बैठकमा तीन पटक अनुपस्थित भए सञ्चालक स्वतः खारेज

काठमाडौं, (नेस) ।
नेपाल राष्ट्र बैंकले बिना सूचना सञ्चालक समिति बैठकमा लगातार तीन पटक अनुपस्थित हुने सञ्चालकको पद स्वतः खारेज हुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति बैठकमा मनासिव कारण नभई एवम् विना कारण तीन पटक भन्दा बढी बैठकमा उपस्थिति नभए सञ्चालक पद खारेज भएको मानिने उल्लेख छ ।
त्यसैगरी विगत पाँच वर्षदेखि बैंक तथा वित्तीय संस्थाले घोषणा गरेको लाभांश संकलन गर्न नआएमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र शेयरधनीको नामसहित राष्ट्रियस्तरको पत्रपत्रिकामा कम्तिमा एक पटक प्रकाशित गर्नैपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ । सूचना प्रकाशित गरे पछि पनि लाभांशको भुक्तानी लिन नआएमा दाबी नभएको लाभांश खाता खोली रकमान्तर गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ । त्यसैगरी विगत १० वर्षसम्म चल्ती नभएका र दाबी नपरेका निक्षेपहरुको विवरण आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तिमा एक पटक प्रकाशित गर्नुपर्ने जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: