असल कर्जाको धितोमा दिइने पुनकर्जाको प्रावधान खारेज

काठमाडौं, (नेस) ।
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि ल्याइएको पूनकर्जाको प्रावधान खारेज गरेको छ । चरम तरलताको समस्या भएका बखत ल्याइएको उक्त प्रावधान अहिले तरलता प्रशस्त भएको मौका पारी बैंक तथा वित्तीय संस्थाहरुलाई शुक्रबार नेपाल राष्ट्र बैंकले दिइएको निर्देशनमा खारेज गरिएको छ । यसअघि राष्ट्र बंैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो असल कर्जाको धितोमा कुल कर्जाको ८० प्रतिशत भन्दा नबढ्ने गरी १ सय २० दिनसम्मको लागि पुनकर्जा दिने गरेको थियो । पुनकर्जाको व्याज दर बैक दरमा ३ प्रतिशत थप गरि कायम गरिएको थियो ।

Leave a comment