कर्जाको व्याज दर घटाउः गभर्नर

काठमाडौं, (नेस), नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले तरलताको अवस्थामा सुधार आएकाले बैंकहरुलाई कर्जामा पनि ब्याजदर घटाउन सुझाव दिएका छन्।

अहिलेको तरलताको अवस्थामा सुधार आएकाले कतिपय बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिसकेका छन्। खासगरी मुद्दती निक्षेपमा ब्याज घटेको छ। इन्डिपेन्डेन्ट बिजनेस न्युजले आइतबार आयोजना गरेको संक्रमणकालीन अर्थव्यवस्थामा बंैकिङ क्षेत्रमा नाफा कि जोखिम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले छोटो समयमा अत्यधिक जोखिम लिएर धेरै नाफा आर्जन गर्न सक्ने भए पनि यो दीर्घकालीन नहुने बताउनुभयो।

कुनै बैंकले जोखिम मोलेर लगानी गर्छ भने त्यसको सीमा आँकलन नगरी अन्य बैंक पनि त्यसको पछाडि दौडिने परिपाटी विद्यमान रहेको भए पनि नयाँ क्षेत्रमा जोखिम मोलेर जान भने बैंकहरु डराइरहेको उहाँले बताउनुभयो। जोखिम बहनकर्ताको नेतृत्व कसले लिने भन्ने समस्या रहेको बताउँदै उहाँले परम्परागत जोखिम बहन गर्ने परिपाटीमा अगाडि बढिरहेको प्रतिक्रिया दिनुभयो। संक्रमणकालीन अर्थव्यवस्थाको कुरा गर्दा नयाँ क्षेत्रमा नयाँ जोखिम मोलेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। जोखिम लिँदाखेरि व्यवस्थापन गर्न सकिने र बीमायोग्य भने हुनुपर्ने उहाँको कथन थियो।

कार्यक्रममा स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जोसेभ सिल्भानसले अहिले वित्तीय क्षेत्रले संचालन जोखिम ख्याति जोखिम र कर्जा जोखिम मुख्य जोखिमको रुपमा विद्यमान रहेको बताउँदै उहाँले यसलाई व्यवस्थापन गर्न सकिने ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले विशेषत संस्थाको ख्याति एकचोटि गुम्यो भने सो ख्याति आर्जन गर्न वर्षौं लाग्ने हुँदा आफूले कमाएको ख्याति बचाइराख्न पनि बैंकले उपयुक्त कदम चाल्नुपर्ने बताउनुभयो।

यस्तै कार्यक्रमा लुम्बीनी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सट्टाबाजी हुने किसिमका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले अधिक लगानी गर्न नहुने बताउनुभयो। कार्यक्रममा प्राध्यापक डा. विजय केसी कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले वित्तीय क्षेत्रले अहिले जोखिम न्यूनीकरण गर्नु आवश्यक रहेको बताउनुभयो। उक्त कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साचालकहरु एवम् प्रमुखहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: