नेपाल बैंकको पुँजी ४ अर्ब पु¥याइने/ हकप्रद शेयर निष्काशनबाट पुँजी वृद्धि गर्ने निर्णय

बाबुकृष्ण महर्जन
काठमाडौं
नेपाल बैंकले हकप्रद शेयर निष्काशन गरेर आफ्नो पुँजी ४ अर्ब पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा सञ्चालन भइरहेको यस बैंकको पुँजी वृद्धि गर्ने सम्बन्धी परेको उपयुक्त प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्ने र हकप्रद शेयर निष्काशन गर्ने विकल्पमध्ये आइतबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले हकप्रद निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको सञ्चालक समितिका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
७५ वर्ष अगाडि स्थापना भएको मुलुककै सबैभन्दा जेठा नेपाल बैंक चुक्ता पुाजी ३८ करोड ३ लाख ८३ हजार रुपियाँ मात्र रहेको छ । राष्ट्र बैंकको वाणिज्य बैंक सम्बन्धी पुँजी आवश्यकतामा चुक्ता पुँजी न्यूनतम २ अर्ब हुनुपर्ने प्रावधान भए पनि आंशिक सरकारी स्वामित्वमा स्थापित यस बैंकको चुक्ता पुँजी राष्ट्र बैंकको मापदण्ड अनुसार पुग्न सकेको छैन ।
नेपाल बैंकमा नेपाल सरकारको ४० दशमलब ४९ प्रतिशत, ‘क’ वर्गका वाणिज्य बैंकको ४ दशमलब ९२ प्रतिशत, नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका विकास बैंक तथा वित्तीय संस्थाहरुको शून्य दशमलब ५२ प्रतिशत, साधारण जनताको ४९ दशमलब ९४ प्रतिशत र अन्यको शून्य दशमलब ७१ प्रतिशत शेयर रहेको छ ।
नेपाल बैंकको पुँजी हकप्रद शेयर निष्काशन गरेर चुक्ता पुँजी ४ अर्ब पु¥याई पुनः शेयर बजारमा सूचीकरण गरिने बताइएको छ । यस अघि नेपाल स्टक एक्सचेन्जमा सुचीकृत रहेको अवस्थामा सञ्चित नोक्सानी अधिक भएर वित्तीय सुधार कार्यक्रम लागू भएपछि बैंककै अनुरोधमा सूचीकरणबाट हटाइएको थियो ।
बैंकको चुक्ता पुँजी थोरै मात्र रहे पनि निक्षेप आधार भने एकदमै बलियो रहेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तिय विवरण अनुसार बैंकले ४६ अर्ब ८० करोड निक्षेप परिचालन गरी २६ अर्ब ७० करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकको करिब डेढ अर्ब ऋण घरजग्गा क्षेत्रमा, ८५ करोड रुपियाँ शेयर धितो कर्जा बाहिर गएको देखिएको छ । बैंकसँग करिब ३० करोड ८१ लाख रुपियाँ बराबरको स्थिर सम्पत्ति र ३८ करोड १० लाख रुपियाँ बराबरको गैर बैकि«ङ सम्पत्ति एवम् ६ अर्ब ३८ करोड ६४ लाख रुपयिाँ बराबरको अन्य सम्पत्ति रहेको छ । राष्ट्र बैंकको सञ्चालक समिति बैठकलृे प्रयोगमा नआएका बैंकका सम्पत्तिहरु पनि बिक्री गर्ने निर्णय गरेको ती अधिकारीले जानकारी दिनुभयो ।
बैंकले गत आर्थिक वर्ष २०६७।६८ मा ३८ करोड ३४ लाख ३६ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको पुँजी कोष अझै ९ दशमलब ६६ प्रतिशतले नकारात्मक रहेको छ भने खराब ऋणको मात्र ५ दशमलब २९ प्रतिशत रहेको छ । बैंकको निक्षेप संकलन लागत ५ दशमलब ३३ प्रतिशत रहेको छ । बैंकको जगेडा तथा कोष ४६ अर्ब ४ करोड ६ लाख ६१ हजार रुपियाँले अझै नकारात्मक रहेको छ ।

बैकको व्यवस्थापन समितिमा केशव खड्काको संयोजकत्वमा रमेश प्रसाद शर्मा, सुरेन्द्रमणि त्रिपाठी र प्रमोदराज शर्मा सदस्य रहेका छन् । बैंकको व्यवस्थापन समूहको संयोजकमा नेपाल राष्ट्र बैंकबाट खटिएका महेश्वरलाल श्रेष्ठ कार्यरत रहेका छन् ।
बैंकको काठमाडौंमा २७, विराटनगर क्षेत्रमा २८, वीरगञ्ज क्षेत्रमा १७, पोखरा क्षेत्रमा २०, नेपालगञ्ज क्षेत्रमा १६ लगायत अन्य पुनस्र्थापित शाखा समेत गरेर कुल १ सय १२ शाखा सञ्चालनमा रहेका छन् । बैंकको गत जनवरी १६ सम्मको तथ्यांक अनुसार २ हजार ९ सय ६३ जना कर्मचारी सेवारत रहेका छन् । नेपाल बैंकको देशभरि गरेर करिब डेढ दर्जन एटीएम सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: