सानिमालाई वाणिज्य बैंक बन्न सैद्धान्तिक सहमति

काठमाडौं, (नेस) ।
नेपाल राष्ट्र बैंकले सानिमा विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । करिब डेढ वर्षदेखि राष्ट्र बैंकले तोकेको २ अर्बको चुक्ता पुँजी राखी निवेदन दिएपनि सानिमाले स्वीकृति पाउन सकेको थिएन । बीचमा राष्ट्र बैंंकले एकैचोटि वाणिज्य बैंकमा जान नपाउने एक पटकमा एक तह मात्र स्तरोन्नति गर्न पाउने प्रावधान ल्याएपछि स्ट्यान्डर्ड फाइनान्सलगायतका केही वित्तीय संस्थाहरु स्तरोन्नतिबाट बञ्चित समेत भएका थिए । राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सानिमा विकास बैंकलाई वाणिज्य बैंकको रुपमा कार्य गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । सानिमाले राष्ट्र बैंकको वाणिज्य बैंक सञ्चालन अनुमति प्राप्त गरेमा नेपालको ३२ औं वाणिज्य बैंक हुनेछ । राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति पछि बैंकले सकेसम्म चाँडो विशेष साधारण सभा आह्वान गरेर वाणिज्य बैंकमा जाने प्रस्ताव पारित गरी प्रबन्ध पत्र र नियमावलीमा समेत संशोधन गर्नुपर्ने हुन्छ । सानिमा विकास बैंकका पं्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले मानवीय संशाधन, तरलताको अवस्था, बैकिङ सफ्टवेयरको प्रयोग हरेक कुराले वाणिज्य बैंकको रुपमा कार्य गर्न सक्षम रहेको बताउनुभयो ।
यसअघि डेभलपमेन्ट क्रेडिट बैंक एक तह स्तरोन्नति भएर वाणिज्य बैंकको रुपमा कार्य गरेको थियो । एस फाइनान्सले पनि एक तह स्तरोन्नति भएर एस डेभलपमेन्ट बैंकको रुपमा कार्य गरेको हो । त्यस्तै किस्ट मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेड र नेपाल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेडले एकैचाटि फाइनान्सबाट वाणिज्य बैंकको रुपमा कार्य गर्ने सहमति प्राप्त गरेको थियो ।
त्यस्तै गरी राष्ट्र बैंकको सोही सञ्चालक समिति बैठकले अन्नपूर्ण फाइनान्सलाई पनि स्तरोन्नतिमा जाने सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बंैकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट फाइनान्स बीच मर्ज गर्ने सम्बन्धी परेको निवेदनलाई पनि सहमित प्रदान गरेर थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
हालसम्म नेपालको बैकिङ इतिहासमा नारायणी फाइनान्स र नेसनल फाइनान्स बीच मर्ज भएर नारायणी नेसनल फाइनान्स गठन भएको इतिहास छ । त्यसको लगत्तै गत वर्ष हिमचुली विकास बैंकमा वीरगञ्ज फाइनान्स गाभिएर एच एन्ड बी डेभलपमेन्ट बैंकको रुपमा कार्य सञ्चालन भइरहेको छ । यसअघि एकै व्यापारिक घरानाका दुई वित्तीय संस्था लक्ष्मी बैक र हाइसेफ फाइनान्स बीच मर्ज भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: