आर्थिक पत्रकारलाई दुई लाखको दुर्घटना विमा

काठमाडौं, (नेस), नेपाल आर्थिक पत्रकार समाज सेजनले एभरेष्ट इस्योरेन्ससँगको सहकार्यतामा आर्थिक पत्रकारहरुको दुर्घटना बीमा गराएको छ। सोमबार आयोजित एक समारोहमा एभरेष्ट इस्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र खेतानले सेजनका अध्यक्ष प्रदीप चापागाईंलाई बीमा पोलिसी हस्तान्तरण गरी सो कार्यको शुभारम्भ गर्नुभयो।

२ लाख रुपियाँको दुर्घटना बीमा गरिएका २ सय ४ जना सेजनमा आबद्ध सदस्यहरुका लागि कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सेजनसँग सहकार्य गरेको अध्यक्ष खेतानले बताउनुभयो। सेजनका अध्यक्ष प्रदीप चापागाईंले सेजनसँग आबद्ध साचारकर्मीहरुको क्षमता अभिवृद्धिका साथमा सामाजिक सुरक्षाको पाटोलाई पनि सँगै अगाडि बढाउन पाएको उल्लेख गर्नुहुँदै सेजनले तालिमका लागि तालिम कोष साचालनमा ल्याउन लागेको जानकारी दिनुभयो।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विकासमा नेपाल आर्थिक पत्रकार समाज सेजनले महत्वपूर्ण योगदान पुर्याउँदै आएको चर्चा गर्दै सेजनसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। यस पोलिसीअन्र्तगत बीमितले दुर्घटना अंगभंग र मृत्युभएमा सो बराबरको रकम दाबी गर्न सक्नेछन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: