अब जलविद्युत आयोजनालाई डलरमा ऋण

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकले जलविद्युत उत्पादन र प्रसारणसँग सम्बन्धित आयोजना वा कम्पनीलाई विदेशी मुद्रामा समेत ऋण प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई स्वीकृति दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई शुक्रबार जारी गरिएको निर्देशनमा विद्युत खरिद सम्झौता, आफै विक्री वितरण गर्न स्वीकृति प्राप्त प्रमाणपत्रलगायत अन्य कागजातको आधारमा परिवत्र्य विदेशी मुद्रामा ऋण प्रदान गर्न अनुमति दिइएको हो ।
जलविद्युत प्रसारण तथा वितरण गर्ने परियोजनाको हकमा सम्बन्धित निकायबाट विद्युत प्रसारण तथ वितरणको लागि अनुमति प्राप्त गरेको हुनुपर्ने निर्देशनमा जनाइएको छ ।
विद्युत उत्पादन तथा प्रसारणको लागि आवश्यक पर्ने मेसिनरी उपकरण आयात गर्न एवम् विदेशी पक्षसँग परामर्शलगायतको सेवा लिए बापत् भुक्तानी गर्नुपर्ने विदेशी मुद्राको लागि मात्र ऋण प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
‘दुई पक्षबीच भएको सम्झौता वा अन्य आधिकारिक लिखतको आधारमा सेवा तथा वस्तु प्राप्त हुने सुनिश्चितता प्रमाणित गर्ने कागजातहरु समेत बैंकले लिनुपर्ने एवम् नेपाली रुपियाँमा भुक्तानी गर्नुपर्ने रकमको लागि विदेशी मुद्रामा ऋण प्रवाह गर्न पाइने छैन ।’–निर्देशनमा लेखिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्रामा ऋण प्रवाह गर्दा जलविद्युत आयोजनाको उत्पादनको अनुमानित कुल लागत, लेखा परिक्षण भएको पछिल्लो वासलात तथा अन्य वित्तीय विवरण, व्यवसायिक उत्पादन शुरु हुने अवधिसम्मको अनुमानित वित्तीय विवरण र व्यवसायिक उत्पादन शुरु भएपछिको वार्षिक आर्जन हुन सक्ने कुल आम्दानीको विवरणको आधारमा नगद प्रवाहको पर्याप्त विश्लेषण गरी उपयुक्त अनुपातमा विदेशी मुद्रामा ऋण प्रदान गर्नुपर्नेछ ।
जलविद्युत उत्पादक वा वितरक एवम् प्रसारक कम्पनीलाई विदेशी मुद्रामा ऋण प्रवाह गर्नु पूर्व आवश्यक कागजातहरु पेश गरी राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ ।
जलविद्युत कम्पनीलाई अत्यधिक रकमको आवश्यकता पर्ने हुँदा एक भन्दा बढी क वर्गको वाणिज्य बंैक र ख वर्गका रँष्ट्रियस्तरका विकास बैंकहरुले सहवित्तीकरण सम्झौता गरेर पनि ऋण प्रदान गर्न सक्ने निर्देशनमा व्यवस्था गरिएको छ । सहवित्तीयकरण सम्झौताका आधारमा जलविद्युत कम्पनी वा परियोजनालाई विदेशी मुद्रामा ऋण प्रदान गर्दा आयोजनाको अनुगमन, निरीक्ष्ँण र ऋण सम्बन्धी सम्पूर्ण प्रशासनिकलगायत कानुनी काम कारवाही गराउने दायित्व तथा जिम्मेवारी अगुवा बैंकलाई दिइएको छ । परिवत्र्य विदेशी मुद्राका अभाव भएमा ऋण दिने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट इजाजत प्राप्त विप्रेषण कम्पनीसँग प्रचलित विनमिय दरमा खरिद गर्न सक्ने र खरिद गरिएको रकम विदेशी मुद्राको साँवा व्याज भुक्तानी बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाईने निर्देशनमा उल्लेख छ ।
विदेशी मुद्रामा ऋण दिँदा विनिमय दरमा हुने उतारचढावको कारण हुन सक्ने जोखिम व्यवस्थापनको लागि ऋण प्रदान बैैंकले ऋणीलाई उपयुक्त व्यवस्थाहरु अवलम्बन गर्न लगाउनुपर्ने र ऋणीले सो व्यवस्था अनिवार्य पालन लगाउनुपर्ने बाध्यत्मक व्यवस्था पनि निर्देशनमा गरिएको छ । ऋणको व्याज दर तोक्ने जिम्मा भने बैंक स्वयमलाई दिएको छ । विदेशी मुद्रामा ऋण माग गर्दै परेको निवेदनको विवरण प्रत्येक त्रैमासिक समाप्त भएको १५ दिनभित्र र ऋणको साँवा व्याज भुक्तानी गर्न बाँकी रकमको विवरण प्रत्येक अर्धवार्षिक एवम् वार्षिक हिसाब मिलन सकिएको १५ दिन भित्र ऋण प्रवाह गर्ने बैंकले राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: