नेपालका २५ प्रतिशत जनता गरिबीको रेखामुनि / ६७ लाख जनसंख्या गरिब

नेपाल समाचारपत्र, (काठमाडौं)
नेपालको कुल जनसंख्याको ६६ लाख ९८ हजार जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ६६ लाख २१ हजार जना रहेका छन्। त्यसमध्ये बिहीबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षँण २०६६।२०६७ अनुसार नेपालको गरिबी २५ दशमलव १६ प्रतिशत रहेको छ।

विभागले २०५२।५३ मा पहिलोपटक जीवनस्तर सर्वेक्षण गरेको थियो। त्यसै गरी दोस्रोपटक २०६०।६१ मा यस्तो सर्वेक्षण गरेको थियो। २०५२।५३ को पहिलो जीवनस्तर सर्वेक्षणमा नेपालको गरिबी ४१ दशमलव ७६ प्रतिशत रहेकामा दोस्रोपटक २०६२।६३ मा ३० दशमलव ८५ प्रतिशतमा झरेको थियो। विभागका अनुसार हाल नेपालको शहरी क्षेत्रमा १५ दशमलव ४६ प्रतिशत गरिब र ग्रामीण क्षेत्रमा २७ दशमलव ४३ प्रतिशत गरिब जनसंख्या रहेका छन्।

विभागले प्रतिव्यक्ति प्रतिदिन २ हजार २ सय २० किलो क्यालोरी शक्ति प्राप्त गर्न गरिने खर्चको आधारमा गरिबीको मापन गरेको विभागका महानिर्देशक उत्तमनारायण मल्लले जानकारी दिनुभयो। एक स्वस्थ्य नेपालीलाई न्यूनतम आवश्यक पर्ने क्यालोरीको हिसाब गरी औसत परिवारको संरचनामा आधारित रहेर प्रतिव्यक्ति प्रतिक्यालोरी २ हजार २ सय २० किलो आवश्यक रहेको गणना गरिएको हो। गरिबी विश्लेषण गर्दा पारिवारिक उपभोग खर्चको आधारमा गरिएको छ। आधारभूत आवश्यकताको लागतमा आधारित रहेर विभागले आवश्यकतालाई खाद्य र गैरखाद्य गरी दुई भागमा बाँडेर तिनीहरुको बेग्लाबेग्लै लागत निकालेर दुवैलाई जोडी गरिबीको रेखा निर्धारण गर्ने गरेको छ। गरिबी मापन गर्दा अन्य देशहरुमा प्रतिदिन १ डलरभन्दा कम आम्दानी गर्नेलाई मान्ने विधि पनि प्रचलनमा रहेको छ।

विभागले चालु मूल्यमा हिसाब गरेर निकालेको तथ्यांकअनुसार न्यूनतम वार्षिक १९ हजार २ सय ६१ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब मानेको छ। त्यसमध्ये खाद्य वस्तुमा ११ हजार ९ सय २९ र गैरखाद्य वस्तुमा ७ हजार ३ सय ३२ रुपियाँभन्दा कम खर्च गर्ने व्यक्तिलाई विभागले गरिब मानेको छ।
नेपालीको जीवनस्तरमा भएको परिवर्तन वस्तुहरुको मूल्यमा भएको परिवर्तनलगायतका कारणले तेस्रो जीवनस्तर सर्वेक्षण नयाँ डालोका आधारमा गरिएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताउनुभयो। यसपटक विगत ७ दिनको खाद्य उपभोग खर्चको आधारमा खाद्य गरिबी रेखाको गणना गरिएको उहाँले बताउनुभयो।

विभागको तथ्यांकअनुसार काठमाडौंको गरिबी रेखा सबैभन्दा बढी ४० हजार ९ सय ३३ रुपियाँ रहेको छ। त्यस्तै सबैभन्दा कम गरिबी रेखा ग्रामीण पश्चिमााचल तराईमा कुल १५ हजार ९ सय ९८ रुपियाँ रहेको छ।
विभागले नेपालमा हाल गरिबीको विषमता ५ दशमलव ४३ प्रतिशत र गरिबीको गहना १ दशमलव ८१ प्रतिशत रहेको बताएको छ। परिवारको आकारको वृद्धिसँगै गरिबीको दरमा पनि वृद्धि भएको छ। त्यस्तै महिला परिवारमूली भएको घरपरवारको गरिबी तुलनात्मक रुपमा कम रहेको विभागले जनाएको छ। विभागको सर्वेक्षणले परिवार मूलीको शैक्षिकस्तर बढ्दा गरिबी घट्दै गएको र कृषिक्षेत्रको ज्यालादारीमा लागेका परिवारमूली भएका घर परिवारहरु अन्य क्षेत्रको ज्यालदारीमा लागेका परिवारमूली भएका परिवारहरुको तुलनामा बढी गरिब रहेको देखाएको छ। सर्वेक्षणले धनी र गरिबबीचको उपभोगमा गरेको खर्च असमानता विस्तारै घट्दै गएको देखाएको छ। १५ वर्षअघि गरिबीको विषमता ११ दशमलव ७५ अंक रहेकामा १५ वर्षपछि खर्चको असमानता ५ दशमलव ४३ अंकमा पुगेको देखाएको छ। त्यस्तै गरिबीको रेखामा सबैभन्दा बढी पहाड र तराईका दलित रहेका छन् भने सबैभन्दा कम दर पहाडका ब्राम्हण र नेवारहरुको रहेको देखाएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: