१० अर्बको राजस्व छली अर्थले केहीलाई लुकायो / छली गर्ने ३८५ व्यापारिक फर्म

(काठमाडौं), मुलुकभर साचालनमा रहेका ३ सय ८५ वटा सानाठूला व्यापारिक फर्मले दुई वर्षको अवधिमा झूटा एवम् नक्कली भ्याट बीजकबाट कुल १० अर्ब रुपियाँभन्दा बढीको राजस्व छलेको खुलासा भएको छ।
आन्तरिक राजस्व अनुसन्धान विभागले अनुसन्धान गरी बुझाएको प्रतिवेदनलाई अर्थ मन्त्रालयले आइतबार बाध्य भएर सार्वजनिक गरेको हो। सो मन्त्रालयले झन्डै २० महिना लुकाएर राजस्व छलीसम्बन्धी उक्त प्रतिवेदन सूचना माग्ने व्यक्तिलाई उपलब्ध गराएको हो।
अन्तरिम संविधान २०६३ ले नेपाली नागरिकले सरकारी अंग र कार्यालयबाट भएका कामकारबाही वा अनुसन्धान प्रतिवेदनको सूचना मागेमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेबमोजिम पत्रकार तथा फ्रिरुडम फोरमका अध्यक्ष तारानाथ दाहाललाई सूचना आयोगको फैसलाअनुसार अर्थ मन्त्रालयले आइतबार उक्त प्रतिवेदन उपलब्ध गराएको थियो। उक्त प्रतिवेदनमा व्यापारिक फर्मका संचालकको नामावली र कर छलेको रकम मूल्य भने अझै नखुलाइएको भए पनि सो छली १० अर्ब रुपियाँभन्दा माथिको हुन सक्ने स्रोतको अनुमान छ।
पत्रकार दाहालले गत जेठ २ गते अर्थ मन्त्रालयका सूचनाअधिकारीलाई प्रतिवेदनप्राप्तिका लागि दिएको आवेदनमा सचिवमातहतका कर्मचारीले बेवास्ता गर्दै आएका थिए। सूचना आयोगको गत असार २७ गतेको आदेशसमेत अर्थले लत्याएपछि पुनः आयोगमै दिएको पुनरावेदनअनुसार गत असोज २७ गते १५ दिनभित्र सूचना मागकर्तालाई उपलब्ध गराउनुपर्ने फैसला भएकोमा आइतबार दाहाललाई प्रतिवेदनका केही अंश उपलब्ध गराइएको हो। अर्थसचिव कृष्णहरि बास्कोटाले हस्ताक्षर गरेको पत्रसहित दाहाललाई प्रतिवेदनको केही अंश उपलब्ध गराइएको हो। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक लक्ष्मण अर्याल संयोजक रहनुभएको २७ सदस्यीय कार्यदलको अनुसन्धानबाट तयार पारिएको ७ वटा अनुसूची रहेको प्रतिवेदन पाउन लामो कानुनी लडाइँ गरेका दाहाललाई १ ४ र ७ बुँदाको विवरण दिए पनि २, ३, ५ र ६ नम्बर बुँदा भने दिइएन। ती बुँदा अझै गोप्य राखिएको छ। पत्रकार दाहालले नागरिकले पाउनुपर्ने सूचनाको हकसम्बन्धी व्यवस्थाको आंशिक रुपमा कार्यान्वयन भए पनि सरोकारवाला कार्यालयलाई जरिवाना तथा कर्मचारीलाई निलम्बनको कारबाही नगरेकाले दण्डहीनता मौलाउने खतरा नटरेको नेपाल समाचारपत्रसँग जिकिर गर्नुभयो।
उपलब्ध प्रतिवेदनको अनुसूची १ मा झूटा तथा नक्कली बिल जारी भएका ३ सय ८५ वटा व्यापारिक फर्मको विवरण रहेको छ। यद्यपि विवरणमा समावेश गरिएका व्यापारिक फर्मका साचालकको नाम तथा कर छलेको मूल्य भने सार्वजनिक नहुनुले अर्को भ्रष्टाचारको रहस्य हुन सक्ने आँकलन स्वयम् दाहालले गर्नुभएको छ। विपिन इन्टरप्राइजेज अंकुश टे´डस्र राकेश फेन्सी स्टोस्र नाथ इम्पेक्स विनायक आयल स्टोर वर्णवाल आयल स्टोस्र गणपति समिललगायतका ३ सय ८५ वटा फर्म आयल निर्माणसामग्री विज्ञापनलगायतका वस्तु तथा सेवाको थोक एवम् फुटकर कारोबारमा सहभागी रहँदै आएका थिए।
त्यसै गरी प्रतिवेदनको अनुसूची ४ मा ५ करोड रुपियाँभन्दा माथिको कारोबार गर्ने ठूला करदातालाई समेत नक्कली भ्याट बीजक गरेको आशंकामा अनुसन्धान शुरु भएका करदाताको रुपमा उल्लेख गरिएको छ। उक्त विवरणबाट नाम चलेका केही ठूला व्यापारिक घरानासमेत विवादमा तानिने भएका छन्।
अर्थ मन्त्रालयले सूचना मागकर्तालाई उपलब्ध नगराएको अनुसूचीको बुँदा २ मा अनुसन्धान तथा विकास शाखाबाट हालसम्म छानबिन तथा अनुसन्धान भएका करदाताको विवरण रहेको छ। त्यसै गरी बुँदा ३ मा झुटा तथा नक्कली बीजक भिडान गर्न तयार गरिएको प्रयोग विधि ५ मा आन्तरिक राजस्व कार्यालयअन्तर्गत ४ करोड रुपियाँभन्दा बढी कर तिर्न बाँकी रहेका करदाताको विवरण र ६ नम्बर बुँदामा झूटा तथा नक्कली बीजक पहिचान गर्ने सामान्य विधि र तरिका रहेका छन्। सरकारले राष्ट्रिय सूचना आयोगको फैसलाबमोजिम पहिलो पटक राजस्व छली गर्ने व्यापारिक फर्महरुको विवरण सार्वजनिक गरेको हो।

यस्ता छन् छानबिन थालिएका करदाता
मोरङ अटो वक्स्र
बीएम इन्टरप्राइजेज
युनाइटेड डिस्ट्रिब्युटर
हिम इलेक्ट्रोनिक्स प्रािल
एसोसिएटेड अटोमोबाइल्स प्रािल
हिमालयन इन्टरप्राइजेज प्रािल
एआईटी प्रा.लि
अरुण इन्टरकन्टिनेन्टल टे्रेडस्र
ह्विल्स अटो प्रा.लि
सूर्य अटोमोबाइल्स प्रा.लि
ज्योति ओभरसिज टे्रडस्र
शक्ति कमर्सियल इन्टरप्राइजेज
युनाइटेड श्यामसुन्दर एन्ड डाँफे कन्स्ट्रक्सन
युनाइटेड लामा श्यामसुन्दर जेभी
युनाइटेड विल्डस्र ई प्रा.लि
विश्वकर्मा सिमेन्ट प्रा.लि
बामा मोटस्र प्रा.लि
सीजीजीसी चमेलिया प्रोजेक्ट
जगदम्बा स्टिल्स प्रा.लि
वरुण डेभलपस्र प्रा.लि
भाटभटेनी डिपार्टमेन्ट स्टोर प्रािल
मारुती सिमेन्ट प्रा.लि
सीजी इलेक्ट्रोनिक्स प्रा.लि
सीजी इम्पेक्स प्रा.लि
सीजी प्रुड्स प्रा.लि
रसुवा कन्स्ट्रक्सन कम्पनी प्रािल
राजेश सेनेटरी वेयर
सीटीसीई/कालिका जेभी
श्री दुगड ब्रदस्र एन्ड सन्स
श्री दुगड अटोक्लिनिक प्रा.लि

चन्दनवाला इन्टरनेसनल
गुराँस इन्जिनियरिड्ड प्रा.लि
एम ट्रेड हाउस
उष्मा ट्रेडस्र
झुटा तथा नक्कली बीजकका आधारमा कर फिर्ता लिने व्यापारिक फर्महरुको छानबिनको विवरणः
सरिता इन्टरप्राइजेज
सरिता इन्टरनेसनल बिजिनेस प्रािल
आशुतोस इम्पेक्स प्रा.लि
शिवशक्ति इम्पेक्स प्रा.लि
दिगम्बर ट्रेड हाउस
दिगम्बर ट्रेड इन्टरनेसनल
भीमेश्वर ट्रेड हाउस

आन्तरिक राजस्व विभागले छानबिन गर्न लगाएका फर्महरुको विवरणः
गर्ग डेन्टल सप्लायस्र प्रा.लि
गर्ग इम्पेक्स
डेन्टमार्ट इन्टरनेसनल प्रा.लि
बायोमेडल इन्टरनेसनल प्रा.लि
इस्ट लिंक मोटस्र प्रा.लि
पायोनियर अटो डेकोर प्यालेस
न्यु विकास ट्रेरडस्र
ऋद्धि सिद्धि इन्टरप्राइजेज
बुद्ध पिया चुलो उद्योग
अटो इन प्रा.लि

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: