ब्याज नघटाइँदा ऋणीहरु निराश

तरलता घटेकाले व्याज बढाउनुपरेको भन्दै पहिले ताके गर्ने बैंकहरु अहिले तरलता प्रशस्त हुँदा भने व्याज नघटाई मौन बसेका छन् ।
बाबुकृष्ण महर्जन
काठमाडौं
बैंकहरुमा तरलता प्रशस्त हुँदा पनि ऋणको व्याज नघट्दा सो¥हखुट्टेका नबिन घिमिरे सा¥है निराश बनेका छन् । उहाँले करिब ७ वर्ष अगाडि एभरेष्ट बैंकबाट ४ लाख रुपियाँ ऋण लिएका थिए । मासिक ४२ सय रुपियाँ साँवा र व्याज गरेर १५ वर्षमा चुक्ता गर्ने गरी ऋण लिएका उहाँले पछिल्लो डेढ वर्षदेखि तरलताको अभाव भएको भन्दै बैंकले ऋणको व्याज बढाएका कारण निराश बनेका हुन् । उहाँले वार्षिक साढे ९ प्रतिशतको दरले बैंकसँग ऋण तिर्ने सम्झौता गरेका थिए । तर मासिक रुपमा बुझाउनुपर्ने किस्ता नियमित बुझाउँदा पनि बैंकले फोन गरेर ‘बाँकी रकम तिर्न आउनुस्’ भनेपछि मात्र आफूले ऋणको व्याज बढेको जानकारी पाएको गुनासो उनले नेपाल समाचारपत्रसँग गरे ।
उहाँले बैंकसँग झगडा गरेर आफ्नो मासिक तलब विगतको तुलनामा खासै नबढेको कारण बढेको रकम तिर्न नसक्ने जिकिर गरेपछि छलफलमा बैंकसँगको कर्जा पुनर्तालिकीकरण गरेर ऋणको रकम तिर्ने अवधि २० वर्ष पु¥याएको बताउनुभयो । बैंकले हाल उहाँसँग १५ प्रतिशतको दरले व्याज असुल गरिरहेको छ ।
वित्तीय सेवा दिने भन्दा पनि अत्यधिक नाफा कमाउने सोच लिएर च्याउसरी स्थापना भएका बैंक तथा वित्तीय संस्थाले ऋणीसँग सरसल्लाह नै नगरी एकतर्फी रुपमा करिब डेढ वर्षको दौरान आधा दर्जन चोटि कर्जामा व्याज बढाएका छन् । तरलताको निहुँ बनाएर व्याज दरमा वृद्धि भएको भए पनि हाल तरलता प्रशस्त हुँदा पनि विभिन्न बहाना बनाएर ऋणको व्याज यथास्थितिमा राख्दा नबिन जस्ता धेरै ऋणीहरु पीडित बनेका छन् । बैंकको एकतर्फि चालाले ऋणीहरुलाई साहु महाजन कहाँ गएर कर्जा लिन नै सरल बनाएको उनको भनाइ रहेको छ । उनले भने –‘साहुले ऋण दिँदा एकचोटि व्याज तोकेपछि त्यो नतिर्दासम्म परिवर्तन हुँदैन तर बैंकले त आफू अनुकूल व्याज परिवर्तन गरिदिन्छन् । फेरि सेवा शुल्कलगायत के के शुल्क लिएर पनि रकम असुल्छन् । अब गाउँको पाखो बारी बेचेर भए पनि ऋण तिर्ने सोचाईमा पुगेको छु ।’
बैंकको ऋणमा व्याज नघट्दा नबिन मात्र होइन, नबिन जस्तै सिंगो बैंकसँग ऋण लिएर कारोबार गर्ने लाखांै ऋणी बैंकको नाफामुखी प्रवृत्तिबाट निराश बनेका छन् । संक्रमणकालीन अवस्थामा बैंकले नाफा नखाएर वा ब्रेक इभनमा बसेर भए पनि सस्तो व्याज दरमा ऋण प्रवाह गर्नुपर्ने तिनीहरुको माग छ । बैंकले तरलता समस्या हुँदा हप्तामा नै दुई चोटि फ्याक्स पठाएर व्याज बढाएको बताउँदै तिनीहरुले अब तरलता समस्या नहुँदा त्यसैगरी व्याज घटाउन माग गरे ।
हाल वाणिज्य बैंकहरुसँग करिब ४० अर्बको हाराहारीमा तरल निक्षेप रहेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको माग भने न्यून रहेको छ । ऋणीहरु भने कर्जामा अत्यधिक व्याज तिर्नु परेकाले नै नयाँ ऋणको माग नबढेको बताउँछन् । ‘व्याज पहिलाको स्तरमा ल्याउनुस्, म नै पुनः कर्जा लिन तयार छु तर अहिलेको व्याज दरमा कर्जा लिएर तिर्न सक्ने अवस्थामा भने छैन ।’–उनले भने ।
कर्जाको व्याज घटाउन विभिन्न क्षेत्रबाट दबाब परेपछि बैंकहरुले झिनो दरमा भए पनि व्याज घटाउन भने थालेका छन् । केही हप्ता अगाडि एभरेष्ट बैंकले शून्य दशमलब २५ प्रतिशतले व्याज घटाएको थियो भने सिटिजन्स बैंकले पनि आइतबारबाट सम्पूर्ण कर्जामा शुन्य दशमलब २५ प्रतिशतले नै व्याज दर घटाएको छ । बैंकले निक्षेपमा पनि शुन्य दशमलब ५ ले व्याजदर वृद्धि गरेको जनाएको छ ।
प्रायः वाणिज्य बैंकहरुले निक्षेपमा दिने व्याज भने विस्तारै घटाएको तिहारपछि प्रकाशित व्याज दरले देखाएको छ । वाणिज्य बैंकहरुले १ वर्षे मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म दिने गरेकोमा हाल ९ देखि साढे ९ प्रतिशतसम्म मात्र व्याज दिने गरेको छ । बैंकरहरुको भनाईमा तरलताको अवस्था अझै स्थिर नरहेको र राष्ट्र बैंकको नयाँ नीति अनुसार कर्जा निक्षेप अनुपातलाई ८० प्रतिशतमा नै झार्नुपर्ने बाध्यताका कारण कर्जामा व्याज घटाउन नसकेको तर्क गर्ने गरेका छन् । उद्योगी व्यापारीहरुको भनाईमा ऋणमा व्याज दर नघटाई अन्य नयाँ लगानी गर्ने एवम् पुरानो लगानीलाई पनि निरन्तरता दिन नसकिने तर्क गर्ने गर्छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: