शेयर मार्केट्सका अध्यक्ष र महाप्रबन्धक थुनामा

काठमाडौं,
विभिन्न बैंक तथा संस्थाका ३ अर्बभन्दा बढी रुपियाँ आफ्नो खातामा राख्ने शेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडका पूर्वकार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ र महाप्रबन्धक सिद्धार्थमान मास्केलाई अदालतले थुनामा पठाएको छ।

तत्काल प्राप्त प्रमाणबाट उनीहरु दोषी देखिएको उल्लेख गर्दै पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र सूष्मलता माथेमाको संयुक्त इजलासले श्रेष्ठ र मास्केलाई थुनामा पठाएको सो अदालतका रजिस्ट्रार नृपध्वज निरौलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

ती अभियुक्तहरुले नागरिक लगानी कोषको १६ करोड ५० लाख माछापुच्छे्र बैंकको ४ करोड ८८ लाख जनता बैंकको १० करोड हिमाल हाइड्रो कम्पनीको ९० लाख नेपाल सेवा कल्याणकारी कोषको ४ करोड बिमा संस्थानको २० करोड रुपियाँ आफ्नो खातामा राखेको नेपाल राष्ट्र बैंकले फेला पारेको थियो।
राष्ट्र बैंकले त्यस्तो फेला पारेपछि बैंकिङ कसुरअन्तर्गत उनीहरुविरुद्ध पुनरावेदन अदालत पाटनमा दुईवटा मुद्दा दायर गरिएको हो। उनीहरुले निक्षेपकर्ताहरुको ८३ करोड ३ लाख ७७ हजार ८ सय ६८ रुपियाँ आफ्नो खातामा राखेका भेटिएको थियो।

यसै गरी श्रेष्ठ र मास्केले ९६ जना नक्कली ऋणी खडा गरी शेयर मार्केट्सबाट १ अर्ब ९१ करोड रुपियाँ झिकी आफ्नो खातामा राखेको पनि राष्ट्र बैंकले फेला पारेको थियो। सो मुद्दामा उनीहरुले झन्डै २ अर्ब रुपियाँ अनियमित रुपमा अपचलन गरेकोमा बैंकिङ कसुरअन्तर्गत मुद्दा चलेको हो। अदालतको आदेशमा उल्लेख छ( तत्काल प्राप्त प्रमाणबाट उनीहरु हाल कसुरदार देखिएका हुँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा अहिले उनीहरुलाई अदालती बन्दोबस्तीको महलको ११८ को २ बमोजिम थुनामा पठाइदिनू। उनीहरुले शेयर मार्केट्सबाट गैरकानुनी रुपमा रकम झिक्दै स्टार सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्समा राख्ने गरेको रहस्य खुलेको थियो। सो कोअपरेटिभ्समा श्रेष्ठ नै प्रमुख रहेका थिए।

श्रेष्ठ र मास्केले अदालतमा बयान गर्दा आफूहरुले निक्षेपकर्ताहरुको रकम झिकी कोअपरेटिभ्समा राख्ने गरेको स्वीकार गरेका सो अदालतका रजिस्ट्रार निरौलाले जानकारी दिनुभयो। उनीहरुलाई पक्राउ गरी एक साताअघि पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरिएको हो। उनीहरुको बयान लिने कार्य लगभग एक साता लागेको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: