बैंकहरुले अझै घटाएनन ऋणको व्याज

बाबुकृष्ण महर्जन
काठमाडौं
वाणिज्य बैंकहरुले अत्यधिक निक्षेप वृद्धि भएर तरलताको स्थिति सहज हुँदा पनि ऋणमा व्याज घटाउन शुरु गरेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरुमा चालु आर्थिक वर्षकौ पहिलो तीन महिनामा मात्र करिब ५० अर्बले वृद्धि भई ७ सय २३ अर्ब रुपियाँ निक्षेप पुगेको छ । पहिलो तीन महिनामा वाणिज्य बैंकको कर्जामा भनै ११ अर्बकौ मात्र वृद्धि रहेर ५ सय ३२ अर्ब पुगेको छ ।
करिब तीन वर्ष अघिदेखि बैंक तथा वित्तीय संस्थाहरुले तरलता संकटको हवाला दिएर कर्जामा व्याज दर वृद्धि गर्दै आएका थिए । बैंकहरुले एकोहोरो रुपमा ऋणीसँग सरसल्लाह नै नगरी फोन, फ्याक्स र एसएमएसको माध्यमबाट बैंक व्याज वृद्धि भएको जनाउ दिने गरेका थिए । औसत १० प्रतिशतभन्दा कम व्याजदरमा ऋण लिइरहेका उद्योगी व्यवसायीहरुले अहिले १५ प्रतिशत भन्दा बढी ऋणमा व्याज भुक्तानी गर्दै आइरहेका छन् । बैंकहरुले देशमा विभिन्न समस्याका कारण बैंकहरुले निक्षेपको संकलन लागतमा वृद्धि भएका कारण कर्जाको व्याज दरमा पनि वृद्धि भएको बताउँदै आएका छन् । विगतमा तरलता संकटको नाममा ऋणको व्याज वृद्धि गरे पनि हाल तरलता संकट लगभग समाधान भइसकेको अवस्थामा पनि व्याज दर नघटाएकोमा एक उद्योगीले रोष प्रकट गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले बैंकमा तरलताको अवस्था सहज रहेको अवस्थामा ऋणमा व्याज घटाएर सहुलियत दिनुपर्ने बताउनुहुन्छ । नेपालले सन् २०१२ लाई लगानी वर्ष घोषणा गर्न लागेको परिप्रेक्ष्यमा लगानीको वातावरण बनाउन पनि ऋणमा उच्च व्याज दर कायम गर्न नहुने उहाँले तर्क राख्नुभयो । नेपालले हालै भारतसँग लगानी प्रबद्र्धन तथा सुरक्षा सम्झौता –बिपा)मा सम्झौता गरेपछि नेपालमा भारतीय लगानी अझ बढ्ने अपेक्षा गरिएको छ । वैदेशिक लगानी आकर्षित गर्नको लागि बैकको व्याज दर पनि एउटा प्रमुख कारण रहने गर्दछ ।
अर्थविद् एवम् नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. चिरञ्जीवी नेपालले बैंकहरुले ऋणमा व्याज घटाए उद्योगी व्ययवसायीहरुले ऋणको माग गर्न सक्ने बताउनुहुन्छ । नेपालको सुस्त आर्थिक गतिविधिलाई बढावा दिन पनि ऋणको माग बढ्नुपर्ने बताउँदै उहाँले यसबाट आर्थिक क्रियाकलापमा वृद्धि भएर रोजगारीको सिर्जना हुने र देश आर्थिक प्रगतिमा अगाडि बढ्ने आशा व्यक्त गर्नुभयो । ‘अहिलेको समय बैंकले अत्यधिक नाफाको आश नगरी व्याज घटाएर थोरै व्याज दरमा ऋण लगानी गर्नु पर्छ ।’–उहाँले भन्नुभयो ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने तरलताको दबाब अधिक रहेकाले केही समयमा नै कर्जाको व्याज दरमा गिरावट आउने बताउनु हुन्छ । व्याज दरमा गिरावट आए पनि लगानीको क्षेत्रहरु सीमित रहेकाले कर्जा माग भने त्यति नबढ्ने उहाँको विश्लेषण रहेको छ । रियल स्टेट क्षेत्रमा पहिला जस्तो कर्जाको माग खासै नभएको र उत्पादन क्षेत्रमा पनि खासै कर्जा प्रवाह हुन नसक्ने हुँदा अल्पकालीन व्यापारको लागि मात्र केही कर्जाको माग हुने उहाँले बताउनुभयो ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने बैंकहरु नाफा निहित रहेको जोखिममूलक क्षेत्रमा जान हिच्किचाउने गरेको र सरल व्यवसायमा मात्र हात हाल्ने गरेको टिप्पणी गर्नुभयो । तुरुन्तै फाइदा हुने घरजग्गा र शेयर जस्ता क्ष्ँेत्रमा मात्र एकाहोरो रुपमा लगानी केन्द्रित गरेकाले बैंकहरु समस्यामा आएको बताउँदै उहाँले बैकहरुले नयाँ क्ष्ँेत्रको पहिचान गरेर लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । निक्षेपमा थोरै र कर्जामा धेरै व्याज राखेर बीचमा स्प्रेडले मात्रै बैंक चलाउन खोज्ने परिपाटीको अन्त्य गरेर पर्यटकहरुको आगमन बढिरहेको समयमा होटल, एयरलाइन्स जस्ता क्ष्ँेत्रमा पनि लगानी बढाउनुपर्ने जानकारी दिनुभयो ।
बैंकहरुले आफूलाइृ अप्ठ्यारो पर्दा चाँहि तरलताको हवाला दिएर ग्रँहकको टाउकोमा ऋणको बोझ थोपर्ने तर घटाउनुपर्ने समयमा भने मुकदर्शक बनेर बस्न नहुने तर्क उद्योगी व्यवसायीहरुले गर्ने गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: