लक्ष्मी बैंकको १० करोडको संस्थापक शेयर कारोबार

काठमाडौं, (नेस) ।
बिहीबार लक्ष्मी बैंक संस्थापक शेयरको ७ लाख ८३ हजार ४ सय ५ कित्ता शेयर कारोबार भएको छ । पछिल्लो कारोबार भन्दा करिब ७२ प्रतिशतले मूल्य कम गरेर प्रति शेयर १ सय २८ रुपियाँमा उक्त शेयरको कारोबार भएको हो । लक्ष्मी बैक स्रोतका अनुसार संस्थापक समूहको घरायसी अंशबण्डा प्रयोजनको लागि सो शेयर बेचिएको बताइएको छ । सनराइज गु्रपसँग सम्बन्धित एक परिवारको भतिजाले काकाको नाममा सो संस्थापक शेयर प्रदान गरेको हो । १७ नम्बरका दलाल एबीसी सेक्युरिटिज प्रालि ४ कारोबारमा करिब १० करोड २ लाख ७५ हजार ८ सय ४० रुपियाँको उक्त संस्थापक शेयर खरिद गरेको हो । सो शेयर ४३ नम्बरको सानी सेक्युरिटिज प्रालिले बिक्री गरेको हो ।
बिहीबार ११ करोड ९१ लाख ८४ हजार ४ सय ४३ रुपियाँ बराबरका ८४ कम्पनीको १ हजार १ सय २५ कारोबारमा ८ लाख ८४ हजार ७ सय ६३ कित्ता शेयरको खरिद बिक्री भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: