देशको आर्थिक अवस्था सुध्रिने क्रममा/ शोधनान्तर स्थिति १७ अर्ब २७ करोड वचतमा

काठमाडौं, (नेस) ।
नेपालको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक स्थिति अनुसार नेपालको अवस्था विस्तारै सृदुढ हुँदै आएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांकमा भदौसम्म शोधनान्तर स्थिति १७ अर्ब २७ करोड रुपियाँले सकारात्मक रहेको देखाएको छ । अघिल्लो वर्षको भदौ महिनासम्म शोधनान्तर स्थिति ५ अर्ब ९० करोड रुपियाँले नकारात्मक थियो ।
विशेषगरी रेमिट्यान्स आप्रवाहमा भएको प्रगति र निर्यात व्यापारमा भएको सुधारले शोधनान्तर स्थिति सकारात्मक भएको हो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा देशमा ४७ अर्ब ३३ करोड रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा २४ दशमलब ९ प्रतिशतले बढी हो । विशेषगरी डलरको विनिमय दरमा भएको परिवर्तनले रेमिट्यान्सको आप्रवाह दरमा वृद्धि भएको हो ।
देशको व्यापारमा भएको सुधारले गर्दा वैदेशिक विनिमय सञ्चितिमा पनि सकारात्मक असर परेको छ । चालु वर्षको भदौ मसान्तसम्म देशको वैदेशिक विनिमय सञ्चिति ३ खर्ब १४ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्ष सोही महिनामा २ खर्ब ७२ अर्ब रुपियाँ मात्र रहेको थियो । भदौ महिनासम्म देशमा १ अर्ब १० करोड रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
देशले चालु आर्थिक वर्षको प्रथम दुई महिनामा १६ दशमलब ९ प्रतिशतले वृद्धि भर्य निर्यातमा १२ अर्ब ४८ करोडको सामान निर्यात भई १४ दशमलब ५ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रुपियाँ बराबरको सामान आयात भएको छ । पहिलो दुई महिनामा मुलकुलाई १४ प्रतिशतले वृद्धि भई ५७ अर्ब ४३ करोड रुपियाँ घाटा भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: