जीवन विमा कम्पनीको नाफा १४ करोड

बाबुकृष्ण महर्जन
काठमाडौं
गत आर्थिक वर्ष २०६७।६८ मा जीवन विमा कम्पनीहरुले १४ करोड ११ लाख रुपियाँ मुनाफा आर्जन गरेका छन् । यो अघिल्लो वर्षको भन्दा करिब १० प्रतिशतले बढी हो । विमा समितिबाट मान्यता प्राप्त गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ७ वटा जीवन बिमा कम्पनीमध्ये गत वर्ष प्राइम लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ४ करोड ४७ लाख रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । दुई वर्ष अघि मात्र नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत यस कम्पनीले अघिल्लो वर्ष ३ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतले नाफामा वृद्धि गरेको हो । ‘वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा विमा गर्नुपर्ने भएपछि जीवन विमाको प्रिमियम रकम बढनाले प्राइमको नाफा बढेको हो ।’–प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेष्टा झाले भन्नुभयो । प्राइमले कुल वैदेशिक रोजगार विमाको करिब ४० प्रतिशत हिस्सा ओगेटेको छ । प्राइमले गत वर्ष ६० करोड ९७ लाख रुपियाँ विमा शुल्क संकलन गरेको थियो । प्रमुख कार्यकारी अधिकृत रेष्टा झाका अनुसार करिब ५० प्रतिशत रकम वैदेशिक रोजगार विमाबाट संकलन गरेको हो ।

जीवन विमा कम्पनीको नाफाको स्थिति

                क्र.सं.

जीवन
विमा कम्पनीको
नाम

आ.व.
२०६७।६८

आ.व.
२०६६।६७

प्राइम लाइफ
इन्स्योरेन्स
कं. लि

४४,७०४,०००।००

३७,६१४,०००।००

सुर्या लाइफ
इन्स्योरेन्स
कं. लि.

३७,०४३,०००।००

१२,४५५,०००।०० 

एसियन लाइफ
इन्स्योरेन्स

३५,६२९,७१६।९३

४९,४१४,३७०।४७      

गुराँस लाइफ
इन्स्योरेन्स

२९,४९५,३२४।००

१३,७३६,६५९।००

नेपाल लाइफ
इन्स्योरेन्स
कं. लि.

,९०५,२४४।००

,३३९,९८०।००

नेसनल लाइफ
इन्स्योरेन्स
कं. लि.

,७९१,०००।००

१५,८६८,०००।००      

एलआइसी नेपाल
लि

(२१,४६२,५१४।८५)  

(६,२७६,१९८।८८)

 

 

१४१,१०५,७७०।०८ 

१२९,१५१,८१०।५९ 

 

त्यस्तै दोस्रो सबैभन्दा बढी नाफा कमाउने जीवन बीमा कम्पनीमा सुर्या लाइफ इन्स्योरेन्स रहन सफल भएको छ । उक्त कम्पनीले आव २०६७।६८ मा ३ करोड ७० लाख मुनाफा गरेको थियो । यस कम्पनीले अघिल्लो आवको तुलनामा तीन गुणाको हाराहारीमा नाफा वृद्धि गरी सो नाफा पु¥याएको हो । गत आर्थिक वर्षमा अत्यधिक नाफा वृद्धि दर सुर्या लाइफको नै रहेको छ ।
त्यस्तै अघिल्लो वर्षको तुलनामा १ सय १५ प्रतिशतले नाफा वृद्धि गर्न सफल कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले अघिल्लो वर्ष १ करोड ३७ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेकोमा गत वर्ष २ करोड ९४ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको गत वर्षको नाफामा ५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष करिब ६३ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको यस कम्पनीले गत आर्थिक वर्ष २०६७।६८ मा भने ९९ लाख रुपियाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ ।
अघिल्लो वर्ष अत्यधिक नाफा गर्न सफल एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा भने गत वर्ष करिब २८ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्ष ४ करोड ९४ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आव २०६७।६८ मा भने ३ करोड ५६ लाख रुपियाँ मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा पनि गत आर्थिक वर्षमा साढे ६३ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्ष १ करोड ५८ लाख रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल यस कम्पनीले गत वर्ष भने करिब ५८ लाख रुपियाँ मात्र खुद मुनाफा आर्जन गरेको थियो ।
नेपालमा सञ्चालनमा रहेका जीवन विमा कम्पनीहरुमध्ये भारतको लाइफ इन्स्योरेन्स कर्पोरेसनको लगानी रहेको एलआईसी नेपाल भने घाटामा सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०६६।६७ मा ६२ लाख ७६ हजार घाटा रहेकोमा गत आर्थिक वर्ष २०६७।६८ मा २ करोड १४ लाख खुद नोक्सान रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: