सहजता मापनमा नेपालको अंक वृद्धि

काठमाडौं, (नेस), सहजता मापन सम्बन्धी प्रतिवेदन डुइङ बिजनेस-२०१२ ले नेपालको स्थान अझ सुदृढ भएको देखाएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले मिलेर हरेक वर्ष सार्वजनिक गर्ने सो प्रतिवेदनले सुदृढ देखाएको हो।

विश्वका १ सय ८३ देशको व्यवसाय नियमनसँग सम्बन्धित विभिन्न १० क्षेत्रलाई आधार बनाएर निर्माण गरिएको उक्त प्रतिवेदनमा नेपालको अंक १ सय १० रहेको थियो। यस वर्ष ३ अंक बढेर १ सय ७ अंक पुगेको छ। विश्व बैंकले व्यवसाय शुरु गर्ने टाट पर्ने सम्बन्धी समस्या हल गर्ने सीमा पार व्यापारलगायतका क्षेत्रलाई आधार बनाएर तयार पारिएको सूचकमा सुधार भएकाले सरकारले घोषणा गर्ने सन् २०१२-१३ को लगानी वर्षमा समेत सकारात्मक असर पर्ने अपेक्षा गरिएको छ। नेपालको सूचक माथि उक्लनुमा कानुनी प्रणालीमा अपेक्षित सुधार हुनु लगानीकर्ताको दाबी विरोधको प्रक्रियालाई छिटो छरितो ढंगले अगाडि बढाइनु करारहरु लागू गर्नमा तदारुकता देखाउनु मुख्य कारण रहेको जनाइएको छ। नयाँ व्यवसाय शुरु गर्ने निर्माणसँग सम्बन्धित अनुमति प्राप्त गर्ने लगानीकर्ताको हित संरक्षण गर्नेलगायतका क्षेत्रमा नेपालको सूचक तल झरेको प्रतिवेदनले देखाएको छ। त्यस्तै विद्युत प्राप्त गर्ने नयाँ सूचकमा भने नेपालको श्रेणी ९९ पुगेको छ।

प्रतिवेदनले दक्षिँण एसियाका आठै राष्ट्रले ६ वर्ष अघिको तुलनामा व्यवसाय नियमन गर्ने वातावरणलाई अझ व्यवसाय मैत्री बनाएको छ। यसबाट नयाँ उद्यमीलाई आफ्नो व्यवसाय सुधार गर्ने प्रशस्त बाटाहरु खुलेको विश्व बैंक समूह विश्व सूचक तथा विश्लेषण निर्देशक अगस्टो लोपेज क्लारोसले बताउनुभयो। दक्षिण एसियाका अर्थतन्त्रमध्ये बंगलादेश १ सय १८ बाट झरेर १ सय २२औं माल्दिभ्स ७८औं बाट झरेर ७९ पुगेको छ भने भुटान १ सय ४६औं स्थानबाट १ सय ४२औं भारत १ सय ३९औं स्थानबाट १ सय ३२औं र श्रीलंका ९८औं स्थानबाट ८९औं स्थानमा उक्लेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: