नेपाल, भुटान र बंगलादेशको लागि भारतको बजार पहुँच सहज

काठमाडौं, (नेस) ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सार्क क्षेत्रका अति कम विकसित राष्ट्र (एलडीसीज)को लागि संवेदनशील सूची ४ सय ८० बाट २५ मा झारी सूचीबाट हटाइएका वस्तुहरुमा भन्सार शुल्क शुन्य पारिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सिंहले व्यापारमा उदारीकरणको प्रयास स्वरुप सो कदम चालेको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको माल्दिभ्समा भएको सम्मेलनमा बोल्नुहुँदै प्रधानमन्त्री सिंहले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को अवधारणा अनुसार सार्क क्षेत्रका एलडीसीज बंगलादेश, भुटान र नेपालको लागि सो सूची तयार पारिएको बताउनुभएको हो ।
साफ्टा सम्झौता अनुसार हरेक सदस्य राष्ट्रले आफ्ना स्वदेशी वस्तुको संरक्षणको लागि संवेदनशील सूची बनाउने गर्दछ । संवेदनशील सूचीमा राखिएका वस्तुहरुमा भन्सार छुट लगायत अन्य सुविधाहरु प्रदान गरिंदैन । प्रधानमन्त्री सिंहको घोषणाबाट सार्क क्षेत्रका अति कम विकसित मुलुकहरु बंगलादेश, भुटान र नेपालको १ अर्ब भन्दा बढी जनसंख्या भएको भारतको बजारमा सहज पहुँच बढ्नेछ । प्रधानमन्त्री सिंहले गैर भन्सार अवरोध सहज व्यापारमा बाधक रहेको बताउँदै उहाँले दक्षिण एसियाली क्षेत्रको सन्तुलित आर्थिक वृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउनुभयो ।
साफ्टा सम्झौता अनुसार गैर एलडीसी राष्ट्रहरु भारत, पाकिस्तान र श्रीलंकाले सन् २०१३ सम्ममा भन्सार दरलाई ५ प्रतिशतमा झार्नुपर्ने हुन्छ त्यस्तै एलडीसी राष्ट्रले सन् २०१६ मा सो तहमा भन्सार दरलाई झार्नुपर्नेछ । गैर एलडीसीको लागि भारतले ८ सय ६५ वटाको संवेदनशील सूची तयार पारेको छ त्यस्तै पाकिस्तानले १ हजार १ सय ६९, श्रीलंकाले १ हजार ६५, बंगलादेशले १ हजार २ सय ५४, भुटानले १ सय ५७, माल्दिभ्सले ६ सय ७१ र नेपालले १ हजार ३ सय १३ वटाको सूची तयार पारेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: