काठमाडौं, (नेस), चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ।
बुधबार बसेको कम्पनीको संचालक समिति बैठकले ४० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको साचालक समिति सदस्य तुलसीराम ढकालले बताउनुभयो। कुल ९६ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षमा ८४ करोड ५० लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो।
गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको प्रति शेयर आम्दानी १ सय २ रुपियाँ ३५ पैसा रहेको छ। संस्थाको पीई रेसियो ८ दशमलब ०२ रहेको छ। संस्थाले स्थानीय बासिन्दालाई ९ लाख ६० हजार कित्ता साधारण शेयर वितरण गरेर सर्वसाधारणलाई १३ लाख ४४ हजार कित्ता शेयरप्रिमियम मूल्यमा वितरण गरेपछि चुक्ता पुँजी ९६ करोड रुपियाँ पुगेको हो।
Filed under: Share Market | Tagged: Bonus and cash divident, Chilime Divident, Chilimie Hydropower Company |
Leave a Reply