निक्षेपमा व्याज घट्यो, कर्जामा अझै घटेन

बाबुकृष्ण महर्जन
काठमाडौं
बैंकहरुले तरलताको स्थिति सहज बनेपछि विस्तारै निक्षेपमा दिने व्याज
घटाउन थालेपनि कर्जामा लिने व्याज दर भने परिवर्तन गरेका छैनन् । पछिल्लो समयमा निक्षेपमा निरन्तर वृद्धि भइरहे पनि उच्च व्याज दरका कारण कर्जामा वृद्धि नभएपछि बैंकहरुले विस्तारै निक्षेपको व्याज दर घटाउन थालेका हुन् ।
बजारमा तरलता अभाव चरम सीमामा रहेको बेला ‘क’ वर्गका वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिन थालेका थिए भने यो दर विकास बैंक र फाइनान्स कम्पनीमा क्रमशः अझ अधिक थियो । हुनतः दशैं र तिहारको समयमा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने परम्परा जस्तै नै रहेको छ । यस वर्ष समयमा बजेट प्रस्तुत भएर पारित भएको एवम् अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमुल्यन भएका कारण रेमिट्यान्स आप्रवाहमा समेत वृद्धि भएकाले पनि बैंकको तरलता अवस्था सुधार हुन सघाउ पुगेको बैंकरहरु बताउँछन् । वाणिज्य बैंकहरुले विशेष गरी मुद्दती निक्षेपमा अहिले साढे ९ प्रतिशतका हाराहारीमा मात्र व्याज दिन थालेका छन् भने वचत निक्षेपमा पनि करिब शून्य दशमलब ५ देखि १ प्रतिशतले घटाएका छन् । कर्जामा दिने व्याजमा भने हालसम्म एभरेष्ट बैंकले शुन्य दशममलब २५ प्रतिशतको भिनो दरले मात्र कर्जा व्याज दर घटाएका छन् । अन्य बैंकहरु भने अझै पनि पर्ख र हेरको अवस्थामा रहेको बताइन्छ ।
यता व्यवसायीहरु र अर्थविद्हरु पुँजीको लागत बढी भएकाले बैंकको कर्जा नबढेको बताउँछन् । ‘नेपालमा सम्भावनाको रुपमा रहेको जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्दा ८÷९ प्रतिशत कर्जाको व्याज दर रहेकोमा अहिले बढेर १४÷१५ प्रतिशत पुगेपछि आयोजनाको सम्भाव्यता नै रहँदैन । कसरी कर्जा बढोस् त ?’– अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउनुहुन्छ । अर्थविद् अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले छाडा भएर लगानी गरेकाले नै तरलताको समस्या देखिएको बताउँदै बैंकले दीर्घकालीन निकास खोज्ने गरी निक्षेप र कर्जाको व्याज तोक्नुपर्ने बताउनुभयो । राष्ट्र बैंकले स्प्रेड दरको उचित अध्ययन गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले अधिकतम लागू गर्न सक्ने स्प्रेड दर तोक्नुपर्ने सुझाव अर्थविद् अधिकारीले दिनुभयो ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष एवम् कृषि विकास बैंकका सञ्चालक सिताराम थपलिया पनि अहिलेको अवस्थामा तरलताको अवस्था सन्तोषजनक रहेको अवस्थामा निक्षेपको साथसाथै कर्जामा पनि व्याज घट्नु पर्ने बताउनुहुन्छ । बजार भनेको माग र पूर्तिको आधारमा सञ्चालन हुने बताउँदै बजारमा निक्षेप यथेष्ट भएको अवस्थामा निक्षेपको व्याज दर स्वतः घट्ने र बैंकको निक्षेप संकलन लागत घटेपछि कर्जाको व्याज दर पनि घट्नुपर्ने उहाँको तर्क रहेको छ । अहिलेको अवस्थामा निक्षेप र कर्जामा अलिकति व्याज दर घटाए स्थिति सहज हुने उहाँको अनुमान रहेको छ ।
नेपाल विकास बैंक संघका पूर्व झपन बोहराले बैंकरहरु अहिलेको तरलता स्थिति प्रति ढुक्क हुन नसकेकाले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । बैंकहरुमा राम्रा कर्जाका ग्राहक नगएकाले पनि कर्जाको रकम बढ्न नसकेको बताउँदै उहाँले तरलताको अवस्थामा एकदमै सहज भएकाले मंसीरको दोस्रो साताबाट विस्तारै कर्जामा समेत व्याज घटाउन बैंकरुलाई दबाब पर्ने बताउनुहुन्छ । ‘महंगोमा निक्षेप लिएर प्रयोग नगरी त्यत्तिकै राख्दा प्रभावकारी नहुने हुँदा व्याज घटाएरै भए पनि लगानी नगरी हुँदैन । ’–उहाँले भन्नुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: