड रुपियाँ हुनुपर्ने हालको व्यवस्थालाई परिवर्तन गर्नुपर्ने माग गरेको छ। निक्षेप सदस्यका लागि धितोपत्र दलाल कम्पनीहरुलाई प्राथमिकता दिनुपर्नेमा सो व्यवस्थाले गर्दा सबै धितोपत्र दलाल अयोग्य रहने स्थिति आउने हुँदा धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजी २० लाख नै सो व्यवस्थाका लागि कायम गर्न संघले बोर्ड र सीडीएस कम्पनीलाई अनुरोध गरेको छ। दलाल संघले कम्पनीको नेटवर्थ घटबढ भइरहने हुनाले चुक्ता पुँजीलाई आधार मान्नसमेत ज्ञापनपत्रमा भनेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: