धितोपत्र बोर्ड अध्यक्षमा बाबुराम

काठमाडौं, (नेस) ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा स्थानीय विकास तालिम केन्द्रका बाबुराम श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीन सदस्यीय समितिको सिफारिस बमोजिम उहाँलाई नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाहको संयोजकत्वमा अर्थ सचिव कृष्णहरि बास्कोटा र बोर्डका अध्यक्ष सुरवीर पौडेल रहेका थिए । समितिले श्रेष्ठलगायत जीवलाल धितो र नारायण पौडेललाई सिफारिस गरेका थिए ।
बोर्ड अध्यक्षको रुपमा पौडेलको कार्यकाल गत भदौ १० गते सकिएको थियो । सरकारले पहिलोपटक धितोपत्र बोर्डमा खुला प्रतिस्पर्धामार्फत अध्यक्ष नियुक्त गर्न निवेदन माग गरेका थिए । अध्यक्ष नियुक्त हुन बोर्डका निर्देशक निरज गिरी, शेयर बजार विश्लेषक रविन्द्र भट्टराईm बोर्डकै उपनिर्देशक नवराज अधिकारी,
काठमाडौं विश्वविद्यालयका नारायणप्रसाद पौडेल, स्थानीय विकास तालिम केन्द्रका बाबुराम श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक शंकर मान सिंह, आर्थिक पत्रकार गजेन्द्र विष्टm एक्सचेन्ज उपमहाप्रबन्धक प्रमोद भट्टराई, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक टुलराज बस्याल, बोर्डका पूर्व सञ्चालक सिताराम थपलिया,
त्रिभुवन विश्वविद्यालयका शान्तिराज कायस्थ र जीवलाल धिताल एवम् नेपाल कमर्स क्याम्पसका राजनबहादुर पौडेल गरी कुल १३ जनाले निवेदन दिएका थिए ।
आवेदनका साथमा धितोपत्र, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य क्षेत्रमा पु¥याएको योगदानको विषयमा १ हजार ५ सय शब्दमा नबढाई विवरण दिनुपर्ने व्यवस्था गरिएको थियो । आवेदकहरुले बोर्डको भावी कार्यक्रमका लागि योजना, चुनौती, समस्या र समाधानको उपाय सहित समयसिमा अपेक्षित नतिजासहितको कार्ययोजना समेत पेश गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: